site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हेटौंडामा एमालेको शक्ति प्रदर्शन, ओली भन्छन्– मर्न परे पनि एमालेले खुट्टा कमाउँदैन 
SkywellSkywell

हेटौँडा । हेटौँडमा शक्ति प्रदर्शन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले कुनै पनि हालतमा पछि नहट्ने उद्घोष गरेका छन् । सप्तरीको राजविराजमा हिंसात्मक झडपपछि रोकिएको मेची–महाकाली अभियान हेटौँडा भुटनदेवी स्कुलको प्राङ्गणबाट निरन्तरता दिँदै अध्यक्ष ओलीले भने, “एमाले पछि हट्दैन, मर्न परे एमाले र अध्यक्ष केपी ओली खुट्टा कमाउने मान्छे होइन ।” एमालेका नेता–कार्यकर्ताको हत्या गर्ने मधेसी मोर्चाका नीति महंगो पर्ने उनको भनाई थियो ।

सप्तरी घटना र राष्ट्रियता र लोकतन्त्रमाथिकै प्रहार भएको उनको निष्कर्ष थियो । उनले प्रष्ट्याए, “एमालेका नेता–कार्यकर्ताहरूलाई तराईमा मारेर राष्ट्रियता, निर्माण र एकताको अभियान समाप्त हुँदैन ।”

त्यति मात्र होइन कञ्चनपुरको प्रवास नगरपालिकामा भारतीय एसएसबीको गोली लागि गोविन्द गौतमको हत्या हुनु यसैको पटाक्षेप भएको अथ्र्याए । “कञ्चनपुर प्रकरण यसैको दृष्टान्त हो,” उनको भनाई थियो ।

KFC Island Ad
NIC Asia

उनले आफ्ना देशको नागरिक मारिँदासमेत सरकारले मुख नखोलेको भन्दै आश्चर्य व्यक्त गरे । “यो सरकार मुख खोल्दैन, आफ्ना नागरिक मारिँदासमेत कुनै चिन्ता छैन, सरकारको मात्रै चिन्ता छ,” उनले भने ।

उनले भारतलाई छिमेकीको व्यवहार गर्न आग्रह गरे । “नेपालमा पसेर सर्वसाधारणलाई कुटपीट गर्ने, आतंक मच्चाउने, गोली हान्ने अधिकार कसैलाई छैन, भारतले छिमेकीको व्यवहार गरोस्,” उनको अनुरोध थियो ।

Royal Enfield Island Ad

“भारत नेपालको छिमेकी हो, मित्र हो । तर, मित्रले मित्रवत् व्यवहार गर्नुपर्छ । अलिकति ठूलो भयो भन्दैमा नेपालका सिमाना मिच्ने, नेपाली भूमिभित्र पसेर नेपाली नागरिकमाथि गोली चलाउने, अनेक काममा अर्घेल्याइँ गर्ने अहंकारबाट भारत मुक्त हुनुपर्छ,” उनले थपे ।

नेपाली भूमिमा आएर भारतीय सुरक्षाकर्मीले नेपालीको हत्या गर्दा पनि केही गर्न नसकेर सरकारले लाचारी देखाएको भन्दै सरकारको आलोचनासमेत गरे ।
सप्तरी घटनापछि तितर–वितर बनेका कार्यकर्तालाई काठमाडौंदेखि उतारेर एमालेले पुनः ¥याली आयोजना गरेको थियो । सभामा सहभागी हुन काठमाडौं, चितवन र बारा, पर्सादेखिका कार्यकर्ता हेटौँमा आएका थिए । अघिल्ला ९ सभामा भन्दा हेटौँडा सभामा उल्लेख्य सहभागिता रहेको थियो ।
अघिल्लो सभा भन्दा केही आक्रामक देखिएका अध्यक्ष ओलीले मधेसी मोर्चा र सरकारको कटाक्ष गर्न भ्याए । राजविराज सभामा एमालेलाई घेरा हालेर सामुहिक हत्या प्रयास गरिएको उनको जानकारी गराए ।

राजविराज प्रकरण एमाले नेताको हत्या गर्ने मनशायबाट प्रेरित आक्रमण भएको बताएका ओलीले संविधान संधोधनबारे खासै चर्चा गरेनन् ।

एमालेलाई सुरक्षा दिएवापत सुरक्षा अधिकारीलाई कारवाही !

राजविराज घटनामा एमालेलाई सुरक्षा दिएवापत सुरक्षा अधिकारीलाई कारवाही भएको महासचिव ईश्वर पोखरेलको भनाई थियो । राजविराज घटनामा गोली चलाएको भन्दै  प्रमुख जिल्ला अधिकारी र सशस्त्र र जनपथ प्रहरीका डीएसपी फिर्ता बोलाउने निर्णयप्रति उनले आपत्ती जनाएका हुन् ।
त्यस्तै उनले सप्तरी घटनाबाट एमाले विचलित नभएको बताए । संविधान संशोधनमार्फत हिन्दी भाषालाई कामकाजी भाषा बनाउन लागिएको भन्दै एमाले सोको विरोध गरेको बताए ।
हेटौँडा सभामा बरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव नेपाल, वरिष्ठ उपाध्यक्ष बामदेव गौतम सहभागी थिए । अभियानअन्तर्गत शनिबार हेटौँडाबाट ¥याली सुरु हुनेछ । भरतपुर र कावासोतीमा सभापछि त्यहीँ बास बस्नेछ ।


 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २७, २०७३  १९:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro