site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मेची–महाकाली अभियानः ओलीको बढ्दो ‘क्रेज’
SkywellSkywell

सुर्खेत । एमालेको मेची–महाकाली अभियान शनिबार सुर्खेत पुगेर विसर्जन भएको छ । पूर्वको मेची किनार झापाको काँकडभिट्टाबाट सुरु भएको अभियान पश्चिमी ढोका महेन्द्रनगरमा पुगेर टुंगिएको भए पनि शनिबार सुर्खेतमा ५० हजार बढीको ‘मास प्रदर्शन’ सहितको सभापश्चात एमालेले मेची–महाकाली अभियानको औपचारिक मैजारो गरेको हो ।
अभियानमा ५० लाख जनताको घरमा पुगेको र २५ लाख मानिसलाई सडकमा उतारेको एमालेको दाबी छ । त्यस्तै  २५ हजार व्यक्ति विभिन्न पार्टी परित्याग गरि एमाले प्रवेश गरेको एमालेले जानकारी दिएको छ ।
२१ फागुन अर्थात सुखानी सहिद स्मृति दिवसको सन्दर्भ पारेर सुरु गरेको अभियान सुर्खेतसम्म पुग्दा १२ दिन वितायो । १५ दिने अभियान भएता पनि  अभियानको तेस्रो दिन सप्तरीको राजविराजमा मधेसी मोर्चा र प्रहरीबीचको हिंसात्मक झडपपछि अभियान तीन दिन रोकियो । र, २७ फागुनदेखि हेटौंडाबाट पुनः सुरु भयो ।
अभियान अवधीमा काँकडभिट्टा, विर्तामोड, दमक, विराटचोक, इटहरी, इनरुवा, राजविराज, हेटौंडा, नारायणगढ, कावासोती, भूमही, भैरहवा, जीतपुर, लमही, नेपालगञ्ज, गुलरिया, राजापुर, टीकापुर, लम्की, धनगढी र महेन्द्रनगरमा विशाल ठूला सभा आयोजना ग¥यो भने उर्लाबारी, पथरी, बेलबारी, मनहरी, भण्डारा, रामापुर लगायतका स्थाना संक्षिप्त सभा आयोजना ग¥यो । त्यस्तै अभियानका क्रममा राजमार्गमा नपर्ने हुनाले सिंगो ६ नम्बर प्रदेशलाई समेट्ने गरी सुर्खेतमा सभा आयोजना ग¥यो ।
सुर्खेतमा जनसागर
काँकडभिट्टादेखि सुरु गरेको सभामध्ये रहरलाग्दो जनप्रदर्शन सुर्खेतमा भयो । हेटौँडा, चितवनको नारायणी नदी तट, भैरहवा, कञ्चनपुरको महेन्द्रनगरको सभा एमालेको ठूला सभा हुन् ।

तर, ६ नम्बर प्रदेशका लागि भनेर आयोजना गरेको सभा उल्लेखनीय रह्यो । सुर्खेतको वीरेन्द्रनगर सभामा प्रदेश नम्बर ६ अन्तर्गतका १० जिल्लाका मानिसहरू उपस्थित थिए ।
सभालाई एमाले अध्यक्ष केपी शर्मा ओली, एमाले वरिष्ठ नेता माधव नेपाल, महासचिव ईश्वर पोखरेल, केन्द्रीय नेताहरू प्रकाश ज्वालाले मन्तव्य राखेका थिए भने कार्यक्रममा अध्यक्षता प्रदेश कमिटीका संयोजक तथा एमाले उपाध्यक्ष युवराज ज्ञवालीले गरे । सभामा सहभागी हुन हुम्ला, जुम्ला, मुगु दैलेखदेखि तीन–चारदिनको बाटोसमेत हिँडेर सहभागीहरू आएका थिए ।

अन्य सभामा मधेसी मोर्चा र सरकारको नेतृत्व गरिरहेको पार्टी नेकपा (माओवादी) केन्द्रप्रति आक्रामक देखिने अध्यक्ष ओली सुर्खेत सभामा भने कांग्रेसप्रति आक्रामक देखिए । “सात सालको नेतृत्व गरेको कांग्रेस अहिले मोर्चाका चारजना नेता देख्दा तर्सन्छ,” उनको कटाक्ष थियो । त्यसअघि कञ्चनपुरको सभामा पनि कांग्रेस भैँसी जत्रो भए पनि बाख्राको जति पनि भारी नबोक्ने भन्दै छेडखाड गरेका थिए । 

KFC Island Ad
NIC Asia

सुर्खेत सभामै अध्यक्ष ओलीले थपे, “एमाले नजिक देख्ने टाढा नदेख्ने पार्टी होइन ।” उनले आँखा नदेख्दा पो चस्मा लगाउन मिल्छ, दिमागले नदेख्ने भएपछि के लगाउनू भन्दै व्यंग्य गरेका थिए । सुर्खेतको तीन निर्वाचन क्षेत्रबाट एमालेले ०७० को निर्वाचनमा एक स्थान पनि जितेको थिएन । सन्निकट चुनावलाई लक्षित गरेर उनले कांग्रेसप्रति रिस प्रकट गरेका हुन सक्ने आकलन गरिएको छ ।

एमाले अध्यक्ष ओलीको बढ्दो क्रेज
गत साउन २० गते सत्ता बहिर्गमनपश्चात एमाले अध्यक्ष ओलीको राष्ट्रियताको छवि उकासियो । र, त्यो यस्तै सभामार्फतै अभिव्यक्त भइरहेका छन् । सुर्खेतको शनिबारको प्रदर्शन अभियानमध्येकै ठूलो सभा हो । सिमांकन हुनुअघि सुर्खेतमा ठूला प्रदर्शन भएका थिए । र, त्यसको नेतृत्व पनि एमालेले नै गरेको थियो । त्यसक्रममा उठेको आन्दोलनमा तीनजना सुर्खेतमा र एकजना जुम्लामा गरी चारजनाको ज्यानसमेत गयो ।

Royal Enfield Island Ad

अहिले पाँच नम्बर प्रदेश टुक्र्याउनु हुँदैन भनेर उठेको आन्दोलनको अग्रपंक्तिमा पनि एमाले नै रह्यो । संविधान संशोधन प्रस्ताव कुनै पनि हालतमा पास हुन दिँदैनौँ  भन्ने अध्यक्ष ओलीको अडानको भावनात्मकता जनतासँग जोडिएकाले अहिले एमालेको सभामा चउर भरिन थालेका छन् ।

त्यसमध्ये पनि एमाले अध्यक्ष ओलीको पछिल्ला अभिव्यक्तिले हिमाल–पहाडमा एमालेप्रतिको आकर्षण बढ्को छ । चितवन पश्चिमका सभाहरू यो भन्दा त्यो ठूलो र त्यो भन्दा यो ठूलो हुनु त्यसैको कारण भएको एमाले नेताहरूको बुझाई छ ।

भूमही, जीतपुर, टीकापुर, लम्की लगायत केही ठाउँका सभामा अध्यक्ष ओली नआउने सुइँको पाए पछि कतिपय सहभागी कार्यक्रम सकिनुअगावै उठेर हिँडे ।
दुई नम्बर प्रदेशमा के गर्ला ?
राजविराज प्रकरण पछि दुई नम्बर प्रदेशमा एमालेले अभियान कसरी लैजान्छ भन्ने आम मानिसको चासोको विषय बनेको छ । एमाले वरिष्ठ नेता माधव नेपाल रूप फेरेर अभियान लैजाने दाबी गर्छन् । बिहीबार र शनिबारको सभामा उनले मधेसमा अभियान नरोकिने र स्वरुप फेरेर जनताका बीचमा जाने बताए ।

त्यसका लागि एमालेका नेताहरु ‘पर्ख र हेर’को अवस्थामा छन् । त्यस्तै एमाले सचिव एवम् प्रचार विभाग योगेश भट्टराईले जिल्लापिच्छे भन्दा एकीकृत सभा आयोजना गर्ने जानकारी दिए । अभियानकै क्रममा उनले जनकपुरमा पाँचलाख भन्दा बढी मानिस उतारेर सभा गर्ने जानकारी दिएका थिए ।


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ६, २०७३  ०८:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro