site stats
बाह्रखरी :: Baahrakhari
देश
चालक अनुमति पत्रको परीक्षास्थलमै नतिजा

दाङ । यातायात व्यवस्था कार्यालय दाङले चालक अनुमति पत्रको परीक्षाको नतिजा परीक्षास्थलमै सार्वजनिक गर्न सुरू गरेको छ।

प्रयोगात्मक परीक्षालाई व्यवस्थित गर्ने उद्देश्यले परीक्षा दिएकै दिन नतिजा प्रकाशन सुरू गरेको कार्यालय प्रमुख मित्रलाल ढकालले जानकारी दिए । उनका अनुसार आइतबार परीक्षामा सामेल एकहजार दुईसय परीक्षार्थीमध्य एकसय ७५ जनाको उतिर्ण नतिजा प्रकाशन गरिएको छ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यस्तै आइतबारदेखि कार्यालयले परीक्षालाई मर्यादित र पादरर्शी बनाउन सीसी क्यामेरा जडान गरेको छ । प्रदेश ५ मा रहेका तीन वटा कार्यालयमध्य दाङमा पहिलो पटक सीसी क्यामेरा जडान गरिएको कार्यालय प्रमुख ढकालले वताए । उनले सीसी क्यामेरा जडान भएपछि यातायातको चालक अनुमति पत्रको परीक्षा भरपर्दो, व्यवस्थित बनेको बताए।

ट्रायलस्थल पूरै कभरेज गर्न पाँच स्थानमा सीसी क्यामेरा जडान गरिएको छ। "सबै क्षेत्रमा क्यामेरा राखिएको छ", उनले भने, "ट्रायलस्थलमा नै कन्ट्रोल रुम र मोबाइल एप्सबाट पनि त्यसको निगरानी गर्न थालिएको छ।"
 

प्रकाशित मिति: सोमबार, असार २, २०७६  २०:४५
प्रतिक्रिया दिनुहोस्