site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लुटपाट बिक्छ नेपाली चलचित्रमा !

काठमाडौं । केही वर्षयता नेपाली चलचित्रका विषयवस्तुमा विविधता देखिन थालेको छ । दर्शकको रूचीलाई ध्यानमा राखेर निर्माता÷निर्देशकले विषयवस्तुमा विविधता ल्याउने प्रयास गरिरहेको देखिन्छ । 

पछिल्लो समय नेपाली चलचित्रमा लुटपाटको विषयले पनि प्राथमिकता पाउन थालेको छ । नेपालमा अन्डरवल्र्ड ग्रुपले गर्नेजस्तो योजनाबद्ध लुटपाटका घटना खासै हुने नगरे पनि यो विषयले भने विस्तारै चलचित्रमा प्रवेश पाउन थालेको छ । यस्ता चलचित्र दर्शकले मन पराएका पनि छन् ।
४ वर्षअघि रिलिज भएको चलचित्र ‘लुट’ ले पहिलोपटक नेपालमा लुटपाटलाई प्रधान विषय बनायो ।  अहिले चलिरहेको यसकै सिक्वेल ‘लुट –२’ को पनि मुख्य कथा लुटपाटकै छ ।  

निर्देशक दीपेन्द्र के खनाल मानिसको मनोविज्ञानले नै चलचित्रको विषयवस्तु निर्धारण गर्ने बताउँछन् । “हामी एक्लै हुँदा अथवा कुनै बेला बाटोमा एक्लै हिँडिरहेका बेला एक बोरा पैसा भेट्न पाए म यस्तो गर्थें उस्तो गर्थें भन्ने सोचिरहेका हुन्छौं । यो सोच अधिकांश व्यक्तिमा हुन्छ । यही मनोविज्ञानका कारण पनि पैसा र लुटपाटको विषयले नेपाली चलचित्रमा प्रवेश पाएको हुनुपर्छ,” उनी भन्छन् ।

छोटो समयमा नै बिनामेहनत पैसा जम्मा गरेको देख्दा दर्शकलाई ‘फेन्टासी’ लाग्छ भनेर पनि यो विषय उठान गरिएको हुन सक्ने निर्देशक खनाल बताउँछन् । 

प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘लप्पन छप्पन’ को ट्रेलर हेर्ने हो भने पनि यो चलचित्र छोटो समयमा धेरै पैसा कसरी कमाउने भन्नेमै केन्द्रित देखिन्छ । तर, यसका निर्देशक मुकुन्द भट्ट भने चलचित्रको कथा लुटपाट नभएको बताउँछन् ।

तर, चलचित्र पैसाकै वरिपरि घुम्ने उनले जानकारी दिए । आफ्नो चलचित्रले नेपालको नभएर विदेशको कथा समेटेको बताउने भट्ट भन्छन्, “चलचित्रको कथा फिक्सन भएकाले सबै सत्य नै हो र यसलाई फलो गर्नुपर्छ भन्ने छैन । तर, चलचित्रको प्रभाव भने समाजमा पर्छ ।” चलचित्रको कथा धेरै काल्पनिक पनि हुने भएकाले त्यसलाई जस्ताको तस्तै फलो नगर्न निर्देशक भट्ट आग्रह गर्छन् । 
केही समयअघि प्रदर्शित चलचित्र ‘जात्रा’ को कथालाई लुटपाटको कथा भन्न नमिले पनि यसमा पनि पैसा र त्यसको व्यवस्थापनलाई विषय बनाइएको छ । ‘जात्रा’का निर्देशक प्रदीप भट्टराई चलचित्रले समाजमा नराम्रो सन्देश दिनु हुँदैन भन्छन् ।

“जात्रामा हिरोलाई बैंक लुटाउने कि भन्ने कुरा पनि कथा लेख्दा दिमागमा आएको थियो । तर, नकारात्मक सन्देश दिन हुँदैन भन्ने लाग्यो,” भट्टराईले भने, “चलचित्रमा खलनायकले गरेको कुरा मान्छेले सिक्दैन तर हिरोले गरेको कुरा सिक्न पनि सक्छन् भनेर मैले बैंक लुटाउनु भन्दा नकारात्मक सन्देश नजाओस् भनेर पैसा भेट्टाएको कथा लेखेको हुँ ।” चलचित्रले सकेसम्म सकारात्मक सन्देश दिन सक्नुपर्नेमा उनको जोड छ । 

लुटपाटलाई आफ्नो चलचित्रमा उठान गरेका निर्देशक निश्चल बस्नेत भने पत्रपत्रिकामा आएका समाचार र युट्युब भिडियोबाट आफूले ‘लुट’मा त्यस्तो विषय चयन गरेको बताउँछन् । “चलचित्र मनोरञ्जनका लागि हो भनेर सोच्ने हो भने चलचित्रमा समावेश गरिने यस्ता विषयले नकारात्मक असर गर्छ भन्ने लाग्दैन,” निर्देशक बस्नेत भन्छन्, “फिल्म हेरेर त्यही भएका यस्ता घटनालाई व्यवहारमा लागु गर्ने व्यक्ति त क्रिमिनल माइन्डकै हुनुपर्छ, सामान्य व्यक्तिले यसो गर्न सक्तैन ।”

चलचित्रलाई मनोरञ्जनका लागिमात्रै लिनुपर्छ र राम्रो सन्देशका लागि लिनुपर्छ भन्ने बस्नेत भन्छन्, “यही भएर त हो, अधिकांश चलचित्रमा हत्या हिंसाका घटना हुन्छन् । तर त्यो हेरेर त्यहाँ भएको दृश्य अनुसारकै घटना गर्नुपर्छ भन्ने होइन ।”
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ४, २०७३  ०१:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro