टीकापुर । कैलालीको टीकापुरमा कडा सुरक्षा घेराबीचमा नेकपा एमालेले मेची–महाकाली यात्रा अन्तर्गतको सभा जारी राखेको छ । सशस्त्र प्रहरीले चारैतिरबाट कडा सुरक्षा दिएको छ ।
बीच बीचमा जनपथ प्रहरी पनि रहेका छन् भने सभास्थल वरिपरीको सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ ।
दुईवर्ष अघि टीकापुरमा भएको हिंसात्मक झडपमा नेपाल प्रहरीका एसपी लक्ष्मण न्यौपानेसहित धेरैको हत्या भएको थियो । उल्लेख्य थारु समुदाय रहेको क्षेत्रमै नेकपा एमालेले सभा जारी राखेको छ ।
थरुहट तराई पार्टीले बन्दको आह्वान गरे पनि प्रभाव भने कमै परेको छ ।
सभालाई नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल, भीम रावल लगायतका नेताले सम्बोधन गर्नेछन् । अध्यक्ष केपी शर्मा ओली भने मंगलबार नेपालगन्जमा भएको सभा सकेर काठमाडौं फर्किसकेका छन् ।