site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
र्‍यालीसहित मनोनयन दर्ता गरिने

पोखरा । मंसिर १४ को हुने प्रतिनिधीसभा तथा प्रदेशसभा निर्वाचनको मनोनयन बिहीबार हुँदैछ । गण्डकी प्रदेशको कास्की २ मा प्रतिनिधीसभा र बाग्लुङ २ ‘ख’ मा प्रदेशसभाको उपनिर्वाचन हुँदैछ । कास्कीमा मनोनयन दर्ताको समय बिहान १० बजेदेखि १ बजेसम्म तोकिएको छ ।

निर्वाचन आयोगले कार्तिक २१ गते बिहीबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारी मनोनयन हुनेसहितको कार्यतालिका सार्वजनिक गरेको छ ।

Dabur Nepal
NIC Asia

ती उम्मेदवारहरुको अन्तिम नामावली भने कार्तिक २४ गते प्रकाशन हुने जनाएको छ । स्थानीय तहको उपनिर्वाचनका लागि भने उम्मेदवारी मनोनयन आगामी कार्तिक २७ गते हुनेछ ।

कास्कीमा मुख्य ठुला दल नेपाल कम्युनिष्ट पार्टी र कांग्रेसले मनोनयन र्‍यालीसहित गर्ने भएका छन् । सत्तारुढ नेकपाले बिहीबार बिहान १० बजे पार्टी कार्यालय शान्तिवनमा भेला हुने र झाँकी, बाजागाजा सहितको र्‍याली लिएर मनोनयन दर्ता गर्न जाने कार्यक्रम बनाएको छ । मनोनयन पश्चात पहिलो चुनावी सभा पनि गर्ने र सोही दिन निर्वाचन परिचालन कमिटीको कार्यालय उद्धाटन गर्ने नेकपाले जनाएका छ ।

यस्तै, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि र्‍यालीसहित उम्मेदवार दर्ता गर्ने जनाएको छ । बिहान साढे १० बजे सभागृहचोकमा भेला हुने र र्‍यालीसहित निर्वाचन कार्यालयमा पुगेर उम्मेदवार मनोनयन दर्ता गर्ने कार्यक्रम राखिएको हुँदा सबै कांग्रेस कार्यकर्तालाई उपस्थित हुन अनुरोध गरिएको छ ।

सत्तारुढ नेकपाले यसपटकको निर्वाचनमा रविन्द्र पत्नी विद्या भट्टराईलाई मैदानमा उतारेको छ भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले खेमराज पौडेललाई टिकट दिएको छ । यस्तै, साझा पार्टीले रजनी केसी, समाजवादी पार्टीले धर्मराज गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीले रोमबहादुर भण्डारी र विवेकशील नेपाली दलले जमुना शर्मालाई उम्मेदवार बनाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २०, २०७६  २०:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro