site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कालिञ्चोक दर्शनको हकप्रद सेयरको बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ

काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले जारी गर्न लागेको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ नियुक्त भएको छ । कालिञ्चोकले १ः१ को अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको छ ।

कम्पनीले साविकका सेयरधनीलाई प्रतिसेयर १०० रुपैयाँको दरमा ६० लाख कित्ता बराबरको हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

नेपाल एसबीआई मर्चेज्ट बैंकिङका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र कालिञ्चोक दर्शनको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बालकृष्ण शिवाकोटीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

कालिञ्चोक दर्शनले दोलखाको कालिञ्चोक गाँउपालिका–१ स्थित कुरीमा केबलकार सञ्चालन गरिरहेको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१  १२:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro