site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बुद्धिजीवीप्रति ओलीको टिप्पणी – देशका बारेमा लेख्नुस्, दलाली नगर्नूस् !
SkywellSkywell

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले बुद्धिजीवीहरूलाई कटाक्ष गरेका छन् । विशेषगरी मेची–महाकाली अभियानका क्रममा राजविराज घटनामा बुद्धिजीवीले विषय बुझ्दै नबुझी प्रतिक्रिया दिएको भन्दै उनले आक्रोश व्यक्त गरेका हुन् ।
“बुद्धिजीवीहरूले विषय बुझ्दै नबुझी प्रतिक्रिया दिएका छन्, कतिपयले नजानू भने पनि किन गएको त भने,” मंगलबार काठमाडौँमा अभियानमा सहयोग पुर्याउनेहरूको सम्मानमा आयोजित कार्यक्रममा उनले भने, “क्षेत्रीय, जातीय पार्टी खोल्नेहरूले विद्वेष उत्पन्न गराएका हुन्, एमालेले होइन ।”
उनले पढेलेखेका बुद्धिजीवीहरूलाई ‘श्रीमान् गम्भीर नलेख्न सुझाव दिँदै ‘यो नेपाली शिर उचाली..’ लेख्न सुझाव दिए । बुद्धिजीवी भावनामा देशभक्ति प्रतिविम्बित हुनुपर्ने उनको आशय थियो ।

कांग्रेसले लाज पचायो
कार्यक्रममा उनले कांग्रेसप्रति पनि आक्रोश व्यक्त गरे । कांग्रेस सभापति शेरबहादुर देउवाको नामै किटेर उनले भने, “आज बिहान पनि पत्रपत्रिका पढिहाल्नु भयो होला, कांग्रेस सभापतिले एमालेका कारण देश अनिर्णयको बन्दी बन्यो भनेछन् !”
उनले थपे, “उहाँले बुझ्दै बुझ्नु भएको छैन कि बुझीबुझी बुझ पचाइरहनुभएको छ, यदि नबुझ्नु भएको छ भने एमालेसँग कक्षा लिन आउनुहोस् ।”
उनले सबै शक्ति मिलेर एमालेलाई एक्ल्याउन खोजेको र त्यसमा पनि अझ केपी ओलीलाई एक्लै पार्न खोजिएको भन्दै त्यस्तो उद्देश्य पूरा नहुने जिकिर गरे ।
उनले तराजुको प्रसंग निकाल्दै एक किलोको चारवटा ढक हाल्नुभन्दा पाँच किलोको एउटै ढकको वजन बढी हुने दृष्टान्त पस्किए ।
उनले सबै दल / पार्टीसँग बहस गर्न आफूहरू तयार रहेको बताए । राष्ट्रियता, सामाजिक सद्भावका विषयमा एमालेले लिएका नीतिका बारेमा धेरै टिकाटिप्पणी भएको आशय व्यक्त गर्दै उनले भने, “यस विषयमा हामी सबैसँग बहस गर्न तत्पर छौँ– सामाजिक सद्भाव, राष्ट्रिय एकताको विषयमा तपाईंहरूको धारणा के हो ?”
उनले सरकारले केही दिनअघि परराष्ट्र मामिला मिलाउन एमालेसँग मान्छे मागेको प्रसंग निकाल्दै एमालेले बोकेको नीतिलाई नै राष्ट्रिय नीति बनाउन आग्रह गरे । “हाम्रा दस्तावेज पढ्नूस्, नभए अघिल्लो सरकारले ल्याएको बजेट, नीति तथा कार्यक्रमको पाना पल्टाए हुन्छ, देशको नीति त्यही बनाए हुन्छ,” उनको जिरह थियो ।

KFC Island Ad
NIC Asia

महान्यायाधिवक्ताले पार्टीको झन्डा बोके !
उनले महान्यायाधिवक्ता रमण श्रेष्ठले खुलेआम पार्टीको झन्डा बोकेर हिँडेको र सरकार तथा निर्वाचन आयोगलाई गलत सल्लाह दिएको आरोप लगाए । “जे मन लाग्यो त्यही सल्लाह दिएको छ, आफूले भनेका न्यायाधीश आएनन्, आफूले भनेको हुँदैन भनेर बेञ्च राख्न दिएको छैन,” उनले थपे, “यो स्वेच्छाचारिताको नमुना हो ।”

अर्काको विधान किन फेरियो ? 
महान्यायाधिवक्ताकै गलत सल्लाहका कारण निर्वाचन आयोगले राप्रपाको विधानबाट ‘हिन्दू राष्ट्र’ र ‘राजसंस्था’मा कैँची लगाइएको जिकिर ओलीको थियो । उनले प्रश्न गरे, “दलको विधान फेर्ने अधिकार निर्वाचन आयोगलाई कसले दियो ?”

Royal Enfield Island Ad

निर्वाचन आचारसंहिताको गम्भीर उल्लङ्घन
एमाले अध्यक्ष ओलीले सरकारले जथाभावी रकमान्तर गरेको भन्दै यो निर्वाचनको आचारसंहिता विपरीत भएको बताए । त्यस्तै, सरकारले सरुवा बढुवामा आँखा लगाएको, कर्मचारी सरुवा गरेको भन्दै उनले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न ध्यानाकर्षण गराए ।

दुई नम्बर प्रदेशमा जान्छौँ 
एमाले अध्यक्ष ओलीले मेची–महाकाली अभियान राजविराज घटनाबाहेक शान्तिपूर्ण तवरले समापन भएको भन्दै अब दुई नम्बर प्रदेशमा पनि जाने बताए । “हामी कसैले नजा भन्दैमा रोकिँदैनौँ, फरक कार्यक्रम लिएर दुई नम्बर प्रदेशमा जान्छौँ, एमाले जान्छ,” उनले भने ।

यस्तो बेलामा केको गुटबन्दी ?
एमाले अध्यक्ष ओलीले एमालेमा ‘सबैले मिलेर खाने अवसर’ आएको भन्दै कसैले कुनामा बसेर एक्लै खान नहुने धारणा राखे । यसको तात्पर्य पार्टीभित्र गुटबन्दीको आवश्यकता र औचित्य समाप्त भएको उनको जिकिर थियो । “यस्तो बेलामा गुटबन्दी गर्नुपर्दैन । कोही पछि पर्नुपर्ने, पछाडि पारिएको अवस्था नै छैन ।
कार्यक्रममा नेता माधव नेपालले पनि आफ्नो धारणा राखेका थिए । उनले पनि दुई नम्बर प्रदेशमा अभियान सञ्चालन गर्ने जिकिर गरे । “एमाले दुई नम्बर प्रदेशमा छिट्टै जान्छ । मेची–महाकाली अभियानले पार्टीमा नयाँ उत्साह सञ्चार गरेको छ,” उनको भनाइ थियो ।
त्यस्तै, महासचिव ईश्वर पोखरेलले पनि दुई–तीन दिनभित्रै दुई नम्बर प्रदेशको लागि नयाँ कार्यक्रम घोषणा गर्ने जानकारी दिए । 
कार्यक्रममा मेची–महाकाली अभियानमा केन्द्रीय प्रचार टिममा रहेर समाचार संकलन गर्ने सञ्चारकर्मी, स्वयम्सेवक, स्वास्थ्यकर्मी र अन्य सहयोग गर्नेहरूलाई प्रमाणपत्र र मायाको चिनो हस्तान्तरण गरिएको थियो ।

फाइल तस्बिर 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ८, २०७३  १४:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro