site stats
बाह्रखरी :: Baahrakhari
देश
अज्ञात समूहद्‍वारा सल्यानको एक वडा कार्यालयमा आगजनी
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

दाङ । सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नं- ३ को मुलखोलामा रहेको ३ नम्बर वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । आगजनीबाट कार्यालय पूर्णरुपमा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय लुहामले जानकारी दिएको छ ।

दुईवटा कोठामा रहेको वडा कार्यालयमा आगलागी हुँदा महत्वपूर्ण कागजातसँगै ल्यापटप, कम्प्युटर, फोटोकपी मेसिन, सोलार प्यानल, कुर्सी, कार्पेट जस्ता सामान जलेर नष्ट भएको वडा अध्यक्ष राजबहादुर बुढाथोकीले जानकारी दिए । कार्यालयको प्रशासन कक्ष र प्राविधिक कक्ष दुवैमा रहेका सामान जलेर नष्ट भएका छन् । आगलागी भएको थाहा पाएपछि स्थानीय सर्वसाधारण राति नै आगो निभाउन खटिएका थिए ।

अहिले इलाका प्रहरी कार्यालय लुहामबाट प्रहरी निरीक्षक नरबहादुर खड्काको नेतृत्वमा प्रहरी टोली त्यहाँ पुगेको छ । घटनाको अनुसन्धान भइरहेको र थप विवरण आउन बाँकी रहेको खड्काले जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, असार ३, २०७६  १७:२५
प्रतिक्रिया दिनुहोस्