site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाँचवर्ष जेल परेर छुटेका श्रेष्ठ फेरि चोरी धन्दामै सक्रिय
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad
काठमाडौं । चोरीको अभियोगमा पाँच वर्ष जेलमा विताएका एक व्यक्तिसहित  पाँच जना पक्राउ परेका छन् । काठमाडौंको स्वयम्भू क्षेत्रमा गरगहना चोरी गर्ने गिरोहको मुख्य नाइके वीरबहादुर श्रेष्ठसहित पाँच जना पक्राउ परेका हुन् ।
उनी केही महिना अघि पाँचवर्ष जेल सजाय भुक्तान गरेका व्यक्ति भएको प्रहरीले जनाएको छ ।
स्वयम्भू क्षेत्रलाई आधार बनाएर चोरी गर्ने दोलखा शैलेश्वरीका वीरबहादुर श्रेष्ठ, सिन्धुपाल्चोक मेलम्ची ८ का दिपक माझी, मेलम्ची ९ का गणेश तामाङ् र भारतीय नागरिक धनन्जय सेण्डीलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको हो ।
प्रहरीका अनुसार श्रेष्ठकै समूहले डेढ महिनाको अवधीमा ६० तोलाभन्दा बढी सुनका गरगहना, करिब ४ केजी चाँदीका गहना, लाखौं रकम चोरी गरेको महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रमुख डीएसपी कोमल शाहले बताए । 
प्रहरीले उनीहरूले चोरी गरेका ३७ तोला बराबरको सुनका गहना, ३ किलो बराबर चाँदीका गहना, २ लाख नगद, ३ सय ५० अमेरिकन डलर लगाएतका सामाग्री बरामद गरेको छ ।
“चोरी गिरोहका मुख्य नाइके वीरबहादुर श्रेष्ठ यसअघि पनि चोरी र लागूऔषध मुद्दामा ५ वर्ष जेल सजाय भुक्तान गरेका व्यक्ति हुन्,” डीएसपी साहले भने,“डेढ महिनाको अवधीमा उनले ७ वटा चोरी गरेको पाइयो । जसमा ६० तोलाभन्दा बढी सुन मात्रै छ ।”
नका अनुसार ३७ तोला बराबरको सुनका गहना फेला परे पनि बाँकी उनीहरुले बेचिसकेका छन् । 
प्रहरीका अनुसार उनीहरुको चोरी गर्ने तरिका नयाँ प्रकारको छ । उनीहरू पहिला ताला लगाएको घरको खोजी गर्छन् । त्यसपछि ताला फोडेर १५ देखि ३० मिनेटमा चोरी गरेर फरार हुन्छन् । 
स्वयम्भूमा चोरी गरेका गहना र नगद दुई घण्टामै सिन्धुपाल्चोकको मेलम्ची पुर्याउने प्रहरीको भनाइ छ । मेलम्चीमा गहनाको स्वरुप परिर्वतन गरेपछि त्यो गहना ललितपुर ल्याएर सस्तोमा बेच्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार चोरीका सामाग्री ओसार्न उनीहरुले तीन वटा मोटरसाइकल समेत प्रयोग गर्ने गरेका छन् ।
 
NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १७, २०७३  १८:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro