site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रहरीको अप्रेसन ‘सिउड’मा पक्राउ परेका रतन संघाई सार्वजनिक
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad
काठमाडौं । लागूऔषध एम्फेटामाईन बनाउन प्रयोग हुने रसायन अन्तर्राष्ट्रिय लागूऔषध तस्करलाई निर्यात गरेको अभियोगमा पक्राउ परेका संघाई ग्रुपका रतन संघाईलाई प्रहरीले सार्वजनिक गरेको छ । 
प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले आइतबार पत्रकार सम्मेलनमार्फत ४ सय ९२ किलो एम्फेटामाईन बनाउन प्रयोग हुने ‘केमिकल’सहित सार्वजनिक गरेको हो ।
संघाई ग्रुपले औषधी व्यवस्था विभागबाट करिव ४ वर्ष पहिला बाराको जितपुरमा आर्यान फर्मा ल्याब खोलेको र उक्त फर्मामार्फत विभिन्न देशमा लागूऔषधमा प्रयोग हुने ‘केमिकल’ तस्करी गर्ने गरेको ब्यूरोका डीआईजी जयबहादुर चन्दले बताए । 
संघाईको फर्मामा उत्पादन गरेको ४ सय ५२ किलो ‘प्रिकर्सर’ नामक सहायक रसायन ब्यूरोले ललितपुरस्थित रतन संघाईको प्लाष्टिक गोदाममा लुकाएर राखेको अवस्थामा फेला पारेको डीआईजी चन्दले बताए । 
ब्यूरोका अनुसार बरामद ‘केमिकल’ निर्यात गर्ने कम्पनी पवन संघाईको नाममा छ । उनले लामो समय देखि यसरी अवैध तरीकाले यो रसायन चीन, अष्ट्रेलिया, हुँदै बर्मा पुर्याउने गरेका थिए ।
संघाई गु्रपले यस्तो रसायन नेपालको काकडभिट्टा, सिक्कीम हँुदै चीन र अष्ट्रेलिया निर्यात गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।  उनीहरूले बर्मा पुर्याएको केमिकलबाट लागूऔषध एम्फेटामाईन बनाउने र उक्त लागूऔषध विश्वबजारमा फैलाउने गरेको प्रहरीको भनाई छ । 
डीआईजी चन्दले भने,“हामी अनुसन्धानको क्रममा छौं । लहरो तान्दा पहरो आउने अवस्था छ ।”
प्रहरीले पबन संघाईका भाई रतन संघाई, उनका सहयोगी बिरगंजका मोहीत घलान, दिलीप पण्डितलाई पनि सार्वजनिक गरेको छ ।  तर आर्यान फर्मा ल्याबका संचालक पबन संघाई भने फरार छन् । फरार संघाईको खोजी भईरहेको प्रहरीले जनाएको छ । 
संघाईको फर्मा ल्याबले गर्नै नहुने काम गरेको औषधी ब्यवस्था विभागका अधिकृत गोरख डीसीले बताए । “यस्तो खालका रसायान ल्याएर अन्य औषधी उत्पादन गर्ने अनुमति भए पनि यसरी विना लेवल यस्तो अवस्थामा औषध बनाएर विदेश सप्लाई गर्न मिल्दैन,” उनले भने,“अब संघाईको फर्मा र उनले उत्पादन गरेको सबै औषधीहरू बन्देज हुन्छन् ।” 
प्रहरीका अनुसार संघाईले सञ्चालन गरेको फर्माले यो वर्ष मात्र २० करोडको औषधी उत्पादन गर्ने ठेक्का पाएको छ । सरकारले उनको फर्मालाई उत्कृष्ट घोषणा समेत गरेको प्रहरीको भनाई छ । 
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १६, २०७३  १७:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro