site stats
बाह्रखरी :: Baahrakhari
देश
यार्सा संकलनमा गएका एक जनाको मृत्यु, 

दाङ । यार्सा संकलनका लागि डोल्पा गएका रुकुम पश्चिमका एक युवकको मृत्यु भएको छ । आठबिसकोट नगरपालिका ९ गीजाका ३५ बर्षीय कृष्ण बहादुर शाहीको लेक लागेर मृत्यु भएको प्रहरीले बताएको छ ।

शाहीको उपल्लो डोल्पाको ताक्सी पाटनमा लेख लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पालाई उद्धृत गर्दै इलाका प्रहरी कार्यलय आठबिसकोटका प्रहरी निरिक्षक अच्युतराज आचार्यले बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

भौगोलिक बिकटताका कारण शाहिको शव घर ल्याउन नसकिने भएकाले डोल्पामै अन्त्यष्टि गरिएको पारिवारिक श्रोतले जनाएको छ ।

यसैबीच यार्सा पाटनमा अत्यधिक मात्रामा हिँउ भएकाले सर्वसाधारणहरु लेक लागेर धमाधम बिरामी भइरहेका छन । यार्सा पाटनमा अहिलेसम्म ६ जनाको ज्यान गइसेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नाएव उपरिक्षक अवदेश विष्टले जानकारी दिए।

सांकेतिक तस्बिर

प्रकाशित मिति: मंगलबार, जेठ २१, २०७६  २३:००
प्रतिक्रिया दिनुहोस्