site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रदेशकै उत्कृष्ट प्रहरी जुवाको पैसा लुकाएपछि निलम्बनमा
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
SkywellSkywell

पोखरा । अपराध अनुसन्धानमा प्रदेशकै उत्कृष्ट प्रहरीको रुपमा सम्मानित एक प्रहरी सहायक निरीक्षक (असई) निलम्बनमा परेका छन् । निलम्बनमा परेका असई सन्तोष सुवेदी जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत थिए । सुवेदी गत असोज २५ गते ६३ औँ प्रहरी दिवसमा अनुसन्धान विधामा प्रदेशकै उत्कृष्ट हुँदै प्रहरी प्रधान कार्यालयबाट सम्मानित समेत भएका थिए ।

यस्तै, गएको जेठ २९ मा पोखरास्थित उत्तमचोकमा मध्यदिनमा प्रहरीले गोली चलायो । प्रहरीले लागुऔषध कारोबारीसँगको प्रतिकारमा गोली चलाएको बतायो । त्यतिबेला प्रहरीको नेतृत्व उनै सुवेदीले गरेका थिए । प्रहरीको समूहले क्याफेमा रहेका लागुऔषध कारोबारीलाई गोली चलाएको थियो । उक्त घटना पनि प्रहरीले स्टन्ट देखाउन खोजेको भन्दै विवादित बनेको थियो ।

कास्की प्रहरीका ठूला सफलतामासमेत सुवेदीले नेतृत्व गरेका छन् । गतवर्ष श्रेया सुनारको बलात्कारपछिको हत्यामा कास्की प्रहरीले २४ घण्टामै सफलता पायो । बैदाम प्रहरीले उक्त घटनाको छानबिन नेतृत्व लिएता पनि जिल्लाबाट खटिने प्रहरीमा सुवेदी समेत थिए ।
उनै सुवेदी अहिले जुवाको रकम लुकाएपछि निलम्बनमा परेका छन् ।

KFC Island Ad
NIC Asia

यस्तो छ घटना,

कास्की प्रहरीले दशैँतिहारको अवधीमा जुवा अपरेसन नै सञ्चालन गरेको थियो । दिनहुँजसो जुवाडेहरु पक्राउ परे र उनीहरुबाट केही रकम पनि बरामद भयो । अपरेसनकै क्रममा कात्तिक ९ गते शनिबार प्रहरीले एउटा सूचना पायो । सूचना थियो, ‘लेकसाईडको होटल क्रिष्टल प्यालेसमा जुवाखाल जमेको छ ।’
सूचना पाएपछि घुमुवा प्रहरी टोली सिभिल पोशाकमा होटेलतर्फ लाग्यो । टोली नाइके थिए– उनै सुवेदी । साथमा प्रहरी जवानद्वय जीवनाथ लामिछाने र अनिल ढकाल ।

उनीहरु घटनास्थल पुगे, होटेलको  कोठा नं.४१३ मा जुवाडेहरुको खाल जमिरहेको थियो । जुवाडेहरु भेटिएपछि उनीहरुले अर्को टोलीलाई खबर गरे ।

जुवाडेले नै खुलाए पोल

जिल्ला प्रहरी कार्यालयले उक्त होटेलमा ९ जना जुवाडेबाट दश लाख ५८ हजार पाचँ सय १० रुपैयाँ बरामद गरिएको जनायो । ९ गते रातिको यो घटनामा तीनजना प्रहरी समेत फसे । प्रहरी किन फसे त ?  मुचुल्का टोली जाँदा जुवाडेबाटै पोल खुल्यो ।
प्रहरी स्रोत भन्छ, “जुवाडेहरु पक्रिएपछि र मुचुल्का टोली नआउँदै सिभिल प्रहरीले जुवाडेबाट बरामद भएको रकम लुकाएको रहेछ ।”

मुचुल्का गराउने बेलामा कम रकम देखिएपछि पक्राउ परेका जुवाडेले नै जुवामा बढी रकम भएको बताए । त्यसपछि मुचुल्का टोलीले नै सिभिलमाथि तत्काल छानबिन थाल्यो । छानबिन गर्दा घुमुवा टोलीका नाइके प्रहरी सहायक निरीक्षक सन्तोष सुवेदीको खल्तीबाट २६ हजार रुपैयाँ नगद भेट्टायो । टोलीले प्रयोग गरेको स्कुटरको डिक्कीबाट एक लाख २० हजार पाँच सय रुपैयाँ बरामद भयो ।

प्रहरी स्रोतका अनुसार उक्त दिन सुवेदीको स्कुटरमा सादा पोशाकका दुईजना प्रहरी जवानले रकम राख्दै गरेको समेत भेटिएको छ ।

बैदाम प्रहरीले थाहै पाएन

घटना हुने क्षेत्र बैदाम प्रहरी कार्यालय अन्तर्गत पर्दछ । उक्त लेकसाइड संवेदनशील क्षेत्र र त्यसमाथि चाडपर्व भएका कारण प्रहरीले सुरक्षा व्यवस्था कडा पार्छ, गस्ती गर्छ । तर, उक्त घटना हुँदा बैदाम प्रहरीले भने जानकार नभएको बतायो । बैदाम प्रहरी कार्यालयका डीएसपी कोमल शाहले भने आफूलाई थाहा नभएको र जिल्लाले हेरेको बताए । उनले भने, “मलाई थाहा छैन, जिल्ला पनि गएको छैन, हल्लामात्रै सुनेको हुँ ।”

जुवाडे भन्छन्– प्रहरीले धेरै रकम लुकाएका छन्

पक्राउ परेपछि जुवाडेहरुले आफन्तलाई फोन गरे । जुवाखालमा बरामद भएको रकमबारे पनि बताए । पक्राउ परेका जुवाडेका अनुसार करिब १७ लाख रुपैयाँजति खालबाट बरामद भएको थियो । जुवाडेहरुका आफन्तले भने करिब १७ लाख रुपैयाँ त्यहाँ भएको दाबी गरिरहेका छन् । यस विषयमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी राजुकमार केसीले प्रारम्भिक अनुसन्धानमा उनीहरु दोषी भेटिएकाले निलम्बन गरिएको र थप अनुसन्धान भइरहेको बताए । 

प्रवक्ता केसीले उनीहरु अब प्रहरी नरहेको र आवश्यक परेमा जुनसुकै समयमा पनि नियन्त्रणमा लिएर कारवाही गर्न सकिने जानकारी दिए । असई सुवेदीसँगै प्रहरी जवान अनिल ढकाल र जीवनाथ लामिछाने पनि निलम्बनमा परेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १५, २०७६  १८:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro