site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चलचित्र उद्योगमा वार्षिक २५ सयलाई रोजगारी
SkywellSkywell

काठमाडौं । नेपाली चलचित्र उद्योगमा वार्षिक साढे दुई हजारले रोजगारी पाइरहेका छन् । वार्षिक औषतमा सयवटा चलचित्र निर्माण हुँदा २५ सयले रोजगारी पाउने गरेको चलचित्र प्राविधिक संघ (नेफ्टा) ले जनाएको छ । 

चलचित्रमा कला निर्देशकदेखि स्पट ब्वाइसम्म प्राविधिकभित्र पर्छन् । नेफ्टाका अध्यक्ष पुष्कर लामा भन्छन्, “वर्षको एक सय चलचित्र बन्दा २२ सय प्राविधिकले रोजगारी पाउँछन्,” यसमा कला निर्देशकदेखि स्पट ब्वाइसम्म पर्नुहुन्छ ।” निर्देशक पनि प्राविधिकभित्रै पर्ने भए पनि निर्देशकको भने नेपालमा छुट्टै संस्था छ । 

लामाका अनुसार सबैभन्दा धेरै पैसा लिने प्राविधिक क्यामेरापर्सन हुन्छन् । “क्यामेरापर्सन भन्नलाई त सात लाखसम्म लिन्छौँ पनि भन्नुहुन्छ तर राम्रो क्यामेरापर्सनलाई निर्माताले दिने भनेको औषतमा ५ लाख हो,” लामाले भने । उनका अनुसार नयाँ क्यामेरामेनले अढाई–तीन लाखमा पनि काम गर्छन् । 

KFC Island Ad
NIC Asia

प्राविधिकमध्ये सबैभन्दा थोरै शूल्कमा काम गर्ने प्राविधिक स्पट ब्वाइ हुन्, उनीहरुले ४०–५० हजारसम्म लिन्छन् । एउटा चलचित्र खिच्नका लागि औषतमा ३५ दिन लाग्छ । “एउटा चलचित्रमा प्राविधिकको काम ३० देखि ४५ दिनसम्म हुन्छ,” अध्यक्ष लामाले भने, “औषतमा ३५ दिनको सम्झौता गरेर काम गर्ने गरिएको छ ।” 

करिब ६० वर्ष लामो इतिहास बोकेको नेपाली चलचित्र नगरीले विस्तारै उद्योगको रूप लिन थालेको छ । सुरुका वर्षमा वार्षिक दुईदेखि तीनवटा चलचित्र बन्ने गरेका थिए भने अहिले सय भन्दा माथि बन्न थालेका छन् । 

Royal Enfield Island Ad

“हामीले चलचित्र बनाउन सुरु गर्दा वर्षको दुई/तीनवटा चलचित्र बन्थे । अहिले सयभन्दा बढी चलचित्र बन्न थाले,” निर्देशक तुलसी घिमिरे भन्छन्, “नेपाली चलचित्र क्षेत्रले पनि विस्तारै उद्योगको रूप लिन थालेको छ । प्रतिस्पर्धा पनि बढेको छ ।”

नेपालमा अहिले चलचित्रमा वार्षिक डेढ अर्ब लगानी हुँदै आएको छ । चलचित्र क्षेत्रमा आकर्षण बढ्दै गएपछि चलचित्रमा लगानी पनि बढेको हो । विदेशमा बस्ने नेपालीले समेत चलचित्रमा लगानी गर्ने क्रम बढेपछि चलचित्रको संख्यासँगै बजेटमा पनि बढोत्तरी भएको हो । 

चालु आर्थिक वर्षको पहिलो चौमासिकमा ७१ वटा चलचित्रले निर्माण इजाजत लिएका छन् । यही तथ्यांकका आधारमा यो वर्ष अनुमानित २१३ ले निर्माण इजाजत लिनेछन् । तर, निर्माण इजाजत लिएका सबै चलचित्र छायांकन हुँदैनन् भने सबै त्यही वर्ष पनि सुटिङमा जाँदैनन् । 
इजाजत लिएका चलचित्र सबै निर्माण हुने हो भने नेपाली चलचित्र उद्योगमा अझै ठूलो संख्याले रोजगारी पाउने थियो । 

चलचित्र निर्देशक तथा निर्माता विकाश आचार्यका अनुसार व्यवसायिक हिसाबले निर्माण गरिएका र बजारमा चलेका कलाकार लिएर चलचित्र बनाउँदा कम्तिमा पनि ७० लाख रुपैयाँ खर्च हुन्छ ।

तस्बिरः रोज राणाको फेसबुकबाट

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २२, २०७३  १२:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro