site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चितवन सभापछि एमाले नेतृत्व थप उत्साहित 
SkywellSkywell

नवलपुर । राजविराजमा मोर्चा र प्रहरीबीच हिंसात्मक झडपपछि रोकिएको एमाले सभा शुक्रबार हेटौँडाबाट सुरु भएर शनिबार नवलपुर पुगेको छ । हेटौँडाको हुप्राचौरबाट सुरु भएको र्याली चितवनको नारायणी तटमा पुगेर शनिबार सभामा परिणत भएको थियो ।

सभामा एमालेका शीर्षस्थ नेतृत्वले सम्बोधन गरेका थिए । सभालाई एमाले स्थायी कमिटी सदस्य एवम् चितवनबाट प्रतिनिधितित्व गर्ने सांसद् सुरेन्द्र पाण्डे, एमाले उपाध्यक्ष बामदेव गौतम, वरिष्ठ नेता माधव कुमार नेपाल र एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेका थिए ।

सभामा पुग्नुपूर्व मकवानपुरको मनहरी, लोथरलगायतका ठाउँमा बाटामा घरैपिच्छे घडा राखिएको थियो । राजमार्गको दुवैतर्फ एमाले कार्यकर्तामात्र होइन, उल्लेख्य सर्वसाधारणले पनि हात हल्लाएर र्यालीलाई स्वागत गरेको थियो ।

KFC Island Ad
NIC Asia

आमसभामा बढ्दो उपस्थिति
हेटौँमा अघिल्ला ९ सभाको तुलनामा  उल्लेख्य जनसमुदायको उपस्थिति थियो । तर, चितवनको त्यसको संख्या तेब्बरजस्तो थियो । र्यालीलाई स्वागत गर्न पर्सा, भरतपुरलगायतका सहरमा स्थानीय पार्टीले विभिन्न जाति समुदायको सांस्कृतिक पहिचान झल्कने झाँकी प्रस्तुत गरेको थियो । एमाले चितवनका अध्यक्ष कृष्णभक्त पोखरेलकाअनुसार चितवनमा बसोबास गर्ने कुमाल, थारू, दराई, लिम्बू, नेवार, गुरुङ, मगर, तामाङ, बाह्मणआदि समुदायको पहिचान झल्कने झाँकी प्रस्तुत गरिएको थियो ।

दुई महिनाको तयारी
२१ फागुनदेखि मेची–महाकाली अभियान सुरु गर्ने घोषणा पार्टीले गरेपछि चितवनको एमालेले पनि सोही मुताविक तयारी थालेको पोखरेल बताउँछन् ।
“पार्टीले अभियान घोषणा गरेपछि हामीले १३५ वटा मातहताका कमिटीहरू परिचालन गर्यौँ, करिब २ लाख पर्चा छापेर जिल्लाको ९५ प्रतिशत घरधुरीमा पुगेर अभियानमा सरिक हुन आह्वान गर्यौँ,” उनले प्रष्ट्याए । 

Royal Enfield Island Ad

अभियानका क्रममा १७ किलोमिटर ढाक्नेगरी आठ हजार मोटर साइकल र राजमार्गको दायाँबायाँ, झाँकी र आमसभास्थलमा समेत गरी ५० हजार मानिस उतारिएको दाबी पोखरेलको छ ।

चितवनको प्रदर्शनले संविधान संशोधनको विपक्षमा र एमालेको राष्ट्रियताको पक्षमा जनमत खडा भएको दाबी उनको थियो । “चितवनको सभाबाट हामी निकै उत्साहित छौँ, बन्दको बीचमा पनि सहभागी भएर एमालेको राष्ट्रियता, सामाजिक सद्भाव र संविधान संशोधन आवश्यक छैन भन्ने सन्देश दिन सफल भएका छौँ,” उनले दाबी गरे ।

चितवनको सभाबाट एमाले नेतृत्वसमेत उत्साहित भएको छ । अध्यक्ष केपी शर्मा ओलीले कावासोतीको सभामा चितवनको सभा दशककै उत्कृष्ट भएको दाबी गरे । “चितवनको सभाले एमालेको पक्षमा जनलहर बढेको छ भन्ने प्रष्ट्याएको छ,” उनको भनाई थियो ।

कावासोतीमा पनि सहभागिता उल्लेख्य
नयाँ पुनःसंरचनामा नवलपरासी जिल्ला टुक्रिएर चार र पाँच प्रदेशमा परेको छ । नयाँ संरचनामा दाउन्ने पूर्व र गैँडाकोट पश्चिमको नवलपुर क्षेत्र प्रदेश नम्बर चारमा छ भने दाउन्ने पश्चिमको भाग प्रदेश नम्बर पाँचमा परेको छ । 

एमाले नवलपरासी इन्चार्ज तीलक महतले सभामा करिव २५ हजारको सहभागिता रहेको दाबी गरे । “आदिवासी जनजातिको बाहुल्यता रहेको क्षेत्रमा शनिबारको सभाले हामीलाई उत्साहित बनाएको छ, यसले एमालेको बढ्दो जनलहरलाई प्रष्ट्याउँछ,” उनको भनाई थियो । सय भन्दा बढी पार्टीका नेताहरू ३० समुह बनाएर घर दैलो गरेको उनको भनाई थियो ।

“सविधानमा उल्लिखित हक अधिकारका बारेमा हामीले जनतालाई बुझाउन सकेकै रहेनछाैँ, हामीले झन्डै महिनादिन लगाएर घर दैलो गर्यौँ, जनतालाई हाम्रा कुराहरू बडो प्रष्ट ढंगले बुझायौँ, जनतामा एमालको नीति र विचारले नयाँ उत्साह सञ्चार गरेको छ, उनको भनाई थियो ।

पहाडमा बढ्दो ‘सेन्टिमेन्ट’
राजविराज प्रकरणपछिको तीन सभाले पहाडमा एमालेप्रति सेन्टिमेन्ट बढेको देखिन्छ । हेटौँडा, नारायणी नदी किनार र कावासोतीमा भएको सभा त्यसैको प्रतिविम्ब भएको एमाले नेताहरूको बुझाई छ ।

“बन्दका बीच पनि एमालेको सभामा त्यत्रो उपस्थिति हुनु हाम्रा लागि सुखद् हो, चितवन र कावासोतीको सभाले एमालेको राष्ट्रियता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाधीनतको पक्षमा माहोल खडा गरेको छ,” महतले जानकारी दिए । एमालको कुरा जनतालाई प्रष्ट ढंगले बुझाउन अभियान फलदायी भएको उनको निष्कर्ष थियो ।

तस्बिर, रासस


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २९, २०७३  ११:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro