site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उपप्रमुखको जाहेरीपछि वडाध्यक्ष पक्राउ, रिहा गर्न कांग्रेसको माग
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
SkywellSkywell

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं. १ का वडाध्यक्ष विरेन्द्र गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका वडाध्यक्षलाई गाउँपालिकाको कार्यालय तोडफोड गरेको आरोप लागेको छ । गुरुङसँगै स्थानीय विपुल क्षेत्री र वडा नं. २ का सदस्य गणेश आचार्यलाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो ।

स्थानीय तहको चुनावमा कांग्रेसबाट निर्वाचित वडाध्यक्ष गुरुङले गत बुधबार गाउँपालिका भवनको बैठक कक्षमा रहेका सामग्रीहरु तोडफोड गरेको भन्दै गाउँपालिकाका उपप्रमुख कृष्णकुमारी दवाडीले प्रहरीमा उजुरी दिएकी थिइन् । उपप्रमुखको किटानी जाहेरीका आधारमा बगर प्रहरीले उनीहरुलाई पोखरास्थित जिरो किलोमिटरबाट नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार गाउँपालिका अध्यक्षमा कांग्रेसका तर्फबाट प्रत्यासी उम्मेदवार खुसीमान गुरुङको नाममा पनि किटानी जाहेरी परेको छ । अन्य ४०-५० जनाविरुद्ध प्रहरीमा जाहेरी परेको छ ।

KFC Island Ad
NIC Asia

 मागेको सूचना नदिएको भन्दै प्रत्यासी उम्मेदवार र निर्वाचित वडाध्यक्षसहितको समूहले कार्यालय तोडफोड गरेको जाहेरीमा उल्लेख छ । किटानी जाहेरीमा खुसीमानसहित कांग्रेसकातर्फबाट वडा नम्बर ८ का अध्यक्षका प्रत्यासी राम गुरुङ, वडा नम्बर १ का वीरेन्द्र गुरुङ, नेपाली कांग्रेस क्षेत्रीय सहसचिव राजाराम पौडेलसहित अन्य धेरै व्यक्तिका विरुद्धमा जाहेरी परेको कास्की प्रहरीले जनाएको छ । 

प्रहरीले किटानी गरिएको र अन्य संलग्नको पनि खोजी गरिरहेको छ । कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले भने, “सूचना माग्न जाँदा १५ मिनेट भनेर धेरै बेर कुराउनुभएछ, त्यसकारण झोँकमा कुर्चीटेबल तोडफोड गर्नुभएको रहेछ, प्लाष्टिकका कुर्चीहरु भाँचिएको र फलामे कुर्चीका कारण भुईं भत्किएको रहेछ, हामीकहाँ किटानी जाहेरी परेपछि पक्राउ गरेका हौँ ।”

यता गाउँपालिका अध्यक्ष भने चीन भ्रमणमा छन् । कार्यावाहक अध्यक्षको जिम्मेवारी कृष्णकुमारी दवाडीले सम्हालेकी छन् । कार्यावाहक अध्यक्ष दवाडी, प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटा र सूचना अधिकारी हरिलाल आचार्यसँगै छलफल चलिरहेका बेला कार्यालयमा तोडफोड भएको जनाईएको छ ।

रिहा गर्न कास्की कांग्रेसको माग

माछापुच्छ्रे गाउँपालिका वडा १ का वडाध्यक्ष वीरेन्द्र गुरुङ र तरुण दलका विपुल शर्मालाई पक्राउ गरिएकोमा नेपाली कांग्रेस कास्कीले गम्भीर ध्यानाकर्षण जनाएको छ । कास्की कांग्रेसका कार्यवाहक सभापति आइबहादुर गुरुङले मंगलबार जारी गरेको विज्ञप्तिमा पक्राउ गरिएकालाई तत्काल बिनाशर्त रिहा गर्न माग गरेका छन् ।

 वडाअध्यक्ष वीरेन्द्र गुरुङ, अध्यक्षका प्रत्यासि उम्मेद्वार खुशीमान गुरुङ, वडा नं. ८ का प्रत्यासी वडाध्यक्षका उम्मेद्वार रामबहादुर गुरुङ, नेपाली कांग्रेस क्षेत्र नं. ३ का सहसचिव राजाराम पौडेल सहित ४०-५० जनालाई गाउँपालिका तोडफोड गरेको आरोप लगाइएकोमा आपत्ति जनाइएको छ ।

‘माछापुच्छ्रे गाउँपालिकाका गतिविधिप्रति काँग्रेसका तर्फबाट ध्यानाकर्षण गराउदा बेवास्ता गरेपछि भदौ २५ गते सूचनाको हक सम्बन्धी संविधान प्रदत्त अधिकार प्रयोग गरी निवेदनसहित साथीहरु गाउँपालिका गएको’ विज्ञप्तिमा उल्लेख छ ।

 गाउँपालिकाका अध्यक्ष दुई महिनाका लागि विदेश भ्रमणमा रहेकाले कार्यवाहक अध्यक्षको जिम्मेवारीमा रहेकी उपाध्यक्षलाई सूचनाको लागि आएको जानकारी दिदा सभाहलमा बस्न भनेको र ३ घण्टा बढी कुर्दा पनि नआएपछि पुनः बोलाएर छलफल गरी सात दिनभित्र गाउँपालिकाका सम्पूर्ण सूचना उपलब्ध गराउने भनी सहमतिका साथ छलफल टुंगिएको विज्ञप्तिमा जनाइएको छ ।

तर, दुई दिनपछि एकाएक गाउँपालिका कार्यवाहक अध्यक्षको नामबाट माछापुच्छ्रे गाउँपालिकामा तोडफोड भएको भन्दै राजनीतिक प्रतिशोध लिइएकोप्रति विज्ञप्तिमा गम्भीर आपत्ति प्रकट गरिएको छ ।
     

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ३१, २०७६  १९:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro