site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कास्की कांग्रेसको चेतावनी– बाहिरका उमेदवार आए, त्यसको जिम्मा केन्द्रले नै लिनुपर्छ
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
SkywellSkywell

पोखरा । बेजिल्ले (अर्को जिल्लाका) उमेदवार पठाए त्यसको जिम्मा केन्द्रले नै लिनुपर्ने चेतावनी कास्की कांग्रेसले दिएको छ । उमेदवार टुंग्याउन कांग्रेस केन्द्रीय समितिको बैठक बसिरहेका बेला कास्की कांग्रेस सभापति कृष्ण केसीले कडा चेतावनी दिएका हुन् ।

आउँदो बिहिबार उमेदवार मनोनयन दर्ता कार्यक्रम छ । तर, कांग्रेसले हालसम्म उमेदवार टुंग्याएको छैन । कास्की कांग्रेसबाट १६ जना आकांक्षीको नाम केन्द्रमा गएको छ । तर, केन्द्रमा पठाइएका नामावली भन्दा बाहिरका उमेदवारले कास्कीको उपनिर्वाचन लड्ने चर्चा चलेका बेला कास्की कांग्रेस सभापति केसीले कडा चेतावनी दिएका हुन् ।

कांग्रेसको पदाधिकारी भागबण्डा अनुसार उपनिर्वाचन हुने कास्की क्षेत्र वरिष्ठ नेता रामचन्द्र पौडेलको भागमा परेको छ । स्वयम् सभापति केसी पनि पौडेल निकट छन् । उमेदवारका बलिया दाबेदार देवराज चालिसे पनि पौडेलकै नजिक छन् । तर, वरिष्ठ नेता पौडेलले भने स्याङ्जाका धनराज गुरुङलाई काखी च्यापेको चर्चा छ ।

KFC Island Ad
NIC Asia

सोही चर्चामाझ बेजिल्ले उम्मेदवार आए परिणाम पनि गतिलो नआउने र संगठन पनि ध्वस्त हुने भन्दै बाह्य उमेदवारको जिम्मेवार केन्द्रले नै लिनुपर्ने जिल्लाले लिन नसक्ने तर्क सभापति केसीले गरेका छन् ।

“मेरो केन्द्रसँग पनि अनुरोध हो, भूगोललाई १, २, ३ भनेर विभाजन गरिएको छ । भूगोल छुट्याउनुको पनि कारण छ । सबै साथीहरुले, नेता, कार्यकर्ताले, आफ्नो भूगोल भित्र राजनीति, संगठन काम गरेका छन् । अनि उनीहरुले आफ्नो राजनीतिक भविष्य त्यही भूगोलभित्र खोजेका छन् । यहाँ यति काम गरेँ भने, योगदान गरेँ भने, यसरी निरन्तर लागेँ भने एकपटक अवसर पाउँछु भनेर संगठन, जनताका काममा लागेका हुन्छन्,” उनले भने, “उमेदवार जहाँको पनि हुन पाइन्छ, हुन नपाइने होइन, तर अहिले हामीले सबै कुरा मिचेर, त्यो क्षेत्र, भूगोल, भेगमा काम गरेका संगठनमा लागेका पार्टीको जिल्ला, क्षेत्र छ । आकांक्षी छन्, पुराना नेताहरु छन् ।

सैसँग पनि सल्लाह नगरी केन्द्रले हामीले निर्णय गरेपछि यो निर्णय जिल्लाले मान्नुपर्छ भन्ने हो भने यसरी पार्टीको संगठन चलाउन सकिँदैन, संगठन पनि हुँदैन, क्रियाशील पनि हुँदैनन् । स्थानीय तहमा रहेर कसले काम गर्छ ?”

निश्चित भूगोलभित्र राजनीति, संगठन र जनताका काम गरिरहेका उमेदवारहरुको मनोबल गिर्ने हुँदा बाह्य उम्मेदवारको निर्णय नगर्न उनले केन्द्रसँग अनुरोध पनि गरेका छन् । “म जिल्ला सभापति, दाबी त मैले पनि त गर्न सक्थेँ नि त । म एक नम्बर क्षेत्रको मान्छे, मतदाता नामावली, महाधिवेशन प्रतिनिधि त्यहीँ छ । मेरो दाबा १ नम्बर क्षेत्रमा नै रहन्छ । मेरो धेरै समय र योगदान एक नम्बरमा नै छ । त्यस्तै मैले भन्न खोजेको, सबै साथीहरु आ–आफ्नो क्षेत्रमा, राजनीतिक संगठन काम गरेका छन् । ती साथीले त्यही ठाउँमा चुनाव लडे हुन्छ, संगठनमा आए त्यहीँबाट आए हुन्छ,” उनले भने ।

केन्द्रले नै जबर्जस्ती निर्णय गर्दा जिल्लाले उक्त निर्णयमाथि नै प्रश्न उठाउने अवस्था सिर्जना नगर्न उनले आग्रह गरेका छन् । “कोही कसैको सरसल्लाह नभईकिन जिल्लाभन्दा बाहिरबाट उम्मेदवार आउने अवस्था रह्यो भने परिणाम, संगठन, मनोबल सबै कुरालाई प्रभाव पार्ने हुँदा बाहिर जिल्लाबाट नपठाइयोस् । यदि पठाइयो भने कास्की कांग्रेसले केन्द्रमा गम्भीर रुपले फेरि प्रतिप्रश्न गर्नुपर्ने अवस्था आउँछ,” उनले थपे, “मलाई आशा छ, त्यो खालको निर्णय केन्द्रमा हुँदैन, मैले केन्द्रीय सभापति, पदाधिकारी, वरिष्ठ नेतालाई पनि भनेको छु । तर, भन्दाभन्दै पनि केन्द्रले उहाँहरुले हामीले निर्णय गरेर पठाइसकेपछि जिल्लाले नमानेर हुन्छ र भन्ने हो भने त्यसको जिम्मेवार केन्द्रले नै लिनुपर्छ ।”

नेता धनराज गुरुङले पार्टीले चाहे आफू कास्की–२ मा आउन तयार रहेको यसअघि नै सार्वजनिक गरेका थिए । अघिल्लो चुनावमा अवसर नपाएपछि एकाथरी उनको पक्षमा देखिएका छन् भने अर्काथरी चालिसे पराजित भएकोले ५ बर्षका लागि उनैले अवसर पाउनुपर्ने बताउँछन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक १७, २०७६  १४:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro