पोखरा । पर्यटकको रोजाई र पर्यटनको उत्कृष्ट गन्तव्य मानिएको फेवाताल जलकुम्भीले घेरिएको छ । पोखरा आउने र फेवातालमा माछापुच्छे«को छायाँ हेर्ने आन्तरिक तथा बाह्य पर्यटक फेवा तालमा भरिएको जलकुम्भीका झार हटाउन खटिएका छन् ।
फेवातालमा भरिएको जलकुम्भी हटाउने इटालीबाट आएका पर्यटकको टोली त्यहाँको झार निकाल्न खटिएको छ । उनीहरुसँगै पोखरा महानगरपालिकाको प्रहरी, सरसफाई टोली र विभिन्न संघसंस्थाहरु विगत ४ दिनदेखि जलकुम्भी निकाल्नमा सक्रिय छ ।
तालभरि फैलिएको जलकुम्भी तत्कालै निकालेर सकिने भने कठिन छ । उसो त पोखरा महानगरपालिकाले दुई वर्षअघि क्यानडाबाट करोडाँैं रुपैयाँको मेसिन किनेर ल्याएको थियो । उक्त मेसिनले पनि सफा गरेर नसक्ने भएपछि मानवश्रमका माध्यमबाट जलकुम्भी झिकिएको पोखरा महानगरका सूचना अधिकारी गंगालाल सुवेदीले जानकारी दिए ।
“हरेक दिन बिहान ७ देखि ९ बजेसम्म सफाई गर्ने गरेका छौँ” उनले भने । मेसिनले जलकुम्भीलाई तालको छेउछाउमा ल्याउँछ । त्यहाँबाट मानवश्रमको माध्यमबाट जलकुम्भी व्यवस्थापन गर्ने गरिएको छ । डुंगामा चढेर पनि जलकुम्भीलाई एकतृत गरिएको छ । त्यसपछि ट्रकमा हालेर लगिने गरिएको छ ।
तालबाट झिकिएको जलकुम्भीलाई लेकसाइडस्थित कोमागाने पार्क र क्याम्पिङ चौरमा डम्पिङ गरिएको छ ।
महानगर आफैँले जलकुम्भी व्यवस्थापनको लागि भनेर बजेट छुट्याएको छैन् । गतवर्ष फेवाताल संरक्षण अभियानका नाममा बजेट विनियोजन भए पनि अहिले उक्त कार्यक्रम छैन् ।
सुवेदी भन्छ्न, “शीर्षक नै तोकेर रकम चाहिँ छुट्याइएको छैन, अहिले ड्याम बनाउने भनेर रकम छुट्टिएको छ ।”