site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दाहाललाई ओलीको प्रश्न–तपाइँ षडयन्त्र गर्दै हुनुहुन्छ कि कसैको शिकार बन्दै ?
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad

कञ्चनपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले फेरि स्थानीय तहको संख्या बढाएर चुनाव टार्ने प्रयास गरेको बताएका छन् ।
मेची–महाकाली अभियानको समापनसहित कञ्चनपुरमा गरेको पत्रकार सम्मेलनमा उनले सरकारले फेरि स्थानीय तहको संख्या बढाएर सरकार चुनाव टार्ने प्रयास गरेको बताए ।
स्थानीय तहको संख्या बढाउने विषयमा सरकारले आफूसँग पनि कुराकानी गरेको उनले बताए । 
“राजनीतिक घटनाक्रम नियाल्ने हो भने कुनै पनि कुरा अघि बढ्न सकेको छैन,” उनले भने, “चुनावको घोषणा बाहेक सरकारले केही गर्न सकेन ।”
उनले थपे, “मैले आज विहान मात्रै फेरि पनि प्रधानमन्त्रीसँग कुरा गरेँ । उहाँ फेरि पनि स्थानीय तहको संख्या बढाउनुपर्छ भन्नेमा हुनुहुन्छ । मैले यो चुनाव हुन नदिने षडयन्त्र हो बुझिराख्नुस् भनेँ, यसले समाधान दिँदैन । मैले उहाँलाई भने–तपाईँ षडयन्त्र गर्दै हुनुहुन्छ कि कसैको शिकार बन्दै हुनुहुन्छ ?”
उनले नेपाली कांग्रेसलाई पनि प्रजातान्त्रिक आचरणको व्यवहार गर्न आग्रह गरे । “कांग्रेसमा कहाँ छ आचरण, म शेरबहादुर देउवाजीलाई सोध्न चाहन्छु,” उनले भने, “कांग्रेस कुहिराको काग बनेको छ । कांग्रेसको ध्यान जेठमा मात्रै छ ।”
उनले यो सरकार झैं लम्पसार परेको भए आफ्नै नेतृत्वको सरकार रहने जिकिर गरे । उनले यो सरकारमा जाने कुनै नीति नभएको पनि स्पष्ट पारे ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ४, २०७३  १०:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro