site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कास्कीमा कांग्रेसको केन्द्रीय समिति उपस्थित, उपनिर्वाचनको तयारी !
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
SkywellSkywell

पोखरा । सरकारले आगामी मंसिरमा देशभरका रिक्त स्थानमा उपनिर्वाचन गर्ने तयारी गरेको छ । देशभर रिक्त स्थानमध्ये सबैभन्दा बढी चर्चा कास्की प्रतिनिधीसभा निर्वाचन क्षेत्र नं. २ को छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधीसभामा निर्वाचन हुने क्षेत्र कास्की मात्रै हो । यस क्षेत्रबाट निर्वाचित तत्कालीन नागरिक उडड्यन पर्यटन तथा संस्कृतिमन्त्री रविन्द्र अधिकारीको गत फागुन १५ गते ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परेर निधन भएको थियो ।

त्यसकारण उपनिर्वाचनमा देशको सम्पूर्ण ध्यान कास्की २ मा केन्द्रित छ । निर्वाचनमा यसअघि झैँ सत्तासीन नेकपा र प्रतिपक्षी कांग्रेसकै प्रतिष्पर्धा हुने आंकलन गरिएको छ । यद्यपी दुवै दलबाट उम्मेदवारका आकांक्षी देखिए पनि टिकट कसले पाउँछ त्यो भने निश्चित छैन् ।

उपनिर्वाचनको घोषणासँगै सत्तासीन र प्रतिपक्षी दुवै दलले आन्तरिक तयारी भने गरेका छन् । सोही क्रममा शुक्रबार कास्कीमा कांग्रेसका सभापतिसहितका शीर्ष नेताहरु पोखरा आएका छन् । नेपाली कांग्रेसको गण्डकी प्रदेशस्तरीय महाधिवेशन प्रतिनिधीको प्रशिक्षण कार्यक्रम भनिए पनि यसलाई उपनिर्वाचनको तयारीमा बुझिएको छ । कांग्रेस नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सहभागी कांग्रेस सभापति शेरबहादुर देउवाले आउँदो उपनिर्वाचनमा एकजुट भएर कांग्रेस उम्मेदवारलाई जिताउन कार्यकर्तालाई निर्देशन दिएका छन् ।

KFC Island Ad
NIC Asia

“टिकट एकजनाले पाउँछ तर उसलाई कांग्रेस एकजुट भएर सघाउँछ, जसरी भए पनि चुनाव जित्नुपर्छ” उनले भने । देउवाले कांग्रेसजनहरु एक भएर लाग्ने हो भने कसैले चुनाव हराउन नसक्ने बताए । गत सालको चुनावमा एमाले र माओवादी दुई पार्टी मिलेर एक बन्दा कांग्रेस भने एक पार्टी नै दुईवटामा विभाजित भएको र अब त्यसको अन्त्य उपनिर्वाचनसँगै हुने घोषणा गरे ।

“उपनिर्वाचनमा कांग्रेस दुईपार्टी जस्तो हुनु भएन । कम्युनिष्टको दुई पार्टी एउटा जस्तो देखिएको छ, तर, सिंगो कांग्रेस दुईवटा जस्तो देखिएको छ, अब कुनै पनि हालतमा दुई पार्टी जस्तो हुनु भएन। चुनावमा टिकट एउटाले पाउँछ, टिकट पाउनेलाई हराउने काम गर्न पाइदैन । चुनावमा सबै एक भएर लाग्नुपर्छ,” उनले भने ।

उनले कास्कीमा कांग्रेस उमेद्वारलाई जिताएर कांग्रेसमा एकताको सन्देश दिनुपर्नेमा जोड दिए । कास्कीबाट कसलाई उठाउने भन्ने निर्णय भने कांग्रेसले गरिसकेको छैन । गत चुनावमा कम्युनिष्ट पार्टीले कहिल्यै पूरा नहुने नारा अघि सारेर झुठको राजनीति गरेको कुरा अहिले आएर जनताले बुझिसकेको भन्दै उनले आगामी दिनमा त्यस्ता झुठा नाराको पछाडि नलाग्न मतदाताहरुलाई आग्रह गरे ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विगतको प्रशिक्षणले कांग्रेस पहिलो पार्टी बनेको स्मरण गर्दै अबको प्रशिक्षणको चुनौती पनि पहिलो पार्टी कसरी बन्ने भन्नेमा केन्द्रित रहेको बताए । उनले झुठको खेती गर्ने पार्टीलाई मतदान गरेर गल्ती भएको कुरा अहिले आएर जनताले महसुस गरेको उल्लेख गरे । 

सैद्धान्तिक रुपमा कांग्रेस विजयी भएको बताउँदै पौडेलले कांग्रेसको जितको लागि देउवा र पौडेलभन्दा पनि नेपाली कांग्रेसलाई बलियो बनाउनुपर्ने बताए । पार्टीका लथालिङ्ग भातृसंगठनको समयमा नै निर्वाचन गर्नुपर्ने, १४ औँ महाधिवेशन समयमा नै गर्नुपर्ने र एकताको सन्देश दिनुपर्ने उनको भनाई थियो ।

कार्यक्रममा कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले कांग्रेसले आफ् एजेण्डाहरुलाई स्पष्ट साथ लिएर जनतामाmभ गएमा भोलिका दिनमा कांग्रेसलाई कसैले हराउन नसक्ने बताए ।
प्रशिक्षण कार्यक्रम उद्घाटनका अबसरमा कांग्रेसका पूर्व उपसभापति गोपालमान श्रेष्ठ, पूर्व महामन्त्री तारानाथ रानाभाट, केन्द्रीय सदस्य कमला पन्त, नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीलगायतले पार्टी एकतामा जोड दिएका थिए ।

प्रशिक्षण कार्यक्रममा प्रतिष्ठानका प्रमुख एवं उपसभापति विमलेन्द्र निधिलगायत दर्जनभन्दा बढी केन्द्रीय सदस्यहरुको उपस्थिति थियो । प्रशिक्षणमा गण्डकी प्रदेशमा ११ जिल्लाका करिब ३५० जनाको सहभागी थिए ।

कांग्रेसको सांगठनिक संरचना र विधान, पार्टीका महत्वपूर्ण प्रस्ताव र आर्थिक आधार लगायत वर्तमान सरकारको मूल्यांकन, जनतासंग संवाद र सम्पर्ककाबारेमा प्रशिक्षण दिइने कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोत्तम दाहालले बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ३१, २०७६  १८:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro