रुपनी । मेचीको किनार काँकडभिट्टाबाट सुरु भएको एमालेको मेची–महाकाली अभियान तेस्रो दिन सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण औद्योगिक क्षेत्रमा पुग्दा अघिलो दुई दिनजस्तो सुखद् बन्न सकेन । मधेसी मोर्चाले एमाले सभा विथोल्न खोज्दा प्रहरीसँगको मुठभेडमा ४ युवको मृत्यु भएपछि सकिइसकेको सभा अन्तिममा दुःखदायी बन्न पुग्यो ।
त्यसो ¥यालीलाई कोसी व्यारेज कटेपछि ठाउँठाउँमा अवरोध हुने र एमालेले दुई नम्बर प्रदेशमा कडा विरोधको सामना गर्नुपर्ने कुरा अनपेक्षित थिएन । तर, ¥यालीलाई कहिँकतै अवरोध भएन । भारदह, जहाँ मधेस आन्दोलनको क्रममा पाँच जनाले ज्यान गुमाएका थिए, त्यहाँ पनि एमालेले खासै व्यवधान बेहोर्नुपरेन । हनुमाननगरतर्फ (सप्तरीको पुरानो सदरमुकाम) बाट आउने बाटोमा केही मोर्चाका कार्यकर्ता देखिएको भए पनि मुख्य चोकबजार शान्त नै थियो ।
ठाउँ–ठाउँमा ५०–६० जनाको हाराहारीमा रहेका मोर्चाका कार्यकर्ताले हातमा कालो झन्डा बोकेर एमालेविरुद्ध नारा लगाए पनि अवरोधै भने गरेनन् । पूर्व–पश्चिम राजमार्गको दुबैतर्फ दोहोरो घेरा बनाएर बसेका सशस्त्र प्रहरी र जनपथ प्रहरीले सुरक्षा व्यवस्था कडा पारेकाले पनि र्याली सौहार्दपूर्वक अघि बढ्यो । मूल सडकको दायाँ बायाँ उभिएका जनसमुदायले एमालेको पक्षमा पनि नारा लगाएको देखिन्थ्यो ।
पूर्व निर्धारित राजरंगशालामा मधेसी मोर्चाले सभा गर्न नदिने भनेपछि एमालेले अघिल्लो दिननै सभास्थल गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा परिवर्तन गरेको थियो । जुन राजमार्गबाट पाँच किलोमिटर उत्तरमा पर्दछ ।
झन्डै एक हजार मोटरसाइकल, तीन चारसयको संख्यामा गाडीसहितको दुई किलोमिटरको जुलुस रुपैनी पुग्दासम्म अवरोधको छनक थिएन । तर सभास्थल जाने बाटोको गहुँबारीको दुबैतर्फ प्रशस्तै अवरोधकारी देखिए । सुरक्षा निकायको दुवै शक्ति (सशस्त्र र जनपथ) प्रहरीले मूल सडकबाट २० मिटर तलै आन्दोलनकारी राखेको थियो ।
हातमा लाठी लिएका केही शान्त देखिने र धेरै जसो मुठभेड गर्न भयातुर प्रदर्शनकारी हातमा कालो झन्डा लिएर गहुँबारीमा नारा जुलस गरिरहेका थिए ।
सुरक्षा निकायले उच्च सतर्ककासाथ र्यालीलाई औद्योगिक क्षेत्रभित्र पसायो । जुलुस सभामा परिणत पनि भइहाल्यो । सभामा मोर्चाले कालोमोसो दलेका प्रताप नारायण चौधरीलाई सम्मान गरिएको थियो ।
त्यस्तै मोर्चाका कार्यकर्ताबाट दुर्व्यवहार खेपेका शम्भु यादवलाई पनि सम्मान गरिएको थियो । सभालाई एमाले केन्द्रीय सदस्य लालबाबु यादवले सम्बोधन गरे । लगत्तै नेता माधव नेपालले मैथिलीमै भाषण गरे । त्यसपछि स्थायी कमिटी सदस्य सत्यनारायण मन्डलले पाँच मिनेट बोले । अड्कल काटियो, अब एमालेको सभा समापन भयो । तर, आयोजकले एमाले अध्यक्ष केपी ओलीलाई मन्तव्य राख्न दिने मनशाय व्यक्त गर्यो । अध्यक्ष ओली बोल्न थालेपछि बाहिर प्रदर्शन गरिरहेका मोर्चाका कार्यकर्ता झनै आक्रोशित देखिए ।
मानौँ, ओलीको भाषणले आगोमा घ्यू थपे झैँ भयो । उत्तेजित भीडले सभास्थल पछाडि रहेका बाँसको झाङबाट आमसभास्थललाई लक्षित गरेर पेट्रोल बम प्रहार गरियो । यता अध्यक्ष ओलीले भाषण टुङ्ग्याउँदै थिए, उता भीडले परालको कुन्यूँ सडकमै ल्याएर आगो झोस्यो । स्थिति नियन्त्रण बाहिर जाने सुइँको पाएपछि सुरक्षाकर्मीले बल प्रयोग गर्न थाल्यो ।
ओलीको मन्तव्य सकिनु पनि टियर ग्याँस र हवाइफायरको आवाज आमसभास्थलसम्म आइपुग्यो । त्यही सुनेर हुनुपर्छ ओलीले मन्तव्य टुंग्याए ।
आमसभा त सकियो तर आमसभामा सहभागिलाई बाहिर निकाल्न सुरक्षा निकायलाई हम्मेहम्मे पर्यो । त्यहीबीचमा पाँच–छ राउन्ड गोली चलेको आवाज सुनियो । हल्ला चल्यो– प्रदर्शनकारीतर्फ क्षति पुग्यो, हताहती पनि भए ।
कसका कारण स्थिति अप्रिय बन्यो ?
घटनामा चार जनाको मृत्यु भएको भनिए पनि तीन जनाको पुष्टि भएको छ ।
११ जना घाइते भएको सुरक्षा निकायले पुष्टि गरेको छ । घाइते अधिकांशलाई गोली लागेको मोर्चाका नेताहरू बताउँछन् । सौहार्दपूर्वक सुरु भएको सभा अन्तिममा ज्यान जानेगरी हिंसात्मक बनेपछि एमालेले तीन दिनको लागि अभियान स्थगित गर्ने निर्णय ग¥यो । सभास्थलबाट दुई किमी उत्तर रुपनीमा बसेको पार्टी स्थायी कमिटीको बैठकले सभा स्थगित गर्ने निर्णय गरेको हो ।
घटनाको बस्तुगत अवस्था बुझ्दा सभा नविथोली नछोड्ने मोर्चाको नियत र सभा नगरी नछाड्ने एमाले हठले मृत्यु निम्त्याएको भन्न अत्युक्ति हुँदैन ।
प्रहरी तुलनात्मक संयम
एकाध ठाउँबाहेक अधिकांश ठाउँमा प्रहरी संयममै देखिन्थ्यो । एमाले–प्रदर्शनकारी आमनेसामने हुँदा समेत प्रहरी शान्त थियो । तर, परालको कुन्युमा आगो लगाएपछि र सभास्थलतर्फ पेट्रोल बम प्रहार गर्न थालेपछि प्रहरीले बल प्रयोग गरेको थियो ।
प्रहरीको गोली लागेर प्रर्दशनकारी ढल्न थालेपछि छरिएर रहेका मोर्चाका कार्यकर्ता थप उत्तेजित हुँदै ढुंगा बर्साउन थाले । क्षति मोर्चातर्फ मात्र भएको छैन । एमाले ¥यालीमा सहभागीको मोटरसाइकल जलाएका छन् । प्रदर्शकारीको ढुंगा लागेर दर्जन बढी गाडीमा क्षति पुगेको छ ।