site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमालेको मधेस अभियानः पहिलो दिन जे देखियो
SkywellSkywell

झापा । नेकपा एमालेको मेची–महाकाली अभियानमा उल्लेख्य युवापंक्तिको उपस्थिति देखिएको छ । साथै गाउँ–सहरका भित्रि भागबाट समेत सडकमा कार्यकर्ता उतारेर एमालेले अतिथिहरू, अभियानमा सहभागिहरूलाई राम्रै सत्कार गर्यो । अझ, बाटोमा उभिएर हात हल्लाउने झाँकी, आकर्षक लुगामा सजिएका बालबालिका, हातमा झन्डा बोकेका वयोवृद्धहरूले अभियानमा रौनक थपे । त्यसो त, ‘बाटोमा उभिएर एमाले पक्षमा तीनवटा नारा पनि नलगाउने के एमालेका कार्यकर्ता ?’ भन्ने पार्टी अध्यक्ष केपी शर्मा ओलीको उर्दीले पनि राम्रै काम गरेको देखियो ।
काँकडभिट्टाबाट सुरु भएको र्याली विर्तामोड आइपुग्दा बाटोमा पर्ने, धुलाबारी, धाइजन, चारआली, बुट्टाबारी र दमक आइपुग्दा चारपाने, दुर्गापुर, लक्ष्मीपुर, सुरुंगा, माइधार, झिलझिले, केर्खा, धरमपुर, पाडाजोगीलगायत दर्जन बढी ठाउँमा सय–दुईसय कार्यकर्ताले उभिएर स्वागतसत्कार गरेका थिए ।

भाषण कम, प्रचार बढी
अभियानबारे विभिन्न तहमा योजना बनाएको भए पनि यसको ‘मूल सेटिङ’ अध्यक्ष ओलीकै हो । प्रचार विभागका एक सदस्यका अनुसार अभियानका विषयमा दर्जनौँ पटक अनौपचारिक, औपचारिक मिटिङ बसेको छ । तर, योजना सबै अध्यक्षले नै बनाएका हुन् ।

KFC Island Ad
NIC Asia

अभियान अवधिमा भाषण निकै कम हुनेछ । भाषणले नेता थाक्ने र सहभागिलाई एकांकी अनुभूत गराउने ठानेर पनि त्यसो गराइएको हुनसक्छ । त्यस्तै अभियानको अर्को रोचक पक्ष वयोवृद्धहरूको सम्मान हो । विर्तामोडमा ३० बढी वयोवृद्धहरूलाई सम्मान गरिएको थियो । झापा विद्रोहताका आश्रय लिएका, आन्दोलनलाई प्रत्यक्ष र परोक्षरूपले सघाएका त्यस्ता ७० वर्ष कटेका वृद्धवृद्धाहरूलाई सम्मान गर्दा सहानुभूति बटुल्न सघाउ पुग्ने एमालेको आँकलन छ ।

फाुगन २१ अर्थात ४४ औँ सहिद स्मृति दिवस पनि भएकाले एमालेले सो अवसरमा सुखानीका सहिद परिवारलाई सम्झने मौका जुरायो एमालेले ।
काँकडभिट्टाको सभामा पार्टी महासचिव ईश्वर पोखरेल र पार्टी अध्यक्ष केपी ओलीले मन्तव्य राखेका थिए । त्यस्तै विर्तामोडको सभामा पार्टी वरिष्ठ नेता झलनाथ खनालले भाषण गरे । 
दमकको मुख्य वक्ता भने सुवास नेम्वाङ थिए ।
शनिबारको सभा दमक पुगेर बास बसेको छ  । “दमकमा करिब एक हजार जना सहभागि बास बसेका छन् । उहाँहरू स्थानीयहरूको घरमा बास बस्नुभएको छ, कतिपय माओवादी केन्द्र र कांग्रेसका नेता कार्यकर्ताका घरमा समेत बास बस्नुभएको छ । ‘यत्रो राम्रो अभियान चलाउनु भएको छ । हामीकहाँ एकछाक भात त खानुहोस् भनेर आग्रह गरेपछि केही साथीहरू कांग्रेस, माओवादी केन्द्रको नेता कार्यकर्ताका घरमा जानु भएको हो,” भट्टराईले अन्तिममा भने ।
 
 

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २२, २०७३  ०८:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro