site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्रपतिको खतरनाक कदम, पदमुक्त असंवैधानिकः प्रदेश प्रमुख
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
SkywellSkywell

पोखरा । सरकारको सिफारिसमा आइतबार साँझ सातै प्रदेशका प्रदेश प्रमुखहरु पदमुक्त भए । अघिल्लो सरकारले नियुक्त गरेका प्रदेश प्रमुखहरुको अकस्मात र आकष्मिक पदमुक्त हुँदा गण्डकी प्रदेशका निवर्तमान प्रदेश प्रमुख बाबुराम कुँवरले संविधान र कानुनसम्मत कार्य नहुँदा ‘राष्ट्रको नाश हुने’ टिप्पणी गरेका छन् । प्रदेश प्रमुखहरु नियुक्त भइसकेपछि सातै प्रदेशका प्रदेश प्रमुखहरुले संविधानसम्मत नै काम गरेको तर राष्ट्रपतिकै कार्यमा विरोध भएको बताए । यस्तै, संक्रमणकालीन अवस्था र संघीयता कार्यान्वयनको चरणमा राष्ट्रपतिको यो कदम पूर्णत संघीयताविरोधी भएको कुँवरले बताए ।

यस्तै, प्रदेश प्रमुखको पदमुक्तको विषयमा नेपाल सरकारसँग कुनै सरोकार नरहने उनको तर्क छ । संविधानको धारा १६५ ले प्रदेश प्रमुखको पदमुक्त हुने व्यवस्थामा राष्ट्रपतिको मात्र व्यवस्था गरेको हुँदा नेपाल सरकारको सिफारिसमा हुनु आफैँमा असंवैधानिक कदम रहेको बताए ।  ३२ वर्ष वकालती पेशामा रहेका कुँवरले देश ‘रुल अफ ल’ मा नभइ ‘पर्सन अफ ल’ मा चलेको आरोप लगाए ।

आइतबार मात्रै पदमुक्त भएका प्रदेश प्रमुख बाबुराम कुँवरसँग बाह्रखरीले गरेको कुराकानीको संक्षिप्त अंशः

KFC Island Ad
NIC Asia

जबजब धर्म र विधिले राज गर्न छाड्छ । अराजकताको स्थिति पैदा हुन्छ, अराजकता देशको निम्ति मृत्युसमान हो । रोगव्याधी भनेको जीव र जीवनको निम्ति मृत्यु हो भने अधर्म र अराजकता (अराजतकता भन्नाले संविधान, कानुनको मर्मबमोजिम काम नगर्नु) अल्टिमेट्ली राष्ट्रको नाश हुनु हो ।
त्यही कुराको पुनरावृत्ति मैले यो पछिल्लो निर्णयमा पाएँ ।

म त पर्सनल्ली के छ भने कानुन व्यवसायी, वरिष्ठ अधिवक्ता हुँ मेरा अवसरहरु पनि थिए । यहाँ तलबमा बाँचेको मान्छे हुँ । पर्सनल्ली मुक्ति पाएँ भन्ने लागेको छ तर पनि यो असंवैधानिक छ । तर, यो पर्सनल्ली कुरा होइन, देशको कुरा हो, शासनव्यवस्था पद्धतीको कुरा हो । संघीयता नबुझेको र व्यवस्थित र कार्यान्वयन नगर्ने कठोर कुरा हो ।

संविधान र कानुनमाथि व्यक्तिले राज गरेको दृष्टान्त हो यो । संविधान र कानुनले व्यक्तिलाई होइन, व्यक्तिले निश्चित अधिकारमा बसेका व्यक्तिहरुले संविधान र कानुनमा एकतर्फी राज गरेको दृष्टान्त हो । जो अराजकता र अधिनायकतर्फ उन्मुख छ । संविधानको मर्म मैले र व्याख्याताले बुझेका छन् । संविधान बनिरहँदा म नेपाल सरकारको महान्यायधिवक्ता थिएँ । यसको मर्म के हो भने राष्ट्रप्रमुख, प्रदेश प्रमुख र तत्काल राजा छँदा राजगद्दी खाली रहने चिज होइन, संविधानको मर्म यही हो ।

प्रदेश प्रमुख खाली हुँदा सेम टाइम प्रदेश प्रमुखको नियुक्ती हुनुपर्थ्यो । र, यो असंवैधानिक कदम भन्ने पनि सिद्ध हुन्छ । प्रदेश प्रमुखलाई नेपाल सरकारको सिफारिसबाट पदमुक्त भन्ने कुरा संविधानको धारा १६५ मा छैन । यो बिलकुल राष्ट्रपतिको र प्रदेश प्रमुखको संवैधानिक सम्बन्ध हो, यसभित्र केही सोधिएको छैन ।
प्राकृतिक न्यायको सिद्धान्तको चरम उल्लंघन गरिएको छ ।

यो चाहिँ अधिनायकवादको ज्वलन्त उदाहरण हो । यस्तै हुँदै गयो भने संविधान र कानुनले राज गर्दैन । व्यक्तिले संविधान र काननमा राज गर्नुपर्छ । यसैलाई अधिनायकवाद भनिन्छ र यसले देशको नाश गर्छ । व्यक्तिगत रुपमा भन्नुुहुन्छ भने यस्तो असंवैधानिक कदमबाट पनि मलाई आनन्द भएको छ । तर, सामूहिक कुरा गर्दा त्यो स्थिति होइन । संसारभरिको संवैधानिक र कानुनी इतिहासमा कानुनी राज र विधिको शासन भनेको निकै फरक छ, कानुनी राज र विधिको शासनबाटै नागरिकलाई खुुसी प्राप्त हुन्छ, राष्ट्र समृद्ध हुन्छ । चाहे आर्थिक अधिनियम वा अख्तियार दुरुपयोग वा महान्याधिवक्ताको वा कुनै होस् । 

मलाई गम्भीर पीडा के कारणले भएको छ भने यसरी नै देश चल्ने हो भने जतिबेला जसलाई पनि असंगत तरिकाले हटाउने परिपाटी बस्छ । बाँकी केही पनि रहँदैन, यो देशको निम्ति शुभलक्षण होइन । यो त संघीयता विरोधी कदम नै हो । संविधान कार्यान्वनयको प्रारम्भिक चरण थियो र यो चरणभित्र प्रदेश प्रमुखहरुको रोल संविधानभित्र कति छ, स्पेस कति छ, उनीहरुले गरेको र गर्नुपर्ने काम के हो ? उनीहरुमाथि अभियोग पनि छैन । फगत आफ्ना पार्टी विशेषका मान्छेहरु नियुक्त गर्न पाइन्छ कि भन्ने अभिलाषाले कानुन र संविधान तोड्दै जाने हो भने बाँकी केही पनि रहँदैन । त्यसकारणले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासनभित्र सबैभन्दा खतरनाक कदम यही नै हो र महामहिम राष्ट्रपतिज्यूको खतरनाक कदम यही नै हो ।

अहिलेसम्म प्रदेश प्रमुखले गरेका काममा कुनै खोट छैन, उनीहरुले संविधान बमोजिम नै काम गरेका छन्, बल्कि राष्ट्रपतिज्यूले  चाहिँ विधेयक प्रमाणित गर्ने काममा त्रुटि भएको, राष्ट्रिय सभा र प्रतिनिधिसभाबाट गएको विधेयकमा हेर्दै नहेरी हस्ताक्षर गरेको कत्रो ठुलो कम्प्लिकेसन भएको छ तर प्रदेशहरुको हकमा त्यो पनि छैन । ३२ वर्ष वकालत गरेको मान्छे हुँ, त्यसकारणले मलाई संविधान, कानुन, न्याय, विधिको शासन, सक्षम र स्वतन्त्र न्यायपालिका मलाई अति प्रिय चिज लाग्छन् । मेरो हकमा, दृष्टिकोणमा यो कदम अत्यन्त अराजक, तानाशाही र निरंकुश कार्य हो । 

जसलाई कुनै कानुन र संविधानको मान्यता पनि छैन । मलाई असहमति छ, म यसको घोर निन्दा र भत्र्सना गर्छु । व्यक्तिगत रुपमा मैले आजसम्म यस्तो स्थितिमा यस्ता व्यक्तिविशेषसँग मैले जतिदिन बिताएँ, प्रेमपूवर्क बिताएँ । गण्डकी प्रदेशभित्र मेरो सबै जनजनमा साथीहरुमा चाहे जुनसुकै राजनीतिक दलको मान्छे होस् म प्रेमसँग बसे । सरकारका मन्त्रीहरुले पनि मसँग अत्यन्त प्रेमभाव प्रकट गर्नुभयो ।

बाँकी कुरा मेरो फिल्ड छँदैछ, प्रदेश प्रमुखसम्म भइसकेको मानिस, वकालत प्राइभेट व्यवसाय हो । सेलेक्टेड राष्ट्रिय स्तरका मुद्दाहरुमा विधिको शासन, न्याय, समानुपातिक र समावेशी सिद्धान्तको निम्ति र सहभागितामूलक सिद्धान्तको निम्ति वरिष्ठ अधिवक्ताको हैसियतले काम गर्छु भन्ने मेरो सोच छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक १८, २०७६  ०७:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro