site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यसकारण स्वीकारिन् अञ्जलीले ‘लाउरे’

काठमाडौं । फिल्म निर्माता सुनिल रावलले ८ महिनाअगाडि आफ्नो नयाँ ‘प्रोजेक्ट’को रूपमा चलचित्र ‘लाउरे’ घोषणा गरे । करिब सात महिना लगाएर स्क्रिप्टको काम सके ।

स्क्रिप्टले पुरुष मंगोलियन फेस माग्यो । गायक नरेन लिम्बुलाई लिए । नरेनको अपोजिटमा अर्को सशक्त महिला पात्रको आवश्यकता थियो । पूर्व मिस नेपाल श्रृष्टि श्रेष्ठलाई साइन गराए । 
सुनिलको ‘लाउरे’ मा दुई जनामात्रै सशक्त पात्र छैनन् । अर्को एउटा पात्र पनि सृष्टिजत्तिकै सशक्त लिड रोलमा छ । त्यसका लागि भने सुनिललाई कलाकार रोज्न निकै गाह्रो भयो । आम चलचित्रले उठाउँदै आए भन्दा भिन्न चरित्र बोल्ने उनको स्क्रिप्टले लेस्बियन (महिला समलिंगी) माग गरेको थियो । 

सुनिललाई लेस्बियनको भूमिकामा अन्य कलाकारलाई भन्दा लेस्बियन कलाकार नै पाए हुन्थ्यो भन्ने लाग्यो । उनले खोज्न थाले । त्यही बेला ‘ल्याक्मे फेसन विक’ मा पहिलो पटक तेस्रो लिंगी अञ्जली लामा पुगिन् । उनी नेपालकै थिइन् ।

“मेरो मनमा एक दिन अचानक आयो, मेरो चलचित्रका लागि अञ्जली उपयुक्त पात्र हो,” सुनिल भन्छन्, “मैले उनलाई म्यासेज छोडेँ । तर, उनले चासो नै देखाइनन् ।” 
सुनिलले फलोअप गरे । आफ्नो पुराना चलचित्रबारे पनि अञ्जलीलाई जानकारी गराए । तर पनि उनले उत्ति चासो देखाइनन् । 

“मलाई लाग्यो उनी चलचित्र खेल्दिनन्,” सुनिल भन्छन्, “मलाई भने अरुले भन्दा यो चरित्रमा उनीहरूले नै न्याय गर्छन् भन्ने लाग्यो । त्यसैले म अरु नै लेस्बियन पात्र खोज्नतर्फ लागेँ ।” उनले चलचित्र ‘हाइवे’ मा समेत थोरै समय देखिएकी भूमिका श्रेष्ठसँग कुरा गरे । उनले चासो पनि देखाइन् ।

जब भूमिकाले चलचित्र खेल्ने रुची देखाइन्, त्यही समय ‘ल्याक्मे फेसन विक’ मा भाग लिएकी अञ्जलीले पनि सुनिललाई ‘ग्रिन सिग्नल’ दिइन् ।  

सुनिलसँग स्क्रिप्ट मागिन् । उनले आफ्नो चलचित्र र उनलाई अफर गरिएको भूमिकाबारे बिफ्रिङ गरे । उनले ‘ओके’ भनिन् । दुई पक्षबीच चलचित्र ‘लाउरे’ मा काम गर्ने सहमति भयो । “अञ्जली भारतमा रहेकाले लिखित एग्रिमेन्ट त भएको छैन तर मौखिक सहमति भएपछि यो कुरा मैले बाहिर ल्याएको हुँ,” निर्माता सुनिलले भने ।
सुरुमा चासो नदेखाएकी अञ्जली किन अन्ततः चलचित्रमा अभिनय गर्न राजी भइन् त ? 

“फिल्म खेल्नु मेरो रोजाइ थिएन । सुनिल रावललाई मैले म राम्रो एक्टर र डान्सर होइन भनेँ,” अहिले इन्डियामा रहेकी उनले बाह्रखरीसँग फेसबुक म्यासेन्जरमा भनिन्, “तर उहाँले जसरी मलाई कन्भिन्स गर्नुभयो, त्यसपछि म सहमत भएकी हुँ । र, अर्को कुरा तेस्रो लिंगीप्रति आम मान्छेको धारणा सकारात्मक होस् भन्ने सन्देश जान्छ भनेर पनि हो ।”

अझै पनि नेपाली समाजमा यौनिक तथा लैंगिक अल्पसंख्यकलाई सकारात्मक रूपमा लिएको पाइँदैन । चलचित्रमा समेत तेस्रोलिंगीलाई हाँसोको पात्रका रूपमा उभ्याएको पाइन्छ । यसको अन्त्यका लागि पनि आफूले चलचित्रमा अभिनय गर्न लागेको अञ्जलीको भनाइ छ ।

“मलाई लाग्छ नील हिरा समाजको अभियानका कारण समाजमा समलिंगी तथा तेस्रोलिंगीलाई हेर्ने देष्टिकोणमा केही सकारात्मक परिवर्तन आएको छ,” अञ्जली भन्छिन्, “सबैले तेस्रोलिंगी पनि सामान्य मानिस जस्तै समान हुन् भन्ने सोच्ने र अवसर दिने हो भने महिला तथा पुरुषसरह तेस्रोलिंगीले पनि हरेक क्षेत्रमा राम्रो काम गर्न सक्छन् ।”

उनलाई चलचित्र खेलेर चर्चित हुने रहर छैन रे ! नम्बर एक हिरोइन बन्ने सपना पनि छैन भन्छिन्, “चलचित्र मेरो प्राथमिकता होइन । मोडलिङ मेरो मिसन हो र समलिंगी तेस्रोलिंगी अभियन्ता भएर काम गर्न चाहन्छु ।” 

नायक राजेश हमालले एउटा टेलिभिजन कार्यक्रममा पनि यसअघि नै एउटा प्रश्न गरेका थिए, विश्वमै समलिंगी तेस्रोलिंगी भन्नेबित्तिकै पहिला मान्छेको दिमागमा किन सेक्स जोडिएर आउँछ ?

यो प्रश्नको जवाफमा अञ्जली भन्छिन्, “भन्नेले भनुन्, तर हामी आफ्नो काम र उद्देश्यमा लाग्नुपर्छ अनि यस्तो सोचमा परिवर्तन ल्याउनुपर्छ ।”
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २४, २०७३  १२:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro