site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
जडीबुटी नेपालको उपचार पद्धति : सभामुख महरा

दाङ । सभामुख कृष्णबहादुर महराले स्थानीय जडिबुटी नेपालको उपचार पद्धति भएको बताएका छन् ।

बुधबार दाङको तुलसीपुरमा भएको आयुर्वेद सम्बन्धी अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन सभामुख महराले पछिल्लो समय आधुनिक प्रविधिबाट विभिन्न रोगहरुको उपचार गरिए पनि नेपालकै इतिहासमा स्थानीय उत्पादनका जडिबृटिबाट नै उपचार गरिने गरेको बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेपानलमा धेरै सम्भावना भएकाले त्यस्को अनुसन्धान गरी आयुर्वेद संस्थान अगाडि बढ्नेमा उनले विश्वास व्यक्त गरे ।

सभामुख कृष्णबहादुर महराले बुधबार नै तुलसीपुर उपमहानगरपालिका-१९ मा पर्ने तत्कालीन जनमुक्ति सेनाको ब्यारेकको स्थलगत निरीक्षण गरेका छन् । सो अवसरमा सभामुख महराले अब यस ऐतिहासिक ब्यारेकस्थलको विकास हुनु जरुरी रहेको वताए । 

सभामुखले स्थानीय, प्रदेश र केन्द्र सरकारबाट बजेटको व्यवस्थापन गर्न आफूले पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । त्यस अवसरमा स्थानीय संक्रामवासीले सडक, बिजुली टेलिफोन र खानेपानीको समस्या भोग्नुपरेको भन्दै व्यवस्थापन गर्न माग गरेका थिए ।


 

प्रकाशित मिति: बुधबार, असार १८, २०७६  १८:४२
प्रतिक्रिया दिनुहोस्