site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मानव तस्करीमा संलग्‍न \'हिम्मतवाली\'का नायक सुदर्शन गौतमविरुद्ध \'रेडनोटिस\' जारी
SkywellSkywell

काठमाडौं । नेपालबाट विभिन्न देश हुँदै अमेरिकामा मानव तस्करी गर्ने कार्यमा संलग्न रहेका ‘हिम्मतवाली’ फिल्मका नायक सुदर्शन गौतमविरुद्ध रेडनोटिस जारी भएको छ । झण्डै साढे ८ महिनाको प्रक्रियापछि गौतमविरुद्ध रेडनोटिस जारी भएको हो । प्रहरी महानिरीक्षक (आईजीपी) सचिवालयका एसएसपी तथा इन्टरपोल शाखा प्रमुख उमेश जोशीका अनुसार रेडनोटिस जारी भएसँगै इन्टरपोलका सदस्य रहेका १ सय ९२ देशका प्रहरीले गौतमको खोजी गर्नेछन् । 

क्यानाडामा बस्दै आएका गौतमले दुई वर्षअघि पनि अमेरिका लैजाने भन्दै ठगी गरेको विषयमा विवादमा तानिएका थिए । गौतमको समूहले तीन नेपाली युवतीलाई अमेरिका लान विभिन्न देश हुँदै हाइटी पुर्याएको थियो । फिल्मको सुटिङका नाममा उनीहरुलाई हाइटी लगिएको थियो । हाइटी हुँदै समुद्री बाटो भएर उनीहरुलाई अमेरिका पुर्याउने उनीहरुको योजना रहेको भएपनि उनीहरु सवार पानीजहाज बिग्रिएर बहामास भन्ने देशमा पुगेपछि पानीजहाज त्यहाँका सुरक्षा गार्डले नियन्त्रणमा लिएका थिए । 

KFC Island Ad
NIC Asia

पानीजहाज नियन्त्रणमा परेसँगै तस्करीको यो घटना बाहिर आएको थियो । त्यहाँबाट अमेरिकन दूतावासको सहयोगमा नेपाली युवतीहरुलाई नेपाल फर्काइएको थियो । अनुसन्धानकै क्रममा सुदर्शन गौतमको समेत संलग्नता देखिएपछि काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरी उनलाई नेपाल ल्याउन नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) लाई पत्राचार समेत गरेको थियो ।

गौतमले पीडित युवतीसँग ६० लाख रुपैयाँसम्म लिएको बताइएको छ । दुवै हात नभएका गौतम केही वर्षअघि सगरमाथा चढेपछि चर्चामा आएका थिए । त्यसपछि उनले रेखा थापाले निर्माण गरेको ‘हिम्मतवाली’ नामक फिल्ममा अभिनय गरेका थिए । 

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १३, २०७६  १२:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro