site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भीड नियन्त्रण गर्न गैरघातक हतियार भित्र्याउँदै प्रहरी, सातै प्रदेशमा आधुनिक \'वाटर क्यानन\'
SkywellSkywell

काठमाडौं । भीड, हुलदङ्गा तथा अनियन्त्रित आन्दोलन नियन्त्रणका लागि नेपाल प्रहरीले गैरघातक हतियार भित्र्याउने पहल सुरु गरेको छ । प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयलाई यसबारे प्रस्ताव पेश गरेको छ । 

प्रहरी प्रवक्ता उत्तमराज सुवेदीका अनुसार गैरघातक हतियारमा सटगन, अश्रुग्यास, रबरका गोलीलगायत पर्छन् । यस्ता हतियार अनियन्त्रित भीड नियन्त्रणका लागि प्रयोग गरिन्छ । प्रवक्ता सुवेदीका अनुसार प्रहरीसँग यस्ता हतियार नभएका भने होइनन् तर पर्याप्त छैनन् । सुवेदीले भने, ‘‘हतियारजस्तो कुरा जहिले पनि तयारी अवस्थामा रहनुपर्छ । प्रहरी इकाई र जनशक्ति पनि थपिएको छ ।’’ नेपालले प्रायः भारत, चीन, अमेरिका, इटालीलगायत देशबाट सुरक्षा सामग्री खरिद गर्दै आएको छ । ग्लोबल टेण्डरमार्फत् आवश्यक खरिद प्रक्रिया हुँदै आएको छ ।

KFC Island Ad
NIC Asia

प्रहरीका अनुसार अन्य हतियारभन्दा गैरघातक कम घातक हुन्छन् । प्रहरी प्रवक्ता सुवेदीले भने, “थ्रीनटथ्री, एसएलआरलगायतका गोली निकै खतरनाक र विषालु हुन्छन् । हामी सकेसम्म गोली प्रहार गर्नुपर्ने अवस्था नआओस् भन्ने चाहन्छौं । त्यसैले गैरघातक हतियारमा थप जोड दिएका हौं ।’’

प्रहरी कारबाही मानव अधिकारमैत्री बनाउन पाँचवटा ‘वाटर क्यानन’ खरिदको तयारी पनि नेपाल प्रहरीले थालेको छ । थप दुईवटा क्यानन किन्ने प्रक्रिया सुरु भएको प्रहरीले जनाएको छ । ‘वाटर क्यानन’ को प्रयोग पनि भीड नियन्त्रणकै लागि गरिन्छ । सातवटै प्रदेशमा कम्तीमा एक–एक वटा ‘वाटर क्यानन’ पुर्याउने लक्ष्य प्रहरी प्रधान कार्यालयको छ । 

Royal Enfield Island Ad

नयाँ खरिद गर्न लागिएको वाटर क्यानन लञ्चर फिट गरिएको हुनेछ । यसले चारैतिर घुमेर फोहरा हान्न सक्छ । त्यसबाटै अश्रुग्यास पनि प्रहार गर्न सकिन्छ । यसअघि प्रहरीसँग देशभरमै एकमात्र ‘वाटर क्यानन’ थियो, जुन महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीले सञ्चालन गर्दै आएको थियो । 

प्रहरीले भीड तितरवितर बनाउन वाटर क्यानन प्रयोग गर्दै आएको छ । अश्रुग्यासभन्दा वाटर क्याननको प्रयोग बढी मानव अधिकारमैत्री मानिन्छ । किनकी अश्रुग्यास, रबरको गोलीले मानिस घाइते हुने सम्भावना बढी हुन्छ भने पानीको फोहराले त्यस्तो असर गर्दैन ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १५, २०७६  १३:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro