site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमाले मोरङको मतदान सरेको सर्‍यै, थकाउने र गलाउने संस्थापनको रणनीति

विराटनगर । नेकपा एमाले मोरङको निर्वाचन बुधबार बिहानलाई सारिएको छ ।‌ मंगलबार दिनभर मतदान गर्ने पर्खाइमा बसेका प्रतिनिधि साँझ होटेल र बासको प्रबन्ध गरिएको स्थानमा फर्किएका छन् ।

निर्वाचन समितिले उमेदवारको अन्तिम नामावली प्रकाशन गरेर मतदान कार्यतालिकाको सूचना टाँस गरेको छ । तर, चुनावी प्रक्रिया बुधबार बिहान ७ बजेदेखि सुरु हुनेमा प्रतिनिधिहरू अझै सशंकित छन् ।  

अधिवेशन स्थलमा भेटिएका एकजना इतर समूहका प्रतिनिधिले भने, "मतदान हुँदा संस्थापन हार्ने देखिएपछि गलाउने र फकाउने रणनीति तयार गरी निर्वाचन धकेलिएको हो । एमाले कोसी प्रदेश अधिवेशनमा पनि यस्तै गरिएको थियो ।"

संस्थापन समूहले आफू पक्षका अध्यक्ष बनाएर बाँकी मिलाउने र सहमतिमा सर्वसम्मत कार्यसमिति ल्याउने भन्दै निर्वाचन गर्न रोकेको इतर समूहका एक उमेदवारले बताए । यही प्रश्न सोध्दा संस्थापनबाट अध्यक्षका उमेदवार राजकुमार ओझाले आफूहरू सहमतिको विरोधी नभएको बताए । "नमिल्दा चुनावी प्रतिस्पर्धामा जाने लोकतान्त्रिक विधि त छँदैछ," उनले भने ।

एमाले अध्यक्ष केपी ओलीले ओझालाई अध्यक्ष बनाउन चाहेका छन् । त्यही भएर पनि छलफल र सहमतिका नाममा मतदान सारिएको चर्चा एमालेमा छ । मंगलबार दिनभर यही विषयमा नेताबीच छलफल भएको थियो ।

शनिबार सुरु भएको एमाले मोरङको दशौँ अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि सोमबार निर्वाचन कार्यतालिका प्रकाशन गरिएको थियो । तर, निर्वाचन गर्ने समय टुंगो नलाग्दा प्रतिनिधिहरू अधिवेशन स्थलमा आउने, गफिने र नाचगान गरी‌ फर्कने गर्न‌ थालेका छन् । उमेदवारहरू समूह बनाएर मत माग्न व्यस्त भए पनि मत हाल्ने प्रतिनिधिमा उत्साह देखिएको थिएन । मंगलबार पनि चुनाव नहुने चर्चाबीच कतिपय प्रतिनिधि दिउँसै आफू बसिरहेको होटेलतिर फर्किएका थिए ।

प्रमुख निर्वाचन अधिकृत सुरेशलाल श्रेष्ठले निर्वाचनको प्रक्रिया जारी रहेको बताउँदै मतदानको समय टुंगो लागेको बताए । ूउमेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ । अब कार्यतालिकाअनुसार नै प्रक्रिया अघि बढ्छ । मतदान गराउन हामी तयार छौँ, उनले भने ।

निर्वाचन समितिले मंगलबार बिहान ९ बजेलाई मतदानको समय तोकेर फेरि तीन घण्टा पछि सारेको थियो ।

अधिवेशनले १६५ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ ।  अधिवेशनमा ९१४ प्रतिनिधि छनोट भएका छन् ।‌ नेतृत्वमा पुग्न संस्थापन र इतर समूहले प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । अन्तिम नामावलीअनुसार पाँचजना पदाधिकारीसहित १६५ सदस्यीय जिल्ला समितिमा ७१ जना सदस्य सर्वसम्मत निर्वाचित भएका छन् ।

३२५ जनाले मनोनयन दर्ता गरेका थिए । तीमध्ये ६३ जनाले उमेदवारी फिर्ता लिएका छन् । चुनावी मैदानमा १९१ जना छन् ।

इतर समुहका उपाध्यक्षका उमेदवार सागर थापाले समय सारिरहँदा प्रतिनिधिलाई दिक्दारी भएको सुनाए ।

अधिवेशनमा संस्थापन पक्षबाट अध्यक्षमा राजकुमार ओझा, उपाध्यक्षमा शान्ति लिम्बू भुजेल, सचिवमा रवीन थापा, उपसचिवमा शिल्पा निराला कार्की र ईजालाल राजवंशीले उमेदवारी दिएका छन् । यस्तै, इतर समूहबाट अध्यक्षमा अजम्बर राई, उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा, उपसचिवमा सन्तोष बान्तवा र उषा झाले उमेदवारी दिएका छन् ।

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१  २२:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro