site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
यूएसएआईडीका १६ सय कर्मचारी बर्खास्त, ४२ सयलाई बिदामा राखियो

काठमाडौं । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी)मा कार्यरत ठूलो संख्यामा कर्मचारी बर्खास्त गरिएको छ । अमेरिकामा डोनाल्ड ट्रम्प प्रशासनले यूएसएआईडीमा कार्यरत ठूलो संख्यामा कर्मचारीलाई बिदामा समेत राखेको छ ।

ट्रम्प प्रशासनले यूएसएआईडीका एक हजार ६०० कर्मचारी बर्खास्त गरेको छ । चार हजार २०० कर्मचारीलाई बिदा दिइएको छ । यीमध्ये कति कर्मचारीलाई पुनः नियुक्त गरिनेछ भन्ने स्पष्ट छैन ।

ट्रम्प प्रशासनले सरकारी खर्च घटाउन एलोन मस्कको डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसियन्सी (डीओडीजीई)को योजनाअन्तर्गत संघीय कर्मचारीको संख्या कटौतीको प्रयास गरिरहेको छ । सोहीअनुसार यूएसएआईडीका कर्मचारीलाई बर्खास्त र बिदा गरिएको हो ।

एक अमेरिकी संघीय न्यायाधीशले ट्रम्प प्रशासनको यो योजनामा रोक लगाएका थिए । तर, शुक्रबार यो प्रतिबन्ध स्थायी नभएको उनले जनाएका छन् । 

सन् १९६१ मा यूएसएआईडीको स्थापना भएको थियो । कटौतीअघि यसमा लगभग १० हजार कर्मचारी थिए । बीबीसीबाट ।

प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१  १२:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro