राजनीति
भैरहवा । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले कञ्चनपुरमा भारतीय सुरक्षाकर्मीले मारेका गोविन्द गौतमको परिवारलाई भारतले माफी मागेर परिवारलाई १ करोड क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् ।
मेची–महाकाली यात्राका क्रममा भैरहवामा भएको सभालाई सम्बोधन गर्दै एमाले उपाध्यक्ष गौतमले भारतले लिखित माफीसहित १ करोड क्षतिपूर्ति दिनुपर्ने माग गरे । उनले प्रधानमन्त्रीले कञ्चनपुर घटनामा नेपालको अपमान गरेको गौतमको आरोप थियो ।
उनले सम्बोधनका क्रममा मधेसी मोर्चाप्रति आक्रोश व्यक्त गरेका थिए ।
“मधेसी मोर्चाप्रति नै आशंका छ,” गौतमको आक्रोश थियो, “झापादेखि कञ्चनपुरसम्म अलग राष्ट्र बनाउन खोजिँदैछ ।”
प्रकाशित मिति: आइतबार, फागुन २९, २०७३ १६:२५
प्रतिक्रिया दिनुहोस्