site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रुकुममा विप्लव समूहका चार कार्यकर्ता पक्राउ

दाङ । पश्चिम रुकुममा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका चार जना कार्यकर्ता पक्राउ परेका छन् ।

पश्चिम रुकुमको त्रिवेणी गाउँपालिका-१ सिन्तुबाङबाट उनीहरू मंगलबार पक्राउ गरेका हुन् । पक्राउ पर्नेमा गाउँपालिका सेक्रेटरीसमेत रहेका पश्चिम रुकुम त्रिवेणी गाउँपालिका-१ का छविलाल घर्ति, युवा संगठन नेपाल रुकुमका उपाध्यक्ष आठबिसकोट नगरपालिका-११ का विवेक विक, पार्टीको जिल्ला समिति सदस्य सानिभेरी गाउँपालिका-३ दीर्घराज गहतराज र पार्टीको राप्ती ब्यरो सदस्य आठबिसकोट नगरपालिका-११ गोर्खे कामी (गम्भीर सिर्पाली) रहेका छन्।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रतिaन्धित विप्लव समूहका कार्यकर्ताहरूले स्थानीय गाउँघरमा चन्दा तथा फिरौती रकम माग गर्दै अवान्छित गतिविधि सञ्‍चालन गरी शान्ति सुरक्षालाई चुनौति दिइरहेको भन्ने गोप्य सूचनाका आएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पश्चिम रुकुमका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

अनुसन्धान गर्दा उनीहरू शंकास्पद गतिविधि सञ्‍चालन गरिरहेको अवस्थामा फेला परेको उनको दाबी छ ।
 

प्रकाशित मिति: मंगलबार, असार १०, २०७६  २०:०१
प्रतिक्रिया दिनुहोस्