site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
गाउँमा बाँदर र बँदेलको ‘आतंक’बारे संसद् बैठकमा छलफल हुँदै 
फाइल तस्बिर ।

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । 

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औँ वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०८०/०८१ पेस गर्ने कार्यसूची छ । 

Dabur Nepal
NIC Asia

गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

सांसद् शेरबहादुर कुँवरले सुदूरपश्चिम र कर्णाली प्रदेशका केही जिल्लाका विपन्न र पछाडि परेका नागरिकले विभिन्न अस्पतालबाट निःशुल्क सेवा पाउँदै आएकोमा संघीय र प्रदेश सरकारबाट प्रदान गरिने अनुदान रकमको अभावले सेवाबाट वञ्चित हुने अवस्था आएको जानकारी गराउने छन् । अस्पतालबाट पाउँदै आइरहेको सेवाको निरन्तरता हुनुपर्ने भन्ने सार्वजनिक महत्वको विषयमाथि स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको ध्यानाकर्षण गगराउने कार्यसूची रहेको छ । 

उक्त प्रस्तावमा दयाल बहादुर शाही र पुष्पबहादुर शाहले स्पष्टीकरण माग गर्नेछन् । 

सांसद राजेन्द्र बजगाईंले नेपालका ग्रामीण क्षेत्रमा बाँदर र जंगली सुँगुर (बँदेल)को आतंकबाट खेतीबाली नष्ट भई किसानको सुरक्षामा समेत खतरा पैदा भएको जानकारी गराउनेछन् । उक्त समस्याको दीर्घकालीन समाधान गर्दै कृषि सुरक्षाको सुनिश्चितता, वन्यजन्तु व्यवस्थापन र वातावरणीय सन्तुलन कायम राख्नका लागि नीति निर्माण र कार्यान्वयनको आवश्यकता भएको भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

उक्त प्रस्तावका समर्थक उदय शंशेर जबरा र संजयकुमार गौतमले समर्थन गर्ने सम्भावित कार्यसूची रहेको छ । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१  ०६:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro