site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
२०७३ मा ८८ वटा चलचित्र निर्माण: सिक्वेलकै दबदबा, दर्शकको मन भने जित्न सकेनन्

काठमाडौं । वर्ष २०७३ मा ८८ वटा नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । गत शुक्रबारसम्म ८८ वटा चलचित्र रिलिज भएको तथ्यांक सार्वजनिक गरिएको छ ।

चलचित्र विकास बोर्डका चलचित्र प्रदर्शन तथा वितरण शाखाका प्रमुख चिरञ्जीवी गुरागार्इँले भने, “तथ्यांक हेर्दा यस वर्ष ८८ वटा चलचित्र रिलिज भएको देखिन्छ ।”

२०७३ सालमा ‘बाटोमुनिको फूल–२’ बाट सुरु भएको नेपाली चलचित्र प्रदर्शन ‘पलाँस’ मा आएर अन्त्य भएको छ । ‘बाटोमुनिको फूल–२’ लाई सुवर्ण थापाले निर्देशन गरेका थिए भने ‘पलाँस’ लाई सुवास कोइरालाले निर्देशन गरेका छन् ।

चलचित्र निर्माता तथा निर्देशकहरूका अनुसार एउटा नेपाली चलचित्र निर्माणका लागि औसत ७० देखि ७५ लाख बजेट आवश्यक पर्छ । यदि यो दाबीलाई आधार मान्ने हो भने यस वर्ष नेपाली चलचित्र उद्योगमा झन्डै पौने एक अर्ब लगानी भएको छ ।

यो वर्ष नेपाली चलचित्र उद्योगमा सर्वाधिक ग्रस कलेक्सनको नयाँ इतिहास कायम भयो । दीपाश्री निरौलाले निर्देशन गरेको चलचित्र ‘छक्का पञ्जा’ ले १६ करोड ग्रस कलेक्सन गरेर श्रीकृष्ण श्रेष्ठको ‘कोहिनुर’ का नाममा रहेको १० करोड कलेक्सनको रेर्कडलाई तोड्यो ।

यो वर्ष दुई चलचित्र निश्चल बस्नेतको ‘लुट–२’ र प्रदीप भट्टराईको ‘जात्रा’ ले राम्रो व्यापार गरे । मीन भामको ‘कालो पोथी’, रामबाबु गुरुङको ‘पुरानो डुङ्गा’, मिलन चाम्सको ‘वीर विक्रम’ र हेमराज विसीको ‘गाजलु’ ले पनि राम्रै व्यापार गरे ।

चलचित्र वितरकहरूका अनुसार करिब ८५ प्रतिशत चलचित्र घाटामा जान्छन् ।

यो वर्ष पहिलो सिरिज सफल भएका र अहिले निकै अपेक्षा गरिएका चलचित्र ‘लुट–२’ र ‘पुरानो डुङ्गा’ ले सुरुवाती व्यापार राम्रो गरेका कारण ग्रस कलेक्सन राम्रो गरे पनि दर्शकलाई भने सन्तुष्ट पार्न सकेनन् ।

यो वर्ष सिक्वेलकै हाबी रह्यो । र, अपेक्षा गरिएका अधिकांश चलचित्र सिक्वेल नै रहेका थिए । पहिलो चलचित्र ‘बाटोमुनिको फूल–२’ बाट नै सुरु भएको सिक्वेलको यात्रा तुलसी घिमिरेको ‘दर्पण छायाँ–२’ आउँदा पनि कायम रह्यो । दीपेन्द्र के। खनालको ‘चपली हाइट–२’ पनि यही वर्ष आयो ।

तर, कुनै पनि सिक्वेलले प्रशंसा बटुल्न भने सकेनन् । यो वर्ष फरक धार भनिएका केही चलचित्रकै दबदबा रह्यो । ‘कालो पोथी’ र ‘सेतो सूर्य’ ले विदेशबाट समेत अवार्ड बटुल्न सफल भए भने नरेश केसीको ‘डाइङ क्यान्डल’ पनि यही वर्ष नयाँ स्वाद लिएर आयो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २२, २०७३  १७:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro