site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कोसी सभामा शालीन ढंगले प्रस्तुत भए प्रधानमन्त्री 

विराटनगर । मंगलबार कोसी प्रदेशसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली शालीन ढंगले प्रस्तुत भए । उनको स्वभावअनुसार विपक्षी दल र अन्य राजनीतिक दलले आफूहरूलाई घोचपेच अनि कटाक्ष गर्ने आशंका गर्दै सदनमै अनुपस्थित हुनसक्ने चेतावनी दिएका थिए । 

कोसी प्रदेशका विपक्षी दलहरूको चेतावनीपछि मुख्यमन्त्री हिक्मत कार्कीले आज बिहानमात्र माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोसाग छलफल गरेका थिए ।
 
विपक्षीले उठाएका सवालहरूमा प्रदेश सरकारले चासो नदिने र नसुन्ने गरेको आङ्वोको आरोप थियो । ‘आफ्ना कुरा नसुन्ने, तर पूर्वजानकारीविना नै प्रधानमन्त्रीको मन्तव्य सुन्नुपर्ने’ भन्दै विपक्षीहरूले घुर्की लगाएका थिए । तर, मुख्यमन्त्रीले विपक्षीको भावनाको कदर गर्ने वचन दिएपछि माओवादी केन्द्र, एकीकृत समाजवादी र राप्रपाका सांसदहरू बैठकमा सहभागी भएका थिए । 

आङ्वोसँग छलफलमा मुख्यमन्त्रीले असमझदारी निरूपण गरेर अघि बढ्ने बताएका थिए ‌। हुन पनि प्रधानमन्त्री ओलीले सदनलाई सम्बोधन गर्ने क्रममा कोसी प्रदेशकै भौगोलिक, ऐतिहासिक, धार्मिक इतिहासका साथै जातीय अन्तरघुलन र यसको महत्त्वबारे बताए । 

ओलीले कृषि, पर्यटन विकास, श्रम, रोजगारी, जलवायु परिवर्तनको असर हिमाल तथा हिमनदीको पर्यावरणीय महत्त्वका बारेमा पनि चर्चा गरे ।
 
ओलीले भने,‘‘त्यही भएर सगरमाथा सम्मेलन गर्दै छौँ । यसले हाम्रो हिमाल, यिनको महत्त्व र यसबाट लिन सकिने फाइदाबारे जानकारी हुनेछ ।’’ उनले कृषि, शिक्षा, पर्यटनको विकाससँगै गरिबी निवारणमा अन्य प्रदेशको तुलनामा छिट्टै प्रगति गर्नसक्ने बताए । 

जनप्रतिनिधि थप जिम्मेवार भई जनतालाई सेवा दिन र उनीहरूको समस्या समाधानमा केन्द्रित हुनुपर्ने सुझाव उनले दिए ।

संविधानको संशोधन सदनको दुईतिहाई बहुमतले गर्न सक्ने स्मरण गराउँदै ओलीले निकै दुःख गरेर दुईपटकको संविधानसभाले संविधान बनाएको बताए । भने,‘‘जनताको अधिकारलाई सुनिश्चित गरेको छ, तर केही सुधार गरेर जानुपर्ने भए जान सकिन्छ ।’’ 

ओलीले अब मुलुक पछि फर्कन नसक्ने भन्दै यो अवधिमा विकासका दृष्टिले धेरै काम भएको बताए । ‘‘केही भएन होइन, धेरै काम भएका छन्, अझै हुँदैछन्,’’ उनले भने,‘‘क्षमता अभिवृद्धिमा ध्यान दिनसके देशमा रोजगारीका अवसर प्रशस्त बन्नेछन् ।’’ 

उनले कृषि आधुनिकीकरण र उद्योगको विकासबाट निर्वाहमुखीभन्दा पनि जीवनदायी अवस्था सिर्जना हुने बताए ‌। ओलीले प्रदेशलाई काम गर्न र सघाउन संघीय सरकार सहयोगी बन्ने बताए । 

उनले भने,‘‘जनता र जनप्रतिनिधिका कुरा सुन्ने सरकार हो ‌। म सबैसँग छलफल गर्न तयार छु ‌ । अब हामीलाई शान्ति चाहिएको छ ‌।’’

ओलीले नागरिक सर्वोच्चता भएको प्रणालीबारे स्पष्ट रहेको र समाजवादतर्फ उन्मुख रहेको बताए। “हामी सामन्तवादतर्फ उन्मुख छैनौँ । दुईपटकको संविधानसभाले जनतामा शक्ति रहेको संविधान बनाएको हो । यसलाई दुईतिहाइले संशोधन गर्न सक्छ,” ओलीले भने ।

ओलीले आफू विभिन्न रोगको सामना गर्दै बाँचेको र उमेरको कुरा भन्दा पनि आफू दुःख गरेर यो अवस्थामा आएको सुनाए । भने,‘‘मलाई कुनै लफडा र वादविवाद गर्नु छैन । म सबैको कुरा सुन्न तयार छु ‌। म राष्ट्रिय एकताको पक्षमा छु । देश बनाउकै लागि अहिले पनि सक्रिय बनेको हो ।’’ 

कोसी प्रदेशको उन्नतिमा आफू सधैँ क्रियाशील रहने प्रधानमन्त्रीको भनाइ थियो । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१  १७:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro