site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कास्की–२ मा को बन्ला नेकपाको उम्मेदवार ? विद्या भन्छिन्– अझै एक हप्ता कुरौँ
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
SkywellSkywell

पोखरा । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता बामदेव गौतमले कास्की–२ बाट निर्वाचन नलड्ने प्रष्टीकरण पुनः दिएका छन् । उम्मेदवार नबन्ने विषयमा यो उनको दोश्रो प्रष्टीकरण हो ।

गएको फागुनमा पर्यटनमन्त्री रवीन्द्र अधिकारीको श्रद्धाञ्जली सभामा उपस्थित गौतम उपनिर्वाचनमा लड्ने गाईंगुईं उतिबेलै चलेको थियो । काठमाडांै फर्केपछि गौतमले त्यसको कडा प्रतिवाद गर्दै कास्कीबाट उम्मेदवारी नदिने र उपनिर्वाचनमा नलड्ने कुरा बताएका थिए । त्यतिबेला सरकारले उपनिर्वाचनको मिति तय भने गरेको थिएन । गत साउनमा मंसिर १४ गते उपनिर्वाचन गर्ने सरकारको घोषणासँगै गौतम पुनः चर्चामा आए । यतिसम्म कि गौतमलाई नेकपाका दुवै अध्यक्षले नै समर्थन गरेको चर्चासमेत भयो । तर, शनिबार पुनः गौतमले कास्कीबाट उपनिर्वाचन नलड्ने घोषणा गरे ।

यसबारेमा उनले कारण पनि उल्लेख गरेका छन्, “यसअघि (२०७४ मा) प्रतिनिधिसभा सदस्य पदका लागि आफ्नो पुरानो निर्वाचन क्षेत्र बर्दिया–१ बाट उम्मेदवार भएको यहाँहरुमा विदितै छ । उक्त निर्वाचनमा तत्कालीन वाम गठबन्धनसँग विपक्षीको तुलनामा ३२ हजार मत बढी थियो । तर, म पराजित हुनुपर्यो । त्योभन्दा अत्यन्त कम मतान्तर रहेको कास्कीमा निर्वाचन उठ्नु भनेको म फेरि पराजित हुनु हो ।”

KFC Island Ad
NIC Asia

प्रष्टै छ, बामदेवलाई उम्मेदवार भए पनि पराजयको डर छ, त्यसकारण उनले उम्मेदवार नहुने घोषणा गरे । घोषणा सँगसँगै उनले भनेका छन्, “तर मलाई विश्वास छ, म भन्दा अरु कोही स्थानीय कमरेड उठ्दा सहजै विजय प्राप्त गर्न सक्नु हुनेछ । कास्कीको निर्वाचनमा त्यहाँका स्थानीय कमरेडहरु उम्मेदवारीका निम्ति पहिलो हकदार हुनुहुन्छ । यसर्थ म कास्कीलाई कार्यक्षेत्र बनाएर पार्टी काम गरिरहनु भएका कमरेडमध्येबाट उम्मेदवार हुनुपर्ने कुरामा आफ्नो स्पष्ट अडान पेश गर्दछु ।”

सत्तारुढ नेकपाका उपाध्यक्ष बामदेवको यो घोषणासँगै नेकपाबाट कास्की २ को उपनिर्वाचनमा उम्मेदवार को भन्ने प्रश्नले फेरि चर्चा पाएको छ । बामदेव नै उम्मेदवार बन्ने भनेर प्रचार गर्ने नेकपा कार्यकर्ता अलमलमा परेका छन् । बलिया उम्मेदवार मानिएका गौतम ‘रिङआउट’ हुने घोषणाले नेकपाको उम्मेदवार को बन्ला भन्ने अनुमान थप रहस्यपूर्ण बनेको छ । यसको टुंगो कास्की नेकपाले छिट्टै लगाउला ।

नेकपा कास्कीका अध्यक्ष कृष्ण थापा भन्छन्, “उम्मेदवार त केन्द्रले नै टुंग्याउनेछ, हामीले आन्तरिक तयारीमात्रै गरेका छौँ, आधिकारिक सुझाव मागे दिने हो, अन्यथा केन्द्रले जे भन्छ, त्यही हुन्छ ।”

तर, केन्द्रले कहिले टुंगो लगाउँछ, त्यो भने थाहा छैन । बामदेवले चुनाव नलड्ने घोषणासँगै पुनः एकपटक प्रबल उम्मेदवारको सूचीमा आएकी छन्, स्व. रवीन्द्रपत्नी विद्या भट्टराई । यसअघिझैँ उनले स्पष्ट जवाफ भने दिइनन् । तर, एक हप्ताभित्र टुंगो लाग्न सक्ने संकेत चाहिँ दिइन् ।

“अझै एक हप्ता कुरौँ, केही आउला । मेरो आकांक्षा भन्दा पनि परिस्थितिका कुराहरु हुन,” उनले भनिन् । शीर्ष तहका नेताहरुसँग कुराकानी भएको होला नि भन्ने जिज्ञासामा उनले भनिन्, “भइसकेको छैन, हुँदै होला ।”
विद्यामात्रै होइन, आधा दर्जन आकांक्षी छन्, नेकपामा । तर, उम्मेदवारकै विषयलाई लिएर छलफल भने भएको छैन । कास्की नेकपा अध्यक्ष कृष्ण थापाले भने, “म उम्मेदवार हुन्छु भनेर अहिलेसम्म कोही पनि आउनुभएको छैन ।”

नेकपाबाट विद्याको अलावा सोमनाथ अधिकारी प्यासी, तुलबहादुर गुरुङ, धनराज आचार्य, राजकाजी गुरुङ (करण) श्रीनाथ बराल, शारदा सुवेदी, भीम कार्की लगायतको चर्चा भइरहेको छ । 

पूर्व माओवादी केन्द्रबाट प्रदेशसभामा पराजित राजकाजी गुरुङ (करण) कास्की २ ‘ख’ बाट पराजित प्रदेशसभा सदस्यका उम्मेदवार समेत हुन् । कास्कीमा विद्या नउठेको खण्डमा र वामदेवको मनशाय नभएको खण्डमा बलिया दाबेदारको रुपमा पुराना नेता सोमनाथ अधिकारीको सम्भावना बलियो रहेको स्वयम नेकपाका नेता कार्यकर्ता बताउँछन् ।

तत्कालीन एमालेको केन्द्रीय निर्वाचन आयोगका अध्यक्षसमेत रहेका अधिकारी कास्कीका पुराना नेता हुन्, तर उनको निर्वाचन क्षेत्र भने फरक छ । तुलबहादुर गुरुङ पनि साविकको एमाले पोलिटब्युरो सदस्य हुन् भने वर्तमान नेकपाको केन्द्रीय सदस्य । अनेरास्ववियुका पूर्वअध्यक्ष पनि रहेका उनले ०४८ र ०५६ मा त्यही निर्वाचन क्षेत्रबाट चुनाव जितेका थिए । कास्कीमा पुराना नेता भएकाले उनी उम्मेदवारको स्वभाविक दाबेदार मानिन्छन् ।

विद्यार्थी राजनीतिमा लामो समय काम गरेका तथा स्व. रविन्द्र अधिकारीका बालसखा धनराज आचार्य पनि आकांक्षीको सूचीमा अगाडि नै आउँछन् । पछिल्लो समय राजनीतिभन्दा बढी व्यवसायमा सक्रिय आचार्य तत्कालीन एमाले समर्थित व्यापारीको संगठन नेपाल राष्ट्रिय वाणिज्य संघका अध्यक्षसमेत हुन् ।

झन्डै ९ हजारको अन्तर हुँदा पनि बामदेव डराए

२०७४ को चुनावलाई हेर्ने हो भने, निकै लोकप्रिय नेता रविन्द्र अधिकारी २७ हजार दुई सय सात मत ल्याएर विजयी भएका थिए । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका देवराज आचार्यले १८ हजार छ सय ६१ मत ल्याए । अधिकारीले उक्त चुनाव आठ हजार पाँच सय ४६ मतान्तरका साथ जितेका थिए ।

त्यतिबेला लोकप्रिय नेता र बाम गठबन्धनको संयुक्त मोर्चा हुँदा पनि झन्डै नौ हजार मतान्तरसँग बामदेव डराए । पछिल्लो समय सरकारको अलोकप्रियता, सम्बन्धित निर्वाचन क्षेत्रको नहुनु तथा अस्थिर र सत्तामोह देखिएका कारण पनि मतदाता रुष्ट हुँदा चुनाव हारिने डर गौतमलाई लागेको हुन सक्ने राजनीतिक विश्लेषकको भनाइ छ ।

त्यसो त उक्त निर्वाचनमा कास्कीका तीनवटै प्रतिनिधीसभा निर्वाचनमा वाम गठबन्धनका उम्मेदवारले ८ हजार माथिको मतान्तरले विजयी भएका थिए । तर, समानुपातिकको गणित भने फरक छ । प्रत्यक्षमा झन्डै ९ हजारको मतान्तर भए पनि समानुपातिकको मतान्तर भने ६ हजार ५ सय मात्रै छ । जबकि, एमालेसँग गठबन्धन गरेको माओवादी केन्द्रले समानुपातिकमा एकमत पनि पाएको थिएन । समानुपातिकतर्फ तत्कालीन माओवादी केन्द्रलाई एक मत पनि परेको थिएन ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ५, २०७६  १४:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro