site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
फिल्म सिटी अत्यावश्यक भइसक्यो : चलचित्रकर्मी, भर्खर जग्गा पाइयो : विकास बोर्ड

काठमाडौं । चलचित्र निर्माता तथा निर्देशकहरूले नेपालमा चलचित्र छायाङ्कनका लागि चलचित्र नगरी (फिल्म सिटी) आवश्यक रहेको बताएका छन् । चलचित्र छायाङ्कनका लागि सेट लगाउने ठाउँको अभाव हुँदै गएको र त्यसको प्रभाव चलचित्र निर्माता तथा निर्देशकले भोग्नु परेकाले फिल्म सिटी आवश्यक भएको उनीहरूको भनाइ छ ।

विशेषगरी ‘इनडोर सुटिङ’ का दृश्य र इन्टेरियर (भित्री सजावट) को छायाङ्कन हुँदा फिल्म सिटीको अभाव महसुस हुने गरेको चलचित्रकर्मीको गुनासो छ । 

फिल्म निर्माता छविराज ओझा फिल्म सिटी आवश्यक भइसकेको बताउँछन् । “फिल्म सिटी भयो भने सेट लगाएर आरामले काम गर्न सकिन्छ,” निर्माता ओझा भन्छन्, “कसले घर देला र सुटिङ गरौंला भन्नुपर्ने अवस्था आउँदैन ।”

तर, फिल्म सिटीले बजेट भने बढाउने उनको भनाइ छ । प्रत्येक इन्टेरियर सेट लगाएर आफैं तयार गर्नुपर्ने हुँदा बजेट बढ्ने उनी बताउँछन् । “काठमाडौं घना भइसक्यो, सधैं काठमाडौंबाहिर गएर चलचित्र खिच्नुपर्ने अवस्था छ । बाक्लो बस्ती पनि चलचित्रको सुटिङका लागि बाधक भइसकेको छ ।”

घरभित्रको छायाङ्कन गर्नका लागि आफन्त तथा नातागोताकै भर पर्नुपर्ने विद्यमान अवस्थाको अन्त्यका लागि पनि फिल्म सिटीको आवश्यकता रहेको निर्देशक तथा निर्माता विकास आचार्य बताउँछन् । 

“इनडोर सुटिङका लागि हामी अहिले पनि नातागोता र आफन्तकै भर पर्नुपरेको छ,” आचार्य भन्छन्, “म चलचित्र विकास बोर्डको सदस्य हुँदा दोलखाको डाङ्डुगे डाँडामा फिल्म सिटी बनाउने भनेर प्रक्रिया अगाडि बढेको थियो । भूकम्पले गर्दा त्यो कुरा सेलायो, त्यसलाई तत्काल अगाडि बढाउनुपर्छ ।” 

निर्देशक तुलसी घिमिरे पनि नेपालमा फिल्म सिटी अत्यावश्यक भइसकेको बताउँछन् । “यहाँ चलचित्रकर्मीहरूबीच भेटघाट र केही कुराकानी गर्नुपर्यो भने कुनै निश्चित ठाउँ छैन । अन्तर्वार्ता लिनुपर्यो भने साझा स्टुडियो छैन,” निर्देशक घिमिरे भन्छन्, “भारतमा चलचित्रकर्मी र पत्रकारलाई भेट्न फिल्म सिटी गए पुग्छ । यहाँ अन्तर्वार्ता लिने ठाउँ पनि हुँदैन ।”

चलचित्र सेट लगाएर खिच्न सके राम्रो हुने भन्दै उनले नेपालमा पनि सरोकारवाला निकायले तत्काल फिल्म सिटी बनाउनुपर्नेमा जोड दिए ।
निर्माता सुनिल रावललाई पनि आफूनो चलचित्रको छायाङ्कनका क्रममा इनडोर सुटिङका लागि धेरै दुःख भोग्नुपरेको सम्झना छ । ‘होस्टेल’ चलचित्रको छायाङ्कनका क्रममा आफूले आधा दर्जन होस्टेलमा धाउनुपरेको स्मरण गर्दै उनी भन्छन्, “मन्त्रीको पावर लगाएर जाँदा पनि होस्टल छायाङ्कनका लागि ठाउँ नपाइएको मेरो आफ्नै अनुभव छ,” रावल भन्छन्, “मैले अनेक अनुरोध गरेर होस्टलमा इनडोर सुटिङ गरेको हुँ ।”

चलचित्रसँग सम्बन्धित सङ्घसंस्था तथा सरकारले फिल्म सिटी बनाउनुपर्ने उनको माग छ । “राज्य उदासीन छ । सरोकारवाला सङ्घसंस्था देखाउने दाँत मात्रै हुन्, यिनीहरूले केही काम गर्दैनन्,” निर्माता रावल भन्छन्, “म पर्यटन बोर्डमा खप्तडका सबै दृश्य चलचित्रमा देखाउँछु, त्यसले देशको पर्यटन प्रवद्र्धनमा सहयोग गर्छ भनेर गएँ, तर मलाई रित्तो हात फर्काइयो ।” रावलले ५० प्रतिशत मात्रै सहयोग गर्न आग्रह गर्दा पनि पर्यटन बोर्डले अस्वीकार गरेको गुनासो गरे । 

चलचित्र विकास बोर्डले फिल्म सिटी बनाउने कार्यक्रम अगाडि बढिसकेको जनाएको छ । “वन मन्त्रालयले चलचित्र विकास बोर्डको नाममा जग्गाको स्वीकृति दिइसकेको छ । अबको केही समयमा नै त्यो जग्गा बोर्डको नाममा आउँछ,” चलचित्र विकास बोर्डका सदस्य उत्तम केसीले भने, “तारबार लगाउने र पानीको काम भइसकेको छ । अब पर्खाल लगाएर घेर्ने र बिजुली पुर्याउने काम हुँदैछ ।” अब निर्माण कार्यले तीव्रता पाउने सदस्य केसीले बताए ।

के हो फिल्म सिटी ?

फिल्म सिटी भनेको एकीकृत फिल्म स्टुडियो हो, जहाँ रेकर्डिङ स्टुडियो, हल, बैठक कोठा, मन्दिर, बगैंचा, पोखरी र फिल्म सुटिङका लागि चाहिने पर्याप्त खुला ठाउँ समेत रहने गर्छ । यहाँ चलचित्र निर्माताहरूले चलचित्रको कथाअनुसार अस्थायी रूपमा पहाड, हिमाल, गाउँ, पिकनिक स्थल, झरना र अन्य विविध दृश्यहरूको संयोजन गर्छन् ।

भारतमा रामोजी फिल्म सिटी–हैदराबाद, मुम्बई फिल्म सिटी–मुम्बई, इन्नोभेटिभ फिल्म सिटी–बेंगलुरु, नोइडा फिल्म सिटी–नोइडा र एमजिआर फिल्म सिटी– चेन्नई आदि प्रमुख फिल्म सिटीहरू रहेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ४, २०७३  १५:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro