site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्वास्थ्य बिमा भएका वडामा निःशुल्क भिडियो एक्सरे सेवा

काठमाडौं । काठमाडौं महानगरपालिकाले निःशुल्क भिडियो एक्सरे सेवा सुरुआत गर्ने भएको छ । 

महानगरपालिकाले स्वास्थ्य बिमा कार्यक्रम लागु भएका वडाका स्वास्थ्य प्रवर्द्धन केन्द्रमार्फत नागरिकलाई सो सेवा सुरु गर्न लागेको हो ।   
 
स्वास्थ्य विभागका प्रमुख दीपक केसीका अनुसार सुरुमा वडा नं. १२, २६ र ३० बाट सेवा दिइनेछ । 

आइतबार र सोमबार वडा नंं १२, १९ र १४ का सेवाग्राहीलाई  वडा नं १२ मा, मंगलबार र बुधबार वडा नं १६, २६ र २७ का सेवाग्राहीलाई वडा नं २७ मा र बिहीबार र शुक्रबार वडा नं १० र ३० का सेवाग्राहीका लागि वडा नं. ३० स्वास्थ्य प्रवर्द्धन केन्द्रमार्फत सेवा दिइनेछ ।  

स्वास्थ्य बिमा कार्यक्रम लागु भएका सबै वडामा भिडियो एक्सरे मेसिन राखिसकेको छ । सेवाग्राहीको चाप बढ्दै गएपछि सेवा विस्तार गर्दै लैजाने उनले जानकारी दिए । 

कामपाले वडा नं. ८ को रामघाट प्राथमिक स्वास्थ्य केन्द्र, वडा नं. १४ बल्खु, वडा नं. १९ कङ्केश्वरी, वडा नंं. २६ लैनचौर र वडा नं ३० ज्ञानेश्वर, वडा नं. १६ बालाजु, वडा नं. २७ महाबौद्ध, वडा नं. १२ टेकु र वडा नं. ७ चाबहिलको स्वास्थ्य प्रवर्द्धन केन्द्रलाई पहिलो सम्पर्क विन्दुका रुपमा तोकेको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर १५, २०८१  ०७:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro