site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
रेशम धागो उत्पादनका लागि ४५ बिगाहमा किम्बु खेती

दाङ । देउखुरीमा रेशम धागो उत्पादनका लागि ४५ बिगाह जमिनमा किम्बुको व्यवसायिक खेती गरिएको छ । २०७३ सालदेखि सुरु भएको किम्वु खेती तीन बर्षमा ४५ विगाह जमिनमा फैलिएको छ । कपडा बनाउनका लागि प्रयोग गरिने रेशम धागो उत्पादन गर्न सकिने भएपछि देउखुरीका स्थानीयवासी किम्वु खेतीतर्फ आकर्षित भएका छन ।

२०७३ सालमा धादिङवाट देउखुरी गढवा गाउँपालिका-३ हडैयाँमा पुगेका महेशदत्त अधिकारीले दश बिगाह जमिनबाट सुरु गरेको किम्बु खेती पछिल्लो समय स्थानीयले समेत व्यवसाय सुरु गरेका छन ।१० बिगाह जमिनवाट सुरु भएको व्यवसाय अहिले पश्चिम नेपालकै ठुलो व्यवसाय भएको अधिकारीको दाबी छ । कम मेहनतमा किम्वुवाट धेरै उत्पादन लिन सकिने भएपछि अहिले देउखुरीका धेरै स्थानीयहरु किम्वुको व्यवसायीक खेतीतर्फ लागेका छन ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

जसका कारण पछिल्लो तीन बर्षमा ३५ विगाह जमिनमा किम्बुको व्यवसायीक खेती भइसकेको स्वर्गद्वारी रेशम खेती विकास तथा अनुसन्धान प्रशोधन श्रोत केन्द्रका सचालक महेशदत्त अधिकारीले बताए । 

"किम्वुको व्यवसायीक खेती गन सके राम्रो आम्दानी गर्न सकिन्छ" , व्यवसायी अधिकारीले भने, "त्यसैले पछिल्लो समय देउखुरीका धेरै किसानले व्यवसाय सुरुवात गर्नुभएको छ ।" उनका अनुसार देउखुरीका गढवा गाउँपालिका र राप्ती गाउँपालिकाका धेरै स्थानमा अहिले व्यवसाय सुरुवात भएको समेत बताए ।

एक लाख ५० हजार किम्वुका विरुवा रोपेर व्यवसाय सुरुवात गरेका उनले हाल १६ लाख विरुवा पुर्‍याएका छन । हालसम्म करिव ५० लाख रुपैयाँ लगानी गरेको बताउने अधिकारीले यसबर्षमात्र १२ लाख नयाँ विरुवा उत्पादन गरेका छन् ।

दाङमा एक सय बिगाह बढी जमिनमा किम्वु खेती विस्तार गर्ने लक्ष्य लिएका अधिकारीले किम्बुको व्यवसायमा ३० जनालाई रोजगारी समेत प्रदान गरेको बताए । उनले आफुले उत्पादन गरेको ८० प्रतिशत रेशम धागो जापान, अमेरिकालगायतका देशसम्म व्यापारीमार्फत पठाउने गरेको बताउँछन । बाँकी धागो आफैले कपडा उत्पादनमा प्रयोग गर्ने गरेका छन ।

बहुउपयोगी फलका रुपमा रहेको किम्वु व्यवसाय गर्न सके किसानले माथिको टुप्पो तरकारी र चियाँलाई प्रयोग गर्न सकिने,किराका विष्टलाई बाख्रा र कुखुरालाई खुवाउन मिल्ने, फललाई वाइन, जाममा प्रयोग गर्न सकिने पाँतवाट रेशम धागो उत्पादन गर्न सकिने अधिकारीले बताए । बिरुवा रोपेको छ महिनादेखि उत्पादन लिन सकिने र रोपेको कम्तीमा पनि ५०-६० बर्षसम्म निरन्तर किसानले उत्पादन लिन सक्ने उनी बताउँछन ।

सय बिगाहभन्दा बढी खेतीमा किम्बु खेती गर्न सके दाङमा कपडा उत्पादनका लागि उद्योग सञ्चालन गर्ने तयारीमा रहेको अधिकारी बताउँछन ।

प्रकाशित मिति: बिहीबार, जेठ २३, २०७६  ०४:३०
प्रतिक्रिया दिनुहोस्