site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad
काठमाडौं । काभ्रेका भिमसेन नेपाल (नाम परिर्वतन)  काठमाडौंमा खुद्रा व्यवसाय गर्छन् । गएको वर्ष उनी पहिलो पटक कोटेश्वरमा मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउँदा ट्राफिक कारबाहीमा परे । उनले ट्राफिक प्रहरीले दिने एक घण्टे चेतना कक्षा लिएर एक हजार जरिवाना पनि तिरे । लाइसेन्समा पहिलो प्वाल पर्यो । मादक पदार्थ सेवन गरी सवारी चलाउनु हुँदैन भन्दै एक घण्टे कक्षा लिएका नेपाल फेरि अर्को हप्ता बानेश्वरमा मापसे चेकिङमा परे । तर, पनि उनी चेतेनन् । ट्राफिक प्रहरी महाशाखाको तथ्यांकअनुसार उनी काठमाडौंका विभिन्न स्थानमा गरी ६ पटक मादक पदार्थ सेवन गरी सवारी चलाएको अवस्थामा कारबाहीमा परे । 
काठमाडौंका सुवर्ण कुचिकार (नाम परिर्वतन) पनि गएको कात्तिकमा मादक पदार्थ सेवन गरेर सवारी चलाएको अवस्थामा ट्राफिक कारबाहीमा परे । महाशाखाको तथ्यांकअनुसार उनी फेरि अर्को साता कलंकीमा कारबाहीमा परे, तर पनि चेतेनन् । उनी पनि ६ पटक माद पदार्थ सेवन गरी ट्राफिक कारबाहीमा परेका छन् । 
गोरखाका पदम गुरुङ गएको भदौमा महाराजगन्जमा पहिलो पटक मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा ट्राफिक कारबाहीमा परे । एक घण्टे चेतना कक्षा र एक हजार जरिवाना तिरेर प्वाल परेको लाइसेन्स बुझेर ट्राफिक प्रहरी महाशाखाबाट बाहिरिएका गुरुङ फेरि अर्को साता बौद्धमा कारबाहीमा परे, तर पनि उनी चेतेनन् । काठमाडौंमा विभिन्न स्थानमा उनी ६ पटक कारबाहीमा परे । 
यी तीनजना त उदाहरणमात्र हुन् । मादक पदार्थ सेवन गरी ६ पटक कारबाहीमा पर्ने १ सय ६१ जना चालकलाई महानगरीय ट्राफिक महाशाखाले लाइसेन्स निलम्बनका लागि यातायात व्यवस्था विभागमा पत्राचार गरेको छ । उनीहरूले अब ६ महिनासम्म लाइसेन्स पाउनेछैनन् । नयाँ लाइसेन्स लिँदा पनि नयाँ प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । 
“६ पटकसम्म पनि नचेत्ने चालकको बानी कहिल्यै सुध्रिँदैन । कानुनअनुसार उनीहरूको लाइसेन्स ६ महिनाका लागि निलम्बन हुन्छ । तर, यो कारबाही पनि कम भयो,” महानगरीय ट्राफिक प्रहरी प्रमुख डीआईजी प्रकाश अर्यालले भने । अर्यालका अनुसार निलम्बनमा परेका १ सय ६१ जनालाई महाशाखाका कर्मचारीले पनि राम्रैसँग चिन्न थालिसके । जति गरे पनि नचेत्ने चालकलाई सवारी चलाउन दिन नहुने प्रहरीको भनाइ छ । 
डीआईजी अर्याल भन्छन्, “अधिकांश चालक एक पटक मापसे चेकिङमा परेका हुन्छन् । तर, उनीहरू सचेत भएर मादक पदार्थ सेवन गरी सवारी चलाउँदैनन् । उनीहरूले अरुलाई पनि सचेत गराउँछन् । तर, निलम्बनमा परेका १ सय ६१ जनाले अरुलाई पनि प्वाल पर्दैमा के हुन्छ भन्दै कुबाटोमा लैजाने चेष्टा गरेको भेटियो ।”
 
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १३, २०७३  १५:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro