site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्वास्थ्य बिमा कार्यक्रम बन्द गर्न लागिएको हो ?

काठमाडौं । देशका प्रमुख स्वास्थ्य सेवा प्रदायकमध्येको एक त्रिवि शिक्षण अस्पताल (टिचिङ)ले करिब पाँच महिना भर्नाका बिरामीलाई बिमा सेवा रोक्यो । गत भदौ १२ देखि माघ ६ गतेसम्म अन्तरंग सेवा लिने बिमितले स्वास्थ्य बिमाअन्तर्गतको सुविधा पाएनन् ।

माघ ७ गतेबाट टिचिङमा फेरि यो सेवा सुचारु भएको छ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले फागुन १८ गतेदेखि स्वास्थ्य बिमाका केही सेवाहरू रोक्ने भएको छ । प्रतिष्ठानले शुक्रबार सूचना जारी गर्दै प्रयोगशाला तथा रेडियोलोजी परीक्षण स्थगित गर्ने जानकारी गराएको छ ।

प्रतिष्ठानले बिमा कार्यक्रममार्फत दिइने औषधि पनि अब एक हप्ताका लागि मात्रै दिने पनि सूचित गरेको छ । स्वास्थ्य बिमा बोर्डले ११ करोड रुपैयाँ शोधभर्ना दिन बाँकी रहेकाले जाँचहरू गर्न आवश्यक केमिकल खरिद गर्न समेत आर्थिक अभाव भएको प्रतिष्ठानको दाबी छ ।

बोर्डबाट उक्त रकमको भुक्तानीबारे कहिले हुने भन्ने अनिश्चित रहेकाले तीन महिनाका निम्ति दिनुपर्ने औषधि एक सातामा  झारिएको सूचनामा उल्लेख छ ।

शिक्षण अस्पतालले पनि करिब ७० करोड रुपैयाँ बोर्डबाट भुक्तानी लिन बाँकी रहेको जनाएको छ । साथै, बोर्डले पछिल्लोपटक अपडेट गरेको सेवाको प्याकेजको दररेटमा सेवा दिन नसक्ने शिक्षण अस्पतालको दाबी थियो ।

बोर्डले प्याकेजका केही सेवाको शुल्क समायोजन गर्ने प्रतिबद्धता जनाएपछि टिचिङले पुनः सेवा सुचारु गरेको हो । यी दुई जस्तै लामो समय भुक्तानी नपाएकोमा असन्तुष्टि जनाउँदै सेवा रोक्ने चेतावनी अन्य अस्पतालहरूले पनि दिइरहेका छन् ।

यद्यपि, राप्तीबाहेक अन्य अस्पतालले औपचारिक रूपमा बोर्डमा जानकारी भने नगराएको बोर्डका सूचना अधिकारी विकेश मल्ल बताउँछन् । तर, कतिपय ठूला अस्पतालमा पनि बिमा भित्रका औषधि पाउन छोडेको गुनासो सेवाग्राहीको छ ।

१५ अर्ब बढी शोधभर्ना बाँकी, यो आर्थिक वर्षको छैन भुक्तानी
स्वास्थ्य बिमा बोर्डमा हाल ४८२ वटा स्वास्थ्य सेवाप्रदायक संस्था सूचीकृत छन् । ती स्वास्थ्य संस्थाले चालु आर्थिक वर्ष २०८१/०८२ को कुनै पनि महिनाको भुक्तानी पाएका छैनन् ।

अर्थात्, चालु आर्थिक वर्षको शोधभर्ना रकम कुनै पनि अस्पताललाई पठाएको छैन । कतिपय अस्पतालको गत अर्थिक वर्षकै शोधभर्ना दिन बाँकी छ । बोर्डले ०८१ असारसम्मको रुजु तथा समीक्षा भने गरिसकेको छ ।

बोर्डका सूचना अधिकारी मल्लका अनुसार करिब १५ अर्ब बढी शोधभर्ना रकम भुक्तानी गर्न बाँकी छ । बोर्डसँग रकम नभएपछि चालु आर्थिक वर्षको शोधभर्ना दाबीको समीक्षा समेत गरिएको छैन ।

चालु आर्थिक वर्षको बजेटमा सरकारले स्वास्थ्य बिमा कार्यक्रमका निम्ति सात अर्ब ५० करोड रुपैयाँ छुट्याएको छ । सो रकम किस्ता–किस्तामा पाइरहे पनि अघिल्लो आर्थिक वर्षकै भुक्तानी बाँकी हुँदा बोर्डले यो वर्षको शोधभर्ना दिन सकेको छैन । बिमितबाट वार्षिक करिब तीन अर्ब रुपैयाँ संकलन हुने गरेको स्वास्थ्य बोर्डको तथ्यांक छ ।

मन्त्री भन्छन्– अहिलेकै अवस्थामा बिमा कार्यक्रम धान्न सकिँदैन
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको एक प्रमुख प्राथमिकता हो, स्वास्थय बिमा कार्यक्रमको सुधार । त्यसका निम्ति बिमा सेवाको दायरा पाँच लाख रुपैयाँसम्म पुर्‍याउने उनको लक्ष्य छ ।

तर, अहिलेकै अवस्था रहे अर्को सालदेखि बिमा सेवा नै बन्द गर्नुपर्ने अवस्था आउने उनले पटक–पटक बताउँदै आएका छन् । मन्त्री पौडेलले केही दिनअघि एक सार्वजनिक कार्यक्रममा नै भने, “...यस्तै अवस्था रहे अर्को साल बिमा सेवा नै बन्द हुन्छ ।”

बिमा प्रणाली व्यवस्थित गरेर स्वास्थ्यको पुनःसंरचना गर्न लागिरहेको उनी बताउँछन् । तर, अहिलेकै अवस्था र प्रणालीमा बिमा कार्यक्रमले अपेक्षाकृत लक्ष्य हासिल नगर्ने मन्त्री पौडेलको बुझाइ छ, तर यसको सुधारकानिम्ति कस्तो कदमचाल्ने भन्नेबारे मन्त्रालयले स्पष्ट निर्णय लिन सकेको छैन । स्वास्थ्य बिमा कार्यक्रममा हाल ८९ लाख १५ हजार नागरिक आवद्ध छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१  ०७:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro