site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad
काठमाडौं । नेपालमा हुने अधिकांश सडक दुर्घटना २० वर्ष देखि ३० वर्षका चालकले गराउने गरेको एक अध्ययनले बताएको छ । कूल सडक दुर्घटनामा यो उमेर समूहका व्यक्तिको संलग्नता ८१ प्रतिशत देखिएको छ । 
यो अध्ययन काठमाडौं उपत्यकामा गत वर्षमा भएका ५ हजार ६ सय ६८ घटनाको आधारमा गरिएको हो । कूल दुर्घटनामा २० देखि ३० वर्षका व्यक्तिले चार हजार ५ सय ७९ दुर्घटना गराएका छन् । अध्ययन अनुसार २० देखि २५ सम्मका समूह भन्दा २६ देखि ३० को समूहले बढी दुर्घटना गराएका छन् । पहिलो समूहले २ हजार १ सय ३ घटना गराएका छन् भने दोस्रो समूहले २ हजार ४ सय ७६ दुर्घटना गराएका छन् ।  
काठमाडौं उपत्यकामा ट्याक्सी र माइक्रोमा अधिकांश २० वर्ष मुनिका चालक देखिने र यस्तै सवारी साधन बढी दूर्घटनामा परेको कारण कम उमेर समूह दुर्घटनाको कारक हुनुपर्नेमा अध्ययनले त्यस्तो देखाएको छैन । यो समूहका चालक कूल सख्याको १० प्रतिशतभन्दा कम दुर्घटनामा संलग्न देखिएको छ । यो समूहका व्यक्तिको स्वामित्वमा सवारी साधन कम हुने र भाडाका सवारी साधनमा पनि एउटा उमेर नपुगी चलाउन नदिने हुनाले तुलनात्मक रुपमा मात्र यो संख्या कम भएको हुनसक्छ । कूल चालकमा २० वर्ष मुनिका चालकको संख्या कति हो र त्यसका आधारमा तिनले दुर्घटना गराएको संख्या तुलनात्मक रुपमा कति हो भनेर हिसाब गरेको अवस्थामा यो चित्र फरक हुनसक्ने विज्ञले बताएका छन् । 
५० वर्ष नाघेका व्यक्तिले पनि एकदमै कम दुर्घटना गराएको यो अध्ययनले देखाएको छ । आधा शताब्दि उमेर खाएका व्यक्ति गतवर्ष जम्मा ४ सय ७८ घटनामा संलग्न देखिए, जुन कूल संख्याको केवल आठ प्रतिशत मात्र हो ।
अधिकांश दुर्घटना रातको समयमा हुने आम धारणा पनि यो अध्ययनले गलत साबित गरिदिएको छ । महाशाखाका अनुसार सबैभन्दा सडक दूर्घटना बढी हुने समय दिउँसो १२ बजे देखि ६ बजे सम्म हो । यो समयमा करिब २ हजार ५ सय दुर्घटना भएका छन् । त्यस्तै बिहान ६ बजे देखि दिउसो १२ बजे सम्म १ हजार ५ सय ७७ वटा सवारी दुर्घटना भएका छन् ।
सडक दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले महिनैपिछे नयाँ नयाँ अभियानहरु संचालन गदै आएको हुन्छ, तर पनि सडक दुर्घटनामा कमी आउन सकेको छैन । चालक र सडक प्रयोग कर्ता सजक नभए सम्म सडक दुर्घटनामा कमी नआउने महानगरीय ट्राफिक प्रमुख डीआईजी प्रकास अर्याल बताउँछन् । उनी भन्छन्, “सडक सुरक्षाका लागि ट्राफिक प्रहरीले जतिसुकै सक्रियता देखाए पनि चालक र सडक प्रयोगकर्ता आफै सजक नभए सम्म दुर्घटनाको संख्या घटाउन गाह्रो हुँदो रहेछ । 
सडक दुर्घटना हुनुमा सबै भन्दा धेरै सवारी चालकको लापरवाही हुने गरेको महाशाखाको तथ्याकंले जनाउँछ । सवारी चालकको कमजोरीका कारण ५ हजार २ सय ८० सवारी दुर्घटना भएको महाशाखाले जनाएको छ । बाँकी ४८ तीव्र गती, १ सय ८४ मादकपदार्थ सेवन, यान्त्रिक गडबडी ७७, सडकको अवस्था ठीक नभएका कारण २०, अस्वस्थ प्रतिस्पर्धा ४७, पैदल यात्रीका कारण ११, मौसम ठीक नभएका कारण १ गरी ५ हजार ६ सय ६८ सवारी दुर्घटना भएको महाशाखाले जनाएको छ । 
 
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १४, २०७३  १३:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro