site stats
बाह्रखरी :: Baahrakhari
देश
खाँदबारी–किमाथांका सडक सुक्खा पहिरोले अवरुद्ध
Argakhachi Cement Island Ad

संखुवासभा । कोसी राजमार्गअन्तर्गत संखुवासभाको खाँदबारी–किमाथांका सडक सुक्खा पहिरोका कारण अवरुद्ध भएको छ । 

सोमबार (फागुन १२) बिहान भोटखोलाको हटिया र हुङगुंगबीचको धिगडाँडाखण्डमा पहिरो झरेको भोटखोला गाउँपालिकाका अध्यक्ष वांगछेदर भोटेले जानकारी दिए । ढुंगा खसेपछि उक्त सडक अवरुद्ध भएको उनले बताए ।

सदरमुकाम खाँदबारीबाट १०९ किलोमिटरको दूरीमा रहेको उक्त स्थानमा पहिरो खसेको हो । पहिरो खसेपछि भोटखोला–खाँदबारी आउने तथा खाँदबारीबाट गएका सवारीसाधन बाटोमै थन्किएका छन् । पहिरोले करिब ३० मिटर सडक पुरिएको छ । रासस

प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१  १२:५६
प्रतिक्रिया दिनुहोस्