site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
चार संसद अधिवेशन : ४० विधेयक पारित, तीन संशोधन 

विराटनगर । प्रदेश १ को प्रदेशसभाले चारवटा अधिवेशनको अन्त्यसम्ममा जम्मा ४० वटा विधेयक पारित भएका छन् । प्रदेशसभा सञ्‍चालनका लागि प्रदेशसभा सञ्‍चालन नियमावली पारित भएको छ  भने तीनवटा विधेयक संशोधन भएका छन् ।

यही अधिवेशनमा पेश भएका आठ विधेयकसमेत गरी चौथो अधिवेशनबाट जम्मा १४ वटा विधेयक पारित भएका छन् । अविधेशनमा जम्मा ५४ पटक बैठक बसेको थियो । कुल ६३ घण्टा १६ मिनेट बैठक बस्यो । चौथो अधिवेशनमै सबै सातवटा संसदीय समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको छ । 

प्रदेशसभाले बिहीबार बडादसैंको अवसरमा सञ्‍चारकर्मीसँग आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा चारवटै अधिवेशनको तथ्यांक र गतिविधि पेश गरेको थियो । संसद सचिवालयका अनुसार पहिलो अधिवेशनमा जम्मा ३९ पटक बैठक बसेको थियो । अधिवेशनले प्रदेशसभा नियमावली र ११ विधेयक पारित गरेको थियो ।

दोस्रो अधिवेशनमा ५२ वटा बैठक बसी जम्मा १२ विधेयक पारित भएका थिए भने तेस्रो अधिवेशनमा जम्मा ३५ पटक बैठक बस्यो । यो अधिवेशनबाट पाँचवटा विधेयक पारित भए । 

विपद् व्यवस्थापन ऐन, २०७५ संशोधन भयो । यहि अधिवेशनले प्रदेशसभा नियमावली पनि संशोधन गरेको थियो । चौथो अधिवेशनबाट पारित भएका जम्मा संशोधन भएका विधेयकमा गाउँ तथा नगरसभाका सदस्यको सुविधा सम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न बेनेको विधेयक र जिल्ला सभा र जिल्ला समन्वय समितिका सदस्यहरुको सुविधा सम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक छ । 

प्रदेशसभा सचिवालयका उपसचिव अर्जुन निरौलाले हालसम्म पारित भएका कानुन तथा संसद सचिवालयका गतिविधिबारे जानकारी गराएका थिए । उनले भने,‘‘संसदका गतिविधि एप्स र वेभसाइटमा अत्याधुनिक ढंगले प्रस्तुत गर्ने क्रम पनि सुरू भएको छ ।’’ उनले प्रदेशसभा प्रविधिमैत्री बन्दै गएको सुनाए । उद्योग पर्यटन तथा वातावरण समिति सभापति सीता थेवेले मुलुक संघीयतामा गईसकेपछि यसको अभ्यासले गति लिएको बताइन् ।

कार्यक्रममा प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले प्रदेशसभा व्यवस्थित गर्न विभिन्न काम भईरहेको जानकारी दिँदै भने,‘‘चमेनागृह निर्माणदेखि मिडिया सेन्टर व्यवस्थित गर्नेसम्मको काम भएका छन् ।’’ नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष विक्रम लुइँटेल, संसदीय पत्रकार मञ्चका अध्यक्ष गणेश लम्साल र महासंघका मोरङ अध्यक्ष बन्धु पोखरेलले संसदीय पत्रकारहरुको क्षमता अभिवृद्धिमा थप काम हुनुपर्ने सुझाव दिएका थिए ।
 
प्रदेशको नामबारे छलफल जारी छ : सभामुख भण्डारी

शुभकामना आदानप्रदान कार्यक्रममा सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशको नामको टुंगो नलागेपनि अनौपचारिक रुपमा भने छलफल भएको बताए । उनले भने,‘‘यस विषयमा सरकारका प्रतिनिधि र विपक्षीसँग पनि मैले अनौपचारिक छलफल चलाएँ । अब यसलाई टुंगोमा पुर्‍याउन सबैपक्ष सकारात्मक देखिएका छन् ।’’

सभामुख भण्डारीले कानुन निर्माणमा प्रदेशसभाले निकै सक्रियता देखाएको बताए । सभामुख भण्डारीले भौतिक पूर्वाधारजस्ता समस्याका बाबजुद पनि निकै धेरै काम भएको बताए । उपसभामुख सरस्वती पोखरेलले संसदको कामकारबाहीको विषय सञ्‍चारमाध्यमले धेरै राम्ररी उजागर गरेको बताए ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, असोज १६, २०७६  १७:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro