site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
२ नम्बर प्रदेश पस्दै एमाले, प्रतिकारमा मोर्चाले लाठी जुलुस निकाल्ने
SkywellSkywell

इनरुवा । एमालेको मेची–महाकाली जागरण अभियानको तेस्रो दिनको र्याली इटहरीबाट सुरु भएको छ । दोेस्रो दिनको र्याली झापाको दकमबाट सुरु भएर सुनसरीको इटहरी आएर बास बसेको हो ।

तेस्रो दिन मध्याह्न दुई नम्बर प्रदेश पस्न लागेको एमालेलाई रोक्न मोर्चाले जुलुस निकाल्न लागेको छ ।

संविधान संशोधनको विषयलाई लिएर एमालेसँग चिढिएको मोर्चाले दुई नम्बर प्रदेशमा छेकबार तेर्स्याएर  रिस पोख्न लागेको एमालेका नेताहरुको भनाई छ ।
फोरमका स्थानीय शैलेन्द्र साह भन्छन्, “जनताले चक्काजाम आयोजना गरेका छन्, एमालेले सभा गर्ने, भाषण सुनाएर बस्ने अवस्था छैन । बाहिरबाट ल्याएका आफ्नै कार्यकर्तालाई कुरा सुनाए मात्रै हो ।”

KFC Island Ad
NIC Asia

त्यसो त दोस्रो दिनको सभा टुंग्याएलगत्तै एमाले स्थायी कमिटीको बैठक पनि बसेको थियो । बैठकले आइतबारको र्यालीको समीक्षा गरेको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । उनकाअनुसार आइतबारको कार्यक्रममा जनताको उत्साहजनक सहभागिता रहेको निष्कर्ष निकालेको थियो ।

उनले कार्यक्रम पूर्वघोषित भएकाले एमालेले दुई नम्बर प्रदेशमा कार्यक्रम गर्ने जानकारी दिए । “एमालेले आफ्नो कार्यक्रम गर्छ । मोर्चाका नेताहरूसँग पनि कुराकानी भएको छ । उहाँहरूले सम्यमता प्रदर्शन गर्नुपर्छ,” उनले जोड दिए ।

Royal Enfield Island Ad

मोर्चाको आफ्नै योजना 
एमालेले सप्तरीको राजरंगशालामा कार्यक्रम स्थल तय गरेको थियो । तर, मोर्चाका स्थानीय नेता, कार्यकर्ताले ताला लगाएपछि एमालेको स्थानीय पार्टी पंक्तिले राजविराजबाट पाँच किमी उत्तरमा रहेको गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा कार्यक्रम स्थल सारेको छ । 

औद्योगिक क्षेत्रमा प्रशासनले सुरक्षा दिन सक्ने निष्कर्षका साथ एमालेले उक्त स्थान छनोट गरेको हो । तर, मोर्चाका स्थानीय नेताले भने एमाले सभामा जनता सहभागि नहुने दाबी गर्छन् ।

फोरम सद्भावनाका स्थानीय नेता जितेन्द्र चौधरीले एमालेको कार्यक्रमबारे मोर्चालाई कुनै जानकारी नै नभएको जिकिर गरे ।

“एमालेको कार्यक्रमसम्म सुनेका हौँ, उहाँहरूले अभियान गरिराख्नु भएको छ क्यारे, तर सप्तरीमा कुनै तयारी देखिएको छैन । एमालेको सभामा कोही जनता जाँदैनन्,” उनले थपे । उनले अभियानमै आफैँले ल्याएका कार्यकर्तालाई भाषण सुन्ने तर सप्तरीका जनता एमालेको सभामा नजाने बताए । 

आफू सत्तामा हुँदा पाँचजना निहत्था मधेसीको हत्या गरेको हुनाले एमाले अध्यक्ष ओलीप्रति मधेसको आक्रोश रहेको उनको टिप्पणी थियो ।  उनले गाउँ–गाउँबाट जनताहरू लाठीसहित राजविराज आएको र बिहानैदेखि प्रदर्शन गर्नेसमेत जानकारी दिए । “हामी कुनै सभा–सभा गर्दैनौँ, राजविराज, भारदह, कन्चनपुरलगायत आधा दर्जन ठाउँमा लाठीसहित प्रदर्शन गर्छौं,” उनले भने, “सोमबार सप्तरी जिल्लामा चक्काजामको आयोजना गरिएको छ ।”

सोमबारको चक्काजाम र प्रदर्शनलाई कडा बनाउन आइतबार साँझ मोर्चाले सप्तरीको भारदह, कन्चनपुरलगायतका स्थानमा मसालजुलुस निकालेको थियो ।

यता स्थानीय प्रशासनले भने शान्ति सुरक्षा सुदृढ भएको दाबी गरेको छ । “मोर्चाले लाठी जुलुस निकाल्ने भनेको छ, तर मोर्चाको प्रदर्शनकै कारण एमालको सभा विथोलिने अवस्था छैन,” सप्तरीका एसपी दिवस लोहनीले जानकारी दिए ।

एमालेले सप्तरी जिल्लामा  दुई ठाउँमा सभा गर्ने योजना बनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन २३, २०७३  ०७:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro