site stats
बाह्रखरी :: Baahrakhari
देश
कस्तो हुनेछ आजको मौसम ? 

काठमाडौं । पश्चिमी वायुको सामान्य प्रभाव रहँदा आज बिहान देशभर मौसम मुख्यतया सफा रहेको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । 

Argakhachi Cement Island Ad

कोसी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

विभागले राति कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने बताएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । 

गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
 

प्रकाशित मिति: शनिबार, मंसिर १५, २०८१  ०६:५४
प्रतिक्रिया दिनुहोस्