site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
किन चम्किँदैछन् वैदेशिक रोजगार विषयका चलचित्र ?

काठमाडौं । वैदेशिक रोजगारी कतिपय नेपालीका लागि अवसर हो भने कतिपयलाई बाध्यता । दैनिक एक हजारभन्दा बढी नेपाली युवा वैदेशिक रोजगारीका लागि त्रिभुवन विमानस्थलबाट उडिरहेका छन् । 

वैदेशिक रोजगारीका राम्रा-नराम्रा दुवै पक्ष छन् । पछिल्लो समय चलचित्रकर्मीहरुले वैदेशिक रोजगारीलाई विषय बनाएर चलचित्र बनाउने क्रम बढेको छ र यस्ता चलचित्रले राम्रो व्यापार पनि गरेका छन् । 

तुलसी घिमिरेको ‘लाहुरे’ देखि दीपाश्री निरौलाको ‘छक्का पञ्जा’ सम्मको ट्रेन्ड हेर्दा वैदेशिक रोजगारीको कथालाई दर्शकले मन पराएको देखिन्छ ।  ‘गोरखा पल्टन’ र ‘परदेशी’ ले पनि दर्शकको मन जिते । अधिकांश नेपालीसँग जोडिएको विषय भएकाले यस्ता चलचित्र दर्शकले मन पराएको निर्देशक तथा वितरकहरू बताउँछन् । 

नेपालबाट ‘लाहुर’ जाने परम्परालाई समेटेर बनाइएको ‘लाहुरे’, ‘गोरखा पल्टन’ र ‘परदेशी’ राम्रो व्यापार गरेका चलचित्र हुन् । पछिल्लो समय प्रदर्शनमा आएको चलचित्र ‘छक्का पञ्जा’ ले भने वैदेशिक रोजगारीलाई लाहुरे परम्पराको भन्दा फरक तरिकाले समेटेको थियो । 
‘छक्का पञ्जा’ लामो समयपछि नेपालमा थिएटरमा सय दिन मनाउने चलचित्र हो । यही चलचित्र हो, जसले नेपालमा पहिलोपटक मल्टिप्लेक्समा सय दिन चलेर नयाँ किर्तिमान बनायो । 

“नेपालबाट अहिले दिनहुँ ठूलो संख्यामा वैदेशिक रोजगारीमा युवाहरु जाने गरेकाले यो नेपालका लागि र नपाली चलचित्रका लागि समसामयिक विषय हो,” चलचित्र ‘परदेशी’ तथा ‘गोरखा पल्टन’ का निर्देशक नारायण रायमाझी भन्छन्, “चलचित्र चल्नुका पछाडि धेरै कारण हुन्छन्, तीमध्ये समसमयिक विषय पनि एउटा मुख्य हो ।”

निर्देशक दीपेन्द्र के खनाल पनि वैदेशिक रोजगारीको विषयलाई नेपाली दर्शकले मन पराएको बताउँछन् । “नेपालका कुनै त्यस्ता घर छैनन् होला, जुन घरबाट वैदेशिक रोजगारीमा कोही गएको नहोस्,” निर्देशक खनाल भन्छन्, “आफ्नै कथासँग जोडिएको विषय भएकाले यस्ता विषयले सिधै प्रभाव पार्छ ।”

चलचित्र ‘छक्का पञ्जा’ र गीत ‘साइँली’ मन पराइनुको कारण पनि यही भएको उनको भनाइ छ । “वैदेशिक रोजगारीको विषयका चलचित्र तथा गीतले जसरी छोटो समयमा ‘हाइप’ बनाइरहेका छन्, तीभन्दा राम्रा अन्य चलचित्र तथा गीतले बनाउन सकेका छैनन्,” खनाल भन्छन् । 
निर्देशक प्रदीप भट्टराई पनि नेपालमा रोजगारी नभएपछि विदेश जानुपर्ने बाध्यता रहेको यो इमोसन हरेक नेपालीसँग जोडिने भएकाले चलचित्रमा पनि यस्तो विषयवस्तु मन पराइएको बताउँछन् । 

उनले आफ्नो चलचित्र ‘जात्रा’ पनि वदैशिक रोजगारीको विषयलाई थोरै समेटेका छन् । “जात्राको मुन्ना भाइ पनि वैदेशिक रोजगारीबाट फर्किएको पात्र थियो,” उनले भने ।  

चलचित्र वितरक गोपाल कायस्थ आफ्नो र परिवारको दुःख समेटिएको चलचित्र चल्ने गरेको बताउँछन् । “वैदेशिक रोजगारीको विषय उठान गरेका चलचित्रमा आफ्नो परिवारको दुःखकष्ट हुन्छ, यस्ता चलचित्र परिवारसहित गएर हेर्ने गरेको पाइन्छ,” कायस्थ भन्छन्, “ठूलो संख्यामा विदेशमा बसेका आफन्तहरु चलचित्र हेर्न हलसम्म जाने भएकाले यस्ता चलचित्र रुचाइएको हो ।”

चलचित्रमा मात्रै होइन, गीतमा पनि अहिलेसम्ममा सबैभन्दा छोटो समयमा युट्युब च्यानलमा धरै हेरिने गीत ‘साइँली’ मा वैदेशिक रोजगारीकै विषय समेटिएको छ । यो गीत अहिलेसम्म करिब ७५ लाखपटक हेरिसकिएको छ । 

“नेपालबाट दैनिक हजारभन्दा बढी नेपाली बिदेसिइरहेका छन्, यो उनीहरुकै कथा समेटिएको गीत हो,” ‘साइँली’ का गीतकार तथा संगीतकार कालीप्रसाद बास्कोटा भन्छन्, “साउदी, कतार गएर रोजगारी गरिरहेका मात्रै पनि होइन, अमेरिका अष्ट्रेलिया गएर बसेकाहरुमा पनि नेपाल छोड्दाको, पीडा र उमेरमा आफन्त छोड्दाको पीडा समेटिएको गीत हो यो ।”

बास्कोटा अगाडि भन्छन्, “म अमेरिका गएका बेला त्यहाँका नेपाली र खाडीमा बसिरहेका नेपालीको पीडा महसुस गरेर लेखेको गीत लेखेको हुँ । उमेरमा घर तथा आफन्त छोडेर बस्नुपर्दाको पीडा यसमा लेखिएकाले विदेशमा रहेका ४० लाख नेपालीको सेन्टिमेन्ट क्याच गर्छ भनेर यो गीत तयार गरेको हुँ ।”

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २, २०७३  १२:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro