site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कास्कीमा साझा पार्टीको उमेदवार को ? संयोजक घोषणा, चुनावको तयारी
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
SkywellSkywell

पोखरा । मंसिर १४ को उपनिर्वाचन नजिकिँदै गर्दा कास्कीमा चुनावकेन्द्रित गतिविधि पनि उत्तिकै बढेका छन् । २०७४ को चुनावले कास्की २ मा मुख्य प्रतिष्पर्धी हालको सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी कांग्रेस नै रहेको देखाउँछ ।  २०७४ को निर्वाचनमा यो क्षेत्रबाट मतसंख्याको आधारमा तेस्रो रहेको साझा पार्टी (तत्कालीन साझा विवेकशील) ले पनि शनिबार पोखरामा कास्की जिल्ला र महानगर संयोजक घोषणा गरेको छ । 

पार्टीका केन्द्रीय संयोजकदेखि सदस्य र विभिन्न संगठनका पदाधिकारीहरु उपस्थित संयोजक घोषणा कार्यक्रम भएता पनि माहोल भने उमेदवारको विषयमा गर्मियो ।

कारण, शनिबार मात्रै सोही कार्यक्रममा पोखरा विश्वविद्यालयका उपप्रशासक तथा नेपाली कांग्रेसकोे शुभेच्छुक संस्था प्रजातन्त्रवादी कर्मचारी संघका केन्द्रीय उपाध्यक्ष समेत रहिसकेकी रजनी केसी साझा पार्टीको सदस्यता लिएकी छन् ।

KFC Island Ad
NIC Asia

केसीले शुक्रबार सामाजिक सञ्जालमा ‘मैले विगत लामो (करिब २५ वर्ष भन्दा पनि बढि) देखिको कांग्रेस पार्टीसँगको आबद्धता स्वेच्छाले आजैका मिति (२०७६–०५–२७) त्याग गरेको घोषणा गर्दछु’ लेखेर कांग्रेस त्यागेको घोषणा गरेकी छन् भने पोखरा विश्वविद्यालयबाट पनि राजीनामा दिएको घोषणा गरेकी छन् ।
साझा पार्टी प्रवेशपूर्व उनले सामाजिक सञ्जालमा लेखेका विषयलाई लिएर अनेक टिकाटिप्पणी पनि भएका छन् । 

शनिबार साझा पार्टीको सदस्यता लिएपछि उनलाई नै पार्टीले आउँदो उपनिर्वाचनको उमेदवार बनाउने समेत चर्चा चल्यो । 

के उमेदवार बन्नकै लागि पार्टी प्रवेश गर्नुभएको हो त ? भन्ने प्रश्नमा उनले भनिन्, “उमेदवार म जताबाट पनि बन्न सक्थेँ, पार्टीमा नै जानुपर्ने थिएन, म पूर्णकालीन रुपमा सामाजिक सेवामा अभियन्ताको रुपमा लाग्नको लागि हो ।”

यद्यपी पार्टीले आधिकारिक निर्णय गरेको खण्डमा उनले उमेदवार बन्न सक्ने संकेत गरिन् । 

“पार्टी प्रवेशलाई मात्र आधार मान्ने कुरा चाहिँ भएन, तर, पार्टीले उठाउँछ भने त्यो पनि सम्भावना छ,” उनले भनिन् ।

पार्टीका गण्डकी प्रदेश संयोजक महेश भण्डारीका अनुसार साझा पार्टीले स्थानीयलाई नै उमेदवार बनाउने छ । केसीलाई उमेदवार बनाउने विषयमा सामान्य छलफल भएको उनले बताए । “स्थानीय उमेदवार नै उठाउने हो, तर दोस्रो चरणको कुनै छलफल भएको छैन,” उनले भने ।

कास्कीमा अर्जुन, महानगरमा मनकाजी

साझा पार्टीले कास्की जिल्ला संयोजकमा अर्जुनप्रसाद खनाल र पोखरा महानगरपालिका संयोजकमा मनकाजी गुरुङलाई तोकेको छ । उनीहरुलाई साझा पार्टीका केन्द्रीय संयोजक रवीन्द्र मिश्र र गण्डकी प्रदेश संयोजक महेश भण्डारीले संयुक्त रुपमा माटोको टिका लगाएर जिल्ला र महानगर संयोजक घोषणा गरेका थिए ।
साझा पार्टीको जिल्ला संयोजक घोषणा भएसँगै खनालले जिल्लाका सबै गाउँपालिकाहरुमा संगठन विस्तार अभियानलाई तिव्रता दिने बताए । “पार्टीको संगठनलाई स्थानीयस्तरबाटै बलियो बनाउने कुरा मेरो प्राथमिकता रहनेछ । र, पार्टीले दिएको यो जिम्मेबारीलाई मैले सफलतापूर्वक निभाउन प्रयास गर्नेछु,” खनालले भने ।

साझा पार्टीको कास्की जिल्ला संयोजक बनेका खनाल राजनीतिशास्त्रमा स्नातकोत्तर हुन् । कानुनको विद्यार्थी समेत रहेका खनाल युवा व्यवसायी पनि हुन् । उनी एक इन्भेष्टमेन्ट कम्पनीका अध्यक्षको रुपमा कार्यरत छन् भने आफ्नै लगानीमा होटल संचालन गरिरहेका छन् । उनी सामाजिक अभियन्ताको रुपमा लामो समयदेखि संलग्न छन् ।

त्यस्तै, साझा पार्टीको पोखरा महानगर संयोजक बनेका गुरुङले नजिकिँदै गरेको उपनिर्वाचन भन्दा अगाडि नै महानगरका प्रत्येक वडामा संगठन विस्तार गरिसक्ने प्रतिबद्धता जनाए । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २९, २०७६  ०५:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro