site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जनसहभागितामा योजना छान्‍न जनप्रतिनिधिलाई सुझाव
SkywellSkywell

दाङ । स्थानीय तहका योजना छनोट प्रक्रियामा व्यापक जनसहभागिता बढाउन नागरिकले जनप्रतिनिधिलाई सुझाव दिएका छन् । जनताको सहभागिताबिना छनोट भएका योजना स्थानीय आवश्यकताका नहुने भएकाले जनताको चाहना बमोजिमका योजनालाई प्राथमिकता दिन उनीहरुले आग्रह गरेका छन् ।

स्थानीय तहले सात चरणका योजना छनोट प्रक्रियामा नागरिकको सक्रिय सहभागिता गराउन जरुरी रहेको थारु कल्याणकारिणी सभाका अध्यक्ष भुवन चौधरीले बताए । चौधरीले नागरिकको अर्थपूर्ण सहभागितामा योजना छनोट गर्नुपर्ने सुझाव दिए । उनले संघीयताको मर्म नै विकेन्द्रीकरण भएकाले योजना छनोटमा पनि गाउँ-टोलसम्म पुगेर जनताका सुझाव लिनुपर्ने उनले बताए ।

KFC Island Ad
NIC Asia

नागरिक समाजका अगुवा भरतराज देवकोटाले स्थानीय तहले योजना निर्माणमा जनसहभागिताबारे छुट्टै नीति बनाएर पारदर्शी ढंगले काम गर्नुपर्ने बताए । अर्का अगुवा सुशिल गौतमले जनतालाई प्राथमिकतामा राखेर योजना छान्नुपर्ने सुझाव दिए । अधिवक्ता गोमा महराले स्थानीय तहले कसरी जनसहभागिता गराइरहेका छन् भन्ने कुरा स्पष्टरुपमा सार्वजनिक गर्नुपर्ने बताइन् । "योजना छनोटबारे जनतालाई अग्रिम जानकारी हुनुपर्छ," उनले भनिन्, "कुन विधिबाट जनताको सहभागिता सुनिश्चित गरिएको छ भन्ने कुरा सार्वजनिक गर्नुपर्छ तर त्यसो हुन सकेको छैन ।"

नेताहरुमा नागरिकलाई दास ठान्ने प्रवृती कायम रहेको जिल्ला समन्वय समिति प्रमुख जितेन्द्रमान नेपालीले बताए । "योजनामा नागरिकका आवाज समेटेर विकास प्रक्रियामा सामेल गराउनुपर्छ । योजनामा नागरिकको अपनत्व महसुस गराउन सक्नुपर्छ," उनले भने, "अहिलेसम्म हाम्रो पुरानै सोंचले काम गरेको छ । जनतालाई दास ठान्ने प्रवृती छ ।" स्थानीय तहका काममा नागरिक सहभागिता बढाउन मानवीय विकासमा पनि लगानी गर्नुपर्ने उनले बताए । 

Royal Enfield Island Ad

जनश्रमदान र जनसहभागिताबिना योजना प्रभावकारी नहुने भएकाले योजना छनोट प्रक्रियामा जनसहभागितालाई जोड दिने गरेको घोराही उपमहानगरपालिका उपप्रमुख सिता सिग्देल न्यौपानेले बताइन् । "हाम्रा अधिकांश योजना जनश्रमदान र जनसहभागितामा आधारित छन्," उनले भनिन्, "योजना छान्दा सहभागिता भएन भने कार्यान्वयनमा पनि हुँदैन । त्यसैले यसमा लापरवाही गर्नसक्ने ठाउँ नै छैन ।"

कतिपय उपभोक्तामा जनसहभागिताका नाममा ठेकेदार बन्ने प्रवृत्ती भएकाले समस्या भएको तुलसीपुर उपमहानगरपालिकाका बाल संरक्षण समिति संयोजक नवराज लामिछानेले बताए । "उपभोक्ताको लागत सहभागितामा काम गर्छौं भनेर योजना लिने तर ठेकेदारमार्फत काम गर्ने विकृती पनि छ," उनले भने, "यसले जनसहभागिता दुरुपयोग भएको छ । लक्षित वर्गले लाभ लिनेगरी जनसहभागिता हुन जरुरी छ ।"

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ३, २०७६  १६:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro