site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
घोराही उपमहानगरको कार्यपालिका बैठक बहिस्कार - योजना छनोटमा एकलौटी गरेको अरोप

दाङ । नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्षहरूले घोराही उपमहानरको कार्यपालिका बैठक बहिस्कार गरेका छन् । योजना छनोटमा एकलौटी भएको भन्दै उनीहरुले आइतबा बसेको बैठकमा विरोध जनाउँदै बाहिर निस्किएका हुन् ।

एकलौटी ढंगले प्रक्रियाबिना वडासँगको समन्वयबिना नै योजना ल्याइएको भन्दै वडा नं-३ का अध्यक्ष माधव चौधरी, ५ का अध्यक्ष विष्णुमणी दाहाल, ६ का अध्यक्ष रेवबहादुर बुढाथोकी, ८ का अध्यक्ष चन्द्रप्रसाद चौधरी, १० का अध्यक्ष चित्रबहादुर डाँगी (निर्मल) र १५ का अध्यक्ष रमेशकुमार पाण्डेले आइतबार कार्यपालिकाको योजना छनोट बैठक बहिष्कार गरेर बैठक कक्षबाट निस्किएका हुन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

गलत बाटोबाट योजनाहरु ल्याउन लागेपछि आफूहरुले बैठक बहिस्कार गरेको वडा नं- १५ का अध्यक्ष रमेशकुमार पाण्डेयले बताए । "योजना छनोटको आफ्नै प्रक्रिया हुन्छ, त्यो प्रक्रियाभन्दा बाहिरबाट योजनाहरु ल्याएर हामीलाई सहमत हुन आग्रह गर्नुभयो," पाण्डेयले भने, "त्यसपछि हामीले बैठक बहिस्कार नै गरेको हो ।"

१५ का वडा अध्यक्षले बैठकमा समय लिएर बोल्दै प्रकियाबिनाको योजनाहरूमा आफूहरू सहमत नभएको भन्दै सल्लाहसहित आफ्नो असन्तुष्टि राखेपछि वडा अध्यक्षहरू बैठक कक्षबाट निस्किएका थिए ।

योजनाहरु ल्याउँदा मेयर र उपमेयरको नाम जोडेर मात्रै ल्याउने गरेको बहिस्कार गर्ने वडा अध्यक्षहरुले बताए । "सिस्टम गलत भयो, गत साल वडाबाट नगरस्तरिय योजना माग गरिन्थ्यो, समग्रग बजेटको विषयमा छलफल हुन्थ्यो," १५ का वडा अध्यक्ष पाण्डेले भने ।

उता घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले के कति कारणले अध्यक्षहरु बाहिरीनु भयो भन्ने बारेमा पुर्ण जानकारी नभएको बताए । आफूहरुले लोकातान्त्रिक विधि र प्रक्रियाबाटै योजनाहरु अगाडि बढाएको बताउँदै मेयर चौधरीले के-कति कारणले बैठकबाट बाहिरिनु भयो भन्ने बारेमा जनाकारी नभएको बताए ।

"योजनाहरुको बारेमा छलफल बैठक हो, कांग्रेस समर्थित वडा अध्यक्षहरुले बैठकमा नबस्ने भनेका छौँ भनेर निस्किनुभयो, त्यस पछाडिको कारणबारे धेरै कुरा थाहा भएन," मेयर चौधरीले भने, "योजनाहरु पूर्ण लोकतान्त्रिक विधि र प्रक्रियाबाट अगाडि बढेका छन् ।"

 

प्रकाशित मिति: आइतबार, असार ८, २०७६  १९:३०
प्रतिक्रिया दिनुहोस्