site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
निधिले भने - कास्की २ को टिकट वितरणसँगै गुटबन्दी र अन्तर्घातको अन्त्य
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
SkywellSkywell

पोखरा । मंसिर १४ मा हुने उपनिर्वाचनका लागि मनोनयन दर्ता हुनु एकदिन अघि बुधबार अपरान्हमा नेपाली कांग्रेसले आफ्ना उमेदवार टुंग्यायो । त्यसको भोलिपल्टै अर्थात बिहीबार दलका तर्फबाट उमेदवारहरुले मनोनयन दर्ता गराएका छन् । यसअघिझैँ कांग्रेसले यसपटक पनि उमेदवारी अन्तिममा घोषणा गर्‍यो । अझ देशभरि नै कास्की २ मा मात्र प्रतिनिधि सभाको उपनिर्वाचन हुने हुँदा सबैको ध्यान उमेदवारतर्फ नै थियो ।

बुधबार अपरान्ह कांग्रेसबाट पुराना नेता खेमराज पौडेलले टिकट पाए । बुधबारै उनी पोखरा फर्के र विजयी हुने दाबीका साथ बिहीबार बिहान उमेदवारी दर्ता गरे । उमेदवारी दर्तापछि कांग्रेस क्षेत्रीय समितिले चुनावी सभाको आयोजना गरेको थियो । सभाका प्रमुख वक्ता थिए नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधी । जो, खेमराजलाई टिकट दिने समितिका सदस्य समेत हुन् ।

KFC Island Ad
NIC Asia

उनै निधीले खेमराजको चुनावी सभालाई सम्बोधन गर्दै, कांग्रेसको यसपटकको उमेदवार चयनको निर्णयलाई लिएर आधारातसम्म फोन आएको बताए । “हामीलाई धेरै साथीहरुले फोन गरेर किन ढिलाई भनेर प्रश्न गर्नुभयो, कांग्रेसकै केन्द्रीय समितिका अन्य पदाधिकारी, साथीहरुले पनि हाम्रो नजर कास्कीमा छ है भनेर भन्नुभयो, तर उमेदवार घोषणा गरेपछि मलाई राती एकबजेसम्म फोन आयो । खेमराजलाई टिकट दिएर विवेकपूर्ण र राम्रो निर्णय गर्नुभएको छ भन्नुभयो,” उनले थपे, “कसैकसैले त यहाँसम्म भन्नुभयो कि नेपाली कांग्रेसले पहिलोपटक राम्रो निर्णय गरेको छ । पहिलोपटक नै भए पनि राम्रो त भयो नि ।”

यो निर्णयले पार्टीभित्रको गुटबन्दी र अन्तर्घात पनि अन्त्य भएको दाबी उनको छ । “देशभरमा जागरणको अभियानमा केन्द्रमा गुटबन्दी अन्तर्घात भएको आरोप लाग्यो, अहिलेको निर्णयले त्यो आरोपलाई जवाफ दिएको छ । केन्द्र सुध्रिने प्रयासमा छ, गुटबन्दी र अन्तर्घातलाई निरुत्साहन र अन्त्य गर्ने प्रयास गरेको छ । अबको काम र जिम्मेवारी तपाईंहरुमाथि छ ,” उनले भने ।

उनले चुनाव जितिन्छ भन्ने सन्देश लिएर काठमाडौं जाने बताए । “म सबै पदाधिकारी नेता साथीहरुलाई राम्रो सन्देश दिन चाहान्छु । १४ गतेको चुनावमा नेपाली कांग्रेस रुख छापले अवश्य पनि विजय हुन्छ भन्ने सन्देश लिएर जान चाहान्छु ।”

चुनाव जित्नको लागि उनले पार्टी केन्द्रीय समितिकातर्फबाट स्थानीय नेता कार्यकर्ताहरुलाई खट्न आह्वान पनि गरे । जुलुसभन्दा पति मतदाता रिझाउनतर्फ लाग्न उनले सुझाव दिए । “११ वटा वडामा तपाईसँग रहेको २०-२२ दिनमा मतदाताहरुलाई आफ्नो पार्टीको रुख छापतिर आकर्षित गराउनुहुन्छ, रुखमा मतदान गर्ने अवस्था ल्याउनुहुन्छ, त्यो नै सबैभन्दा ठूलो काम हो, सबै एकजुट भएर लाग्नुहोस,” उनको आग्रह थियो ।

अघिल्लोपटक रविन्द्र अधिकारी कांग्रेसकै भोटले जितेको हुँदा जिल्लाको गुटबन्दी अन्त्य हुनुपर्नेमा उनले जोड दिए । “म केमा साक्षात छु भने रविन्द्रजी मलाई आफैँ भेटेर भनेका छन् । विमल दाई म त तपाईंहरुकै भोटबाट जितेको हो । यदि यो साँचो हो भने सबैले प्रशंसा गर्नुभएको छ, रुख मात्र होइन मुख पनि राम्रो छ भन्नुभएको छ । यसबाट हामी सबै विश्वस्त हुन्छौँ । सबै देशवासीले कास्की हेरिरहेका छन्, सबैले यसपाली यो आशा गरेका छन्, हामीले पनि अब यो विशाल सभा, कास्कीको प्रतिबद्धताबाट, विश्वासपूर्वक सन्देश लिएर जान चाहान्छु,” उनले भने ।

सभालाई पूर्वमन्त्री यज्ञबहादुर थापा, केन्द्रिय सदस्य गोविन्द परियार, आमन्त्रित केन्द्रीय सदस्य तथा प्रदेश सांसद कुमार खड्का, विन्दुकुमार थापा, शुक्रराज शर्मा, पूर्वसभामुख तारानाथ रानाभाट, जिल्ला सभापति कृष्ण केसी लगायतले सम्बोधन गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २१, २०७६  १६:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro